१३ बैशाख २०८१, बिहीबार

अखिल (क्रान्तिकारी) द्वारा मेडिकल विद्यार्थीका माग पूरा गर्न डिन कार्यालयलाई अल्टिमेटम

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) त्रि. वि. ब्यूरोले मेडिकल विद्यार्थीका मागहरू तत्काल पूरा गर्न भन्दै आइतबार त्रि. वि. चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयमा माग पत्र बुझाएको छ ।

आफुहरुलाई barrier का नाममा पहिलो र दोश्रो वर्षमा रोकेर तेस्रो वर्षमा जान नदिएको भन्दै विगत २ वर्षदेखि मेडिकल विद्यार्थी आन्दोलित छन् । हाल १५ दिनदेखि मेडिकल विद्यार्थी रिले अनसनमा छन् ।

अखिल (क्रान्तिकारी) त्रि. वि. ब्यूरो इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य अनिल केसीले विद्यार्थीहरु अन्यायमा परेकोले उनीहरुको न्यायको निम्ति आफ्नो संगठन निरन्तर साथ सहयोग गरिरहेको बताए ।

माग पत्र पूरा पाठ-
श्री …………………..ज्यू
मिति २०८०/०२/२१
विषय :मागपत्र
हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) स्थापना कालदेखि नै विद्यार्थीको हक, हित, अधिकार, न्याय, मुक्ति, स्वतन्त्रता, शैक्षिक क्षेत्र सुधार, राष्ट्र, राष्ट्रिययता, जनजीविकाको पक्षमा र अन्याय, अत्याचार, दमन, शोषण, विभेद, भ्रष्टाचार, कुशासन, विकृति, विसंगति विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको विदितै छ।
यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत विभिन्न कलेज क्याम्पसमा MBBS/BDS अध्ययनरत पहिलो र दोस्रो वर्षका करिब ३०० विद्यार्थीहरु Barrier मा परेपछि तेस्रो वर्ष अध्ययनबाट बन्चित भएको भन्दै करिब २ वर्ष अगाडिबाट न्यायको निम्ति अर्थात मौका परिक्षाको व्यवस्था गर्न तथा मौका परिक्षाको व्यवस्था गर्न नसके विद्यार्थीले पढ्न नपाएको तेस्रो, चौथो र पाँचौ वर्षको शिक्षण शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै विभिन्न चरणबद्ध संघर्ष गर्दै आइरहेको र हाल चौथो चरणको रिले अनशन अन्तर्गत विगत १५ दिनदेखि विद्यार्थीहरु चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयमा दिनरात अनशन बसिरहेको र विद्यार्थीहरु मानसिक, शारीरिक हिसाबले निकै कमजोर हुँदा पनि डिन कार्यालय मुखदर्शक बनेको घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
अन्याय भएको भन्दै २ बर्षदेखि विद्यार्थी न्यायको निम्ति लगातार सडकमा हुँदा र अहिले विद्यार्थीहरु दिनरात IOM कै ढोकामा रिले अनशनमा हुँदा पनि विद्यार्थीसँग छलफल नगरिनु, विद्यार्थीका जायज माग सम्बोधन नगरिनु सम्बन्धित निकायको हदैसम्मको गैरजिम्मेवारी र गम्भीर लापरबाही हो ।
तसर्थ पीडित विद्यार्थीका यी निम्न जायज मागहरू
(१) MBBS/BDS शैक्षिक कार्यक्रम प्रथम फेज (प्रथम, दोस्रो वर्ष) मा barrier मा परी तेस्रो वर्ष प्रवेश गर्नबाट बञ्चित विद्यार्थीहरुलाई तत्काल मौका परिक्षाको व्यवस्था गर्न ।
(२) मौका परिक्षाको व्यवस्था गर्न नसके विद्यार्थीहरुले पढ्न नपाएको तेस्रो, चौथो र पाँचौ वर्षको क्याम्पस/कलेजहरुले एकमुष्ट शिक्षण शुल्क तत्काल फिर्ता गर्ने गरि सबै मेडिकल कलेजहरुलाई आदेश तथा निर्देशन दिन ।
यी जायज, गम्भीर मागहरू समयमै तत्काल पूरा गरि विद्यार्थीहरुको मानसिक, शारीरिक स्वास्थ्य थप क्षति बिग्रनबाट जोगाउन त्रि. वि. चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालय समक्ष आग्रह गर्दछौं । हाम्रो संगठनले यो भन्दा अगाडि पनि थुप्रै पटक यी मागहरूलाई सम्बोधन गर्न भनेर मागपत्र, ध्यानाकर्षण पत्र, ज्ञापन पत्र पेश गरिसकेको अवस्था छ तसर्थ यो मागपत्रलाई गम्भीरतापूर्वक लिइयोस् अन्यथा बेवास्ता गरे पीडित विद्यार्थीको न्यायको निम्ति हाम्रो संगठन अन्तिम निर्णायक संघर्ष गर्न बाध्य हुनेछ त्यसबाट सिर्जित परिस्थितिको जिम्मेवारी सम्बन्धित निकाय हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।