२१ बैशाख २०८१, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी रुकुम पूर्व जिल्लाको सचिवमा जुद्ध सी निर्वाचित

0

नेपाल कम्युनिष्ट पार्टी रुकुम पूर्व जिल्लाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
मङ्गलबार सम्पन्न जिल्लाको प्रथम सम्मेलनले जुद्ध सीलाई पार्टी जिल्ला सचिवमा निर्वाचित गरेको छ ।

सम्मेलनले जुद्ध सीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
वैज्ञानिक समाजवादी राज्य व्यवस्थाका लागि एकीकृत जनक्रान्तिको आन्दोलन, जनआधारित पार्टी र नेतृत्व निर्माणका लागि प्रथम जिल्ला सम्मेलन भन्ने मूल नाराका साथ प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको स्रोतले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्यता तथा नेकपाका केन्द्रीय सदस्य चन्द्र सी, नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकास सी, अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका जिल्ला अध्यक्ष धनु सीको विशेष आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो ।

नेकपाका नेता पृथ्वी सीको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनको सञ्चालन राकेश सीले गरेका थिए भने सम्मेलनको अध्यक्षता नवनिर्वाचित पार्टी जिल्ला सचिव जुद्ध सीले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।