किताबको गाता हाल्ने पसल (एकप्रकारको छापाखानाको काम) मा मजदुरी गर्ने माइकेल फेराडे (सन् १७९१–१८६७) भौतिकशास्त्र र रसायनशास्त्रका वैज्ञानिक थिए । उनले विद्युत–प्रवाहको चुम्बकीय प्रभाव पत्ता लगाए । उनले विद्युत–चुम्बकीय प्रेरणाको अध्ययन गरेर त्यसलाई नियमबद्ध गरे । त्यसैको कारण डायनामो र विद्युत मोटरको निर्माण भयो । त्यसको केही पछि वैज्ञानिक मेक्सवेलको विद्युत– चुम्बकत्वको चार समिकरणहरुमा फेराडेको त्यो नियम पनि समावेश भयो ।
फेराडेको जन्म २७ सेप्टेम्बर, १७९१मा संयुक्त अधिराज्य, लण्डनमा भएको थियो । उनको निधन २५ अगस्त, १८६७मा हेम्पटन कोर्ट प्यालेस, सं. अ. बेलायतमा भयो । उनको विवाह सन् १८२१मा सारा बर्नाडसँग भएको हो । उनले थुप्रै सम्मान र पुरस्कार पाएका थिए । उनले ‘फेराडेको विद्युत–चुम्बकीय नियम’मा मुख्य ख्याती प्राप्त गरे । उनले विद्युत रसायनमा पनि महत्वपूर्ण भूमिका निभाएका थिए । जसलाई दुई नियममा सूत्रबद्ध गरे । उनले रुहोल्फ डिजेल साथै ‘डिजेल–चालित बिजुली उत्पादक’ को पनि आविष्कार गरे । फेराडे परिवार निकै गरिब थियो । उनका पिता फलामको काम गर्दथे । माइकेल फेराडे लण्डनको एउटा पुस्तकमा गाता (Cover Maker Shop) हाल्ने पसलमा ज्यामी काम गर्थे । उनलाई सानै देखि विज्ञानमा औधि रुची थियो । उनले उच्चशिक्षा अध्ययन गर्न पाएनन् । त्यसैले कामबाट फूर्सद पाउना साथ रसायन तथा विद्युत भौतिकीका पुस्तकहरु अध्ययन गर्ने गर्दथे । सन् १८१३मा उनलाई प्रसिद्ध रसायनशास्त्री सर हङ्फ्री डेवीको व्याख्यान सुन्ने सुनौलो अवसर प्राप्त भयो । त्यो व्याख्यानको विषयमा उनले टिप्पणी लेखेर डेवीलाई पठाए । त्यो टिप्पणीबाट डेवी यति प्रभावित भए कि ज्यामी फेराडेलाई आफ्नो प्रयोगशालामा सहयोगी नियुक्त गरे । त्यसपछि उनको जीवनमा नयाँ अध्याय शुरु भयो । उनले अप्रत्यासित प्रगति गर्न थाले । सन् १८३३मा ‘रोयल इन्स्टिट्युट’मा रसायनशास्त्रका प्राध्यापक भए ।
सन् १८३१ मा नै फेराडेले विद्युत–चुम्बकीय प्रेरणाको सिद्धान्तको प्रतिपादन गरे । चुम्बकीय क्षेत्रमा एउटा चालकलाई घुमाएर विद्युत–वाहक शक्ति (Power) उत्पन्न गरे । त्यो सिद्धान्तमाथि आगतमा जनित्र (Generator) बन्यो र आधुनिक विद्युत इन्जिनियरिङको जग बन्न गयो । उनले विद्युत–विश्लेषणमाथि धेरै काम गरे । विद्युत–विश्लेषणको नियम स्थापना गरे । जसलाई फेराडेको नियम भनिन्छ । क्लोरिन ग्याँसलाई द्रविकरण गर्नमा पनि उनी सफल भए । उनका अनेक पुस्तकमध्ये ‘विद्युतमा प्रायोगिक अन्वेषणहरु (E x p e r i m e n t a l Rresearches in Electricity) सबैभन्दा चर्चित पुस्तक हो । फेराडेले जीवनभरी कुनै सरकारी पद–सम्मान लिएनन् । उनी नम्र र
स्वाभिमानी थिए । रोयल सोसाइटीको अध्यक्ष पद पनि उनले अस्विकार गरे। उनले अन्य क्षेत्रमा पटक्कै समय बर्वाद गरेनन् । गरिब, औपचारिक उच्च शिक्षा नपाएका, तल्लो समुदायका र यत्तिधेरै विषय केन्द्रित मान्छे आजसम्मको वैज्ञानिक संसारमा अर्को छैन ।
मोटरको विकासमा उनको ऐतिहासिक योगदान छ । ‘कुनै बन्द परिपथमा उत्पन्न विद्युतवाहक बल (EMF) उक्त परिपथ हुँदै प्रवाहित चुम्बकीय फ्लक्सको परिवर्तनको दर बराबर हुन्छ’ भन्ने सिद्धान्तलाई गणितीय रुपमा पनि उनले प्रस्तुत गरे । उनको सिद्धान्तमा टेकेर नै आज विद्युत इन्जिनियरिङमा अद्
भूत प्रगति भएको छ । निम्न क्षेत्रहरुमा उनको मुख्य योगदार रहेको छ :
* चुम्बकीय क्षेत्र (Magnetic Field)
*चुम्बकीय फ्लक्स (Magnetic Flux)
*एम्पियरको नियम (Ampere’s Law)
*लेजको नियम (Lenz’s Law)
* लाँरेन्ज बल (Larentz Force)
विश्लेषक सन्नी सिंहले माइकेल फेराडेको सन्दर्भमा टिप्पणी गर्दै भनेकि छिन्, “आज म फेराडेको युगमा बाँचिरहेकी छैन । उनी एकदमै गरिब परिवारमा जन्मेका कारण उच्च शिक्षा प्राप्त गर्न पाएनन् ।
परन्तु त्यति हुँदाहुँदै पनि उनले भौतिकशास्त्र र रसायनशास्त्रमा महान् आविष्कार गरे।” फेराडे परिवार नेपाली सन्दर्भमा दलित समुदायका थिए । आर्थिक रुपमा उनी मजदुर थिए । कलिलै उमेर, उच्च शिक्षा अध्ययन गर्ने अवसर प्राप्त नभएपछि नाम मात्रको सानो छापाखानामा मजदुरी गर्थे । फेराडेका अनेक खोजमध्ये ‘विद्युत अपघटनामा विद्युताग्रोहरु (Electrodes ) मा जम्मा भएका पदार्थको मात्रा धारा (आवेश)को मात्राको समानुपाती हुने गर्छ । जसअनुसार जब दुई वा दुईभन्दा भढी विद्युत अपघटयको विलयनमा समान मात्राको विद्युत धारा प्रवाहित गरिन्छ, तब इलेक्ट्रोडमा निक्षेपित हुने पदार्थको मात्रा (W) त्यसको रसायनिक तुल्याड्ढ (E)को समानुपाती हुन्छ ।
स्राेत : जनपत्रिका मासिकबाट साभार