१२ श्रावण २०८१, शनिबार

हामीले गर्ने क्रान्ति सचेत तरिकाकाे पहल हो : विषम सी

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य विषम सीले आफुहरुले गर्ने क्रान्ति सचेत तरिकाबाट गर्ने पहल भएको बताएका छन् ।

नेकपा पश्चिम/पूर्वी जनकपुर ब्यूरोद्वारा आयाेजित राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनलेे यस्तो बताएका हुन् ।

उनलेे भने, ‘जब विचारमा समस्या आउँछ तब उसले गलत बाटो समात्छ ।  हाम्रो टार्गेट सय वर्षलाई दश वर्षमा परिवर्तन गर्ने हो र हामीले गर्ने क्रान्ति सचेत तरिकाबाट गर्ने पहल हो । अहिले भइरहेको एकता प्रक्रियामा राजनीतिक हिसाबमा परिवर्तन चाहने र कम्युनिष्ट पार्टीसँगको एकतामा एकीकृत जनक्रान्तिको कार्यदिशालाई नछोडेर एकता गर्ने पार्टीले निर्णय लिएको छ ।’ 

कार्यक्रमका प्रमुख अतिथि विषमले कम्युनिष्ट टुक्रिनुको थुपै कारण मध्य मुख्य दुई वटा कारण रहेको बताए । उनले भने, ‘एक बाह्य कारण : जो विदेशि दलालहरु आफ्नो प्रभुत्व जमाउन विभिन्न खालका लोभ, लालच र डर त्रास देखाएर केही लिडरहरुको बिचमा अन्तरद्वन्द्व हालेर पार्टी विभाजन भएको देखिन्छ ।  दुईमा आन्तरिक कारण: जब मेरो भन्ने कुरा दिमाखमा आउछ तब टुटाउने र फुटाउने काम सुरु हुन्छ र अहिलेको सत्ताको अभ्यास भनेको म वा मेरो भनेकै कारण यो समस्या आएको हो ।’
उनले थपे, ‘नेपालका कम्युनिष्टहरुले आजसम्म अर्काको खुट्टा तान्ने प्रवृतिमै व्यस्त भए त्यसकारण न त विकास भयो न जनताका समस्या समाधान नै भए ।’ 

कार्यक्रममा ६ वटै जिल्लाका सेक्रेटरीहरुले रिपोर्ट पेश गरेका थिए ।

पार्टीका पाेलिट ब्युरो सदस्य त्रिलोक सीकाे सभाअध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम जनकपुर ब्युरो इन्चार्ज जुझारु सीले गरेका थिए ।

कार्यक्रममा अतिथिहरु सिन्धुली जिल्ला इन्चार्ज शशी सी, महोत्तरी जिल्ला इन्चार्ज पवन सी, सर्लाही जिल्ला इन्चार्ज कमल सी र सिराहा जिल्ला इन्चार्ज विजय सी थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।