२१ बैशाख २०८१, शुक्रबार

भारतले नेपालको भूभाग समेटेर नक्सा जारी गरेको भन्दै नेकपा निकट जवस मोर्चाद्वारा मसाल जुलुस 

0

 

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठन हरुले आज काठमाडौमा मसाल जुलुस प्रर्दशन गरेका छ्न। सयौं को संख्यामा उपस्थित संयुक्त जवस मोर्चाका नेता कार्यकर्ताले कमलादी देखि शान्तिवाटिका सम्म मंगलबार साँझ मसाल जुलुस गरेका हुन।

 

मसाल जूलूसको क्रममा प्रहरी हस्तक्षेप हुदा सामान्य झडप समेत भएको थियो ।

 

कोणसभा लाई सम्बोधन गर्दै युवा संगठनका अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य पाटनले भारतीय साम्राज्यवादले नेपालको स्रोत साधन माथी गिद्दे नजर लगाइरहेको ले सबै नौजवान युवा हरु एक भएर प्रतिकारमा उत्रनु पर्ने समय आएको बताए।

 

शान्तिवाटिकामा मसाल जूलूस पछिको कोणसभा कार्यक्रम लाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी ले भारतले नेपालको स्वाभिमानमाथी आंच आउने काम गरेको भन्दै भारतीय साम्राज्यवाद विरुद्ध युवा विद्यार्थी हरु एक भएर लड्ने बेला आएको बताए ।कथित अखण्ड भारतको नक्सा बाट नेपालको भूभाग नहटाए भारतीय साम्राज्यवाद विरुद्ध निर्णायक आन्दोलन गर्ने चेतावनी दिए।

 

मशाल जुलुस पछिको कोष सभा कार्यक्रमको संचालन युवा संगठन नेपालका महासचिव तिलक ले गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य अनिल सी ले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।