८ बैशाख २०८१, शनिबार

सहिद-गाथा प्रकाशित हुँदै

0

काठमाडौं: एकीकृत जनक्रान्तिकाे कार्यदिशा लागू गर्ने क्रममा बलिदान हुनुभएका सहिदहरुकाे सम्मानमा सहिद-गाथा कृति प्रकाशित हुने भएको छ । सहिदहरु क. वीरजङ्ग, क. कुमार पाैडेलसहित १५ जना सहिदहरुकाे व्यक्तित्व, कृतित्व र जीवनी रहेको साे कृति प्रकाशनार्थ असार मसान्तभित्र आलेख तयार गरि प्रकाशन विभागमा पठाइ सक्ने निर्णय भएको छ । जीवनी प्रकाशनार्थ प्रकाशन विभागले ‘सहिद-गाथा निर्देशिका २०८०’ समेत जारी गरेको छ ।

‘सहिद-गाथा लेखन निर्देशिका २०८०’ मा भनिएको छ-
सहिद-गाथा लेखन निर्देशिका
१. सहिदको जन्म मिति, ठेगाना (न.पा. /गा.पा. वडा नं. र जिल्ला) उल्लेख गर्ने,
२. बुबा, आमा, दाजुभाइ, दिदी–बहिनी (एकाघरको विवरण ),
३. अध्ययन (विद्यालय, क्याम्पस ),
४. बसाई सराई (बसाई कहिले किन सर्नु परेको हो ?) स्थान पूरा ठेगाना उल्लेख गर्ने,
५. विद्यालयका मिल्ने साथी र शिक्षकहरुको प्रतिक्रिया,
६. स्वभाव, स्वभाव झल्कने घटना (नजिकका आफन्तबाट लिने ),
७. पार्टी सम्पर्क कहिले, कुन जवस–मोर्चा वा सिधैँ पार्टीबाट हो ? खुलाउने,
८. पार्टी सदस्य दिने व्यक्ति र सो व्यक्तिको प्रतिक्रिया/ पार्टी सदस्य / मिति,
९. सङ्गठनात्मक विवरण (इतिहास ) विस्तृत र प्रारम्भिक पठाउने पार्टी सदस्य नविकरण फारमको प्रतिलिपि वा छायाँ प्रति समावेश गर्ने,
१०. सहिद परिवारको तस्विर (एकल तथा संयुक्त ),
११. सहिदको लेख, कविता, गीत, गजल, रचना, डायरी, सामाजिक सञ्जालको स्टाटस र कुनै पनि सिर्जना,
१२. घटना कसरी भयो ? समय, मिति, स्थान, घाइतेहरुको तस्वीर, प्रतिक्रिया, एकाघरका सदस्यको स्मृति,
१३. हत्या भएको भए त्यसको विवरण (घटनावली समावेश गर्ने, घटना संलग्नहरुको नालीवेली समावेश गर्ने,
१४. जेल, हिरासत र सो को विवरण समावेश गर्ने,
१५. पुस्तक वा अरु केही भएमा संलग्न गरी पठाउने,
१६. शहिद हुनु पूर्व जेल–हिरासत बसेको भए विवरण संकलन गर्ने । जेलमा सङ्घर्ष भएको भए सो को विवरण,
१७. आमा–बुबा जीवनसाथी बच्चा–बच्चीको विवरण, सहिदको विषयमा उनीहरुको स्मृति (शब्दमा),
१८. सहिद र सहिदको विषयमा कुनै कृति वा सञ्चारमा छोटो लामो प्रतिक्रिया वा धारणा समावेश गर्ने,
१९. सहिद र सहिदको विषयमा अरु व्यक्तिको डिजिटल सामाग्री (स्वर, शब्द, दृष्य, श्रब्य–दृष्य) भएमा पठाउने,
२०. सहिदहरुको विषयमा प्राप्त भएका तर यहाँ उल्लेख नभएका कुनै पनि स्मृति–तत्व भएमा सङ्कलन गरेर पठाउने,                                       

                   केन्द्रीय प्रकाशन विभाग                                            नेपाल कम्युनिस्ट पार्टी

२०७९ माघ २५           

     


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।