१८ बैशाख २०८१, मंगलवार

नेकपा कास्कीको पाँचौ पूर्ण बैठक सम्पन्न

0

कास्की: नेपाल कम्युनिष्ट पार्टीको कास्की जिल्ला कमिटीको पाँचौ पूर्ण बैठक पोखराको पृथ्वीचोक नजिकै  सम्पन्न भएको छ ।
बैठकले असार २ गते ने. क. पा. महासचिव विप्लवको उपस्थितिमा हुने अन्तरक्रिया कार्यक्रमलाई मध्यनजर राख्दै विभिन्न तयारी बाँडफाँड गरेको छ ।

नेकपा समाजवादी र श्रमिक जनता पार्टीसँग पार्टीले वैशाख ९ गते भएको एकता पछिको पूर्ण बैठक भएकाले एकताबाट आएकाहरुकाे जिम्मेवारी समेत बाँडफाँडसहित बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका पूर्वी गण्डक ब्युरो इन्चार्ज आदर्श  सीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा पार्टीका पश्चिम गण्डक ब्युरो इन्चार्ज एवम् पोलिट ब्युरो सदस्य राजन सी, कास्की जिल्ला इन्चार्ज उभार सी, केन्द्रीय प्रतिनिधि समिति सदस्यहरु काजी सी, साेम मायाकाे उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।