७ बैशाख २०८१, शुक्रबार

एउटा अफ्रिकी बच्चाको चिट्ठी

0

प्यारो भाइ !
म भर्खर–भर्खर जन्मेको
एउटा अफ्रिकी बच्चा हूँ
मेरी आमाको कोखमा
सूर्य उदाउँथ्यो
जब म टुक्टुक् हिड्थें ।
प्यारो भाइ !
म जन्मेको छु
घाँटीमा फाँसीको डोरी
र छातीमा
गोलीहरुको दाग बोकेर ।
प्यारो भाइ !
म जन्मिंदा खेरी
मेरी आमा चित्कार छोडेर
रोएकी थिइन्
र भनिन्–
तँ किन पटक–पटक
जन्मन्छस अभागी !
प्यारो भाइ !
म गएको वर्ष पनि
जन्मे थें
र मैले लेखेको थिएँ
एउटा चिठ्ठी तिम्रै नाममा
पाउनु अघि नै
म मारिएको थिएँ ।
त्यसको अघिल्लो वर्ष पनि
एउटा चिठ्ठी लेखेको थिएँ
तिम्रै नाममा
त्यसरी नै अघिल्लो वर्ष पनि
र, अघिल्यो–अघिल्लो वर्ष पनि ।
यो वर्ष पनि जन्मेर
लेखिरहेको छु एउटा चिठ्ठी
मलाई जवाफ दिनु
म जान्न चाहन्छु
गलामा फाँसीको डोरी
र छातीमा
गोलीको दाग बिना
जन्म लिनु
कस्तो हुन्छ ?
कस्तो हुन्छ स्वास लिनु
खुला हावामा,
स्वतन्त्र धरतीमा जिउनु
कस्तो हुन्छ ?
प्यारो भाइ !
म विस्वस्त छु
यो वर्ष
तिम्रो जवाफ आउनेछ ।
भावानुवादः अनिल

            स्राेत: जनपत्रिका मासिक 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।