२१ बैशाख २०८१, शुक्रबार

संयुक्त राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम हेटौंडामा सम्पन्न

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी पूर्वी र पश्चिम नारायणी व्युरोको संयुक्त राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।

नेकपा पूर्वी र पश्चिम नारायणी व्युरोको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्ड सीको प्रमुख आतिथ्यता रहेको थियोे । साथै समसामयिक तथा राजनीतिक विषयमा पत्रकार सम्मेलन पनि भएको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले देशको समसामयिक, राजनीतिक तथा पार्टीको आगामी कार्ययोजनाको विषयमा प्रशिक्षित गरेका छन् । पछिल्लो समयमा हाम्रो देशमा निम्तिएको समस्या हाम्रो अर्थात जनताको समस्या नभएर पुँजिपती वर्ग र राज्यसत्ताको समस्या भएको उनले बताए । यो पुँजीवादी दलाल राज्यसत्ताले आफ्नो समस्या र संकटलाई जबर्जस्त जनताको थाप्लोमा हालेको उनको जिकिर छ । संसदीय धारमा रहेका कुनै पनि पार्टी पंक्तिले यो समस्याको दीर्घकालीन समाधान दिन नसक्ने र अब परिवर्तनको लागि नेपाली जनताले आशा गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र भएको उनले बताए । त्यसकारण सजग, सचेत रहि जिम्मेवारीपूर्वक पार्टी संगठनको नीति र विधान अनुरुप आफ्नो कर्तव्य पूरा गर्न दृढताका साथ लागि पर्न सबै पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

प्रशिक्षण कार्यक्रममा पूर्वी र पश्चिम नारायणी व्युरोको ६ वटै जिल्लाका इन्चार्ज तथा सेक्रेटरीले जिल्लाको रिपोर्ट प्रस्तुत गरेका थिए ।

यसरी पार्टीका पोलिट व्युरो सदस्य तथा पश्चिम नारायणी व्युरो इन्चार्ज एटम सीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सीले स्वागत मन्तव्य राखेका हुन भने पोलिट व्युरो सदस्य तथा पूर्वी नारायणी व्युरो इन्च रक्तिम सीले कार्यक्रम सन्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।