२० बैशाख २०८१, बिहीबार

साम्राज्यवादसँग लड्न र समाजवाद प्राप्तिको लागि समाजवादी मोर्चाको अपरिहार्य छ : आदर्श

श्रमिक समुदाय मोर्चा नेपाल, कास्कीको अध्यक्षमा अमृत सी

0

श्रमिक समुदाय नेपाल, कास्कीको दोस्रो जिल्ला भेला पोखरामा सम्पन्न भएको छ ।
भेलाले अमृत सी को नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
अध्यक्षमा अमृत सी, उपाध्यक्षमा गङ्गा बहादुर सी, सचिवमा सन्तोष सी, सह—सचिवमा दिनेश सी र कोषाध्यक्षमा लक्ष्मी सी सहित पछि ३ सदस्य थप गर्नेगरी २१ सदस्यीय जिल्ला समिति चयन गरिएको छ । भेलामा प्रमुख अतिथिको रुपमा प्रशिक्षणमूलक मन्तव्य राख्दै नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक ब्युरो सदस्य आदर्श सीले साम्राज्यवादसँग लड्न र समाजवाद प्राप्तिको लागि समाजवादी मोर्चाको अपरिहार्य आवश्यकता रहेको बताए ।

त्यस्तै नेकपा पश्चिम गण्डक ब्युरो इन्चार्ज राजन सीले पार्टीले आवश्यकता अनुसार सबै सङ्घर्षका मोर्चाहरु खोल्नु पर्ने र समाजवादले मात्र सबै प्रकारका विभेदको अन्त्य गर्ने बताए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उभार, केन्द्रीय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी काजी, केन्द्रीय प्रतिनिधि समिति सदस्य साेममाया, श्रमिक समुदाय नेपालका केन्द्रीय सचिव उमेशले शुभकामना मन्तव्य राखेका थिए भने सङ्गठनका पश्चिम गण्डक ब्युरो इन्चार्ज कुमारले प्यानल प्रस्ताव गरेका थिए । नवनिर्वाचित समितिलाई कास्की जनपरिषद प्रमुख परिवर्तन र पर्वत जिल्ला इन्चार्ज किरणले बधाई मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन गंगा र स्वागत मन्तव्य महेन्द्रले गरेका थिए । कार्यक्रममा जिल्लाका जवसका नेताहरुको पनि सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।