८ बैशाख २०८१, शनिबार

नेकपा पूर्वी राेल्पा अन्तरगत इलाकाहरूकाे संयुक्त बैठक सम्पन्न

0

राेल्पा: नेपाल कम्युनिस्ट पार्टीको पूर्वी राेल्पा अन्तरगत सुनिल, लुङ्ग्री र सुनछहरी गाउँकमिटीहरूकाे संयुक्त बैठक तथा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम मंगलबार लुङ्ग्रि गाउँपालिका ५ मछेटीस्थित नेकपा पूर्वी राेल्पाकाे कार्यालयमा सम्पन्न भएकाे छ ।
नेकपा लुङ्ग्रीका इन्चार्ज नारायण सीकाे अध्यक्षतामा भएकाे बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वी राेल्पा जिल्लाका इन्चार्ज मनिराज सीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने जिल्ला सेक्रेटरी यनान सी काे आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा जिल्ला सदस्यहरू र इलाका कमिटीका सदस्यहरूकाे सहभागिता रहेकाे थियाे ।
बैठक तथा प्रशिक्षणकाे प्रारम्भमा सहभागिहरूबाट आ-आफ्नाे कार्यक्षेत्रकाे प्रतिवेदन तथा अनुभूति राखेका थिए भने जिल्ला इन्चार्ज र सेक्रेटरीले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
बैठकले पार्टीको केन्द्रीय समिति, ब्यूरो र जिल्लाकाे सर्कुलर अनुसार राजनैतिक, सांगठनिक, आर्थिक लगायत विषयहरू महत्वुर्ण निर्णयहरू गरेकाे बताइकाे छ ।
नेकपा सुनछहरी गाउँ कमिटीका इन्चार्ज आजाद सीकाे सन्चालनमा भएकाे बैठकमा लुङ्ग्री गाउँ कमिटीका सेक्रेटरी श्रवन सीले पार्टीकाे माथिल्लाे सर्कुलर बाचन गरेका थिए ।
जिल्ला पार्टी कार्यालय उद्घाटन नेपाल कम्युनिस्ट पार्टी पूर्वी राेल्ला संगठन समितिकाे पार्टी कार्यालय मंगलबार उद्घाटन गरिएकाे छ । नेकपाका पुर्वी राेल्पा जिल्ला सेक्रेटरी यनान सीका अनुसार लुङ्ग्री गाउँ पालिका वडा नं. ५ मछेटीमा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज मनिराज सीले कार्यालयकाे उद्घाटन गरेकाे हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।