२४ बैशाख २०८१, सोमबार

नेकपा सम्बद्ध जवस- मोर्चाको संयुक्त वैचारिक प्रशिक्षण कार्यक्रम काठमाडौंमा सुरु

0

 

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस मोर्चाको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम काठमाडौंमा सुरु भएको छ। मंगलबार कमलादी स्थित प्रज्ञाभवनमा सुरु भएको कार्यक्रममा विभिन्न जनवर्गीय संगठनहरु सहभागी छन् जसमा अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन,युवा संगठन नेपाल र अखिल नेपाल ट्रेडयुनियन महासङ्घ लगाएतका संगठनहरुका सयौ नेता कार्यकर्ताको उपस्थिति रहेको छ।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य  अनिल सी, जवस मोर्चा ईन्चार्ज  सिलु सी, नेकपा स्थायी समिति सदस्य सुसिल सी र मुख्य प्रक्षिकको रूपमा नेकपा महासचिव विप्लव सीले प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ भने कार्यक्रम आज एक दिन चल्ने आयोजकले जनाएको

छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।