२६ बैशाख २०८१, बुधबार

विद्युत प्राधिकरण तुलसीपुरमा भएको घोटालाप्रति नेकपा पश्चिम दाङको गम्भीर ध्यानाकर्षण

0

तुलसीपुर: नेपाल विधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा भएको घोटालाप्रति नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र तुलसीपुर दाङ कार्यालयले विद्युतसँग सम्बन्धित सपोर्ट पिलेट लगाएतका सामानहरु कार्यालयका सिमित कर्मचारीको मिलिमतोमा अनाधिकृत ढंगले बाहिर बिक्री वितरण गरेको विषय बाहिर आएपछि विज्ञप्ति जारी गरि पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए ।

विज्ञप्तिमा भनिएको छ,– ‘नाटकीय ढंगले बिक्री भएको सामान कार्यालयमा फिर्ता लिएको र सो घटनालाई गुपचुप पार्ने तरिकाले साम्य पार्ने योजनासहित गोप्य बैठक बसेको भन्ने समेत जानकारी आएको हुँदा हाम्रो पार्टी नेकपा पश्चिम दाङको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयको सत्य र सहि सूचना आम जनताहरुको माझमा पुर्याउन वा जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

विज्ञप्तिमा घटनाको ढाकछोप र सत्यतथ्य लुकाएर बाहिर ल्याउने प्रपन्च भएको, कार्यालय प्रमुखको प्रत्यक्ष संलग्नतामा फिल्डमा दलालहरुबाट यस्ता खालका कयौं विकृति हुने गरेका, सरकारी कार्यालयमा हुने सबैखाले व्यथितिहरुको बारेमा आम जनतालाई सुसज्जित गर्दै कडा संघर्ष गरिने समेत स्पष्ट गरिएको छ ।

यस्तै विज्ञप्तिमा प्राधिकरणको तुलसीपुर वितरण केन्द्रमा देखिएको घटनामा संलग्न दोषी कर्मचारी वा जो कोहीलाई कानुनी कारवाही गरि यथार्थ र सत्यतथ्य कुरा बाहिर ल्याउन सम्बन्धित निकायलाई गम्भीरतापूर्वक आग्रह गरिएको छ । साथै कुनै किसिमको बाहानाबाजी गरि सत्य घटनालाई ढाकछोप गरिएमा त्यसको शसक्त प्रतिवाद गर्ने र त्यसबाट निस्कने परिणाम सम्बन्धित पक्षले नै व्यहोर्ने समेत जानकारी गराइएको छ ।

यता घटनाको विषयमा प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख ज्ञान बहादुर फर्सालले बसपार्कमा ट्रकमा जाँदै गरेको सामानलाई कार्यालयमा पुनः ल्याइसकेको बताए । ट्रकमा लोड भएको सामानमा स्टिल, प्लेट लगाएतका प्राधिकरणमा आएका अन्य सामानहरु भएको प्रमुख फर्सालले बताएतका छन् ।
प्रमुख फर्सालले घटनाको विषयमा छानबिन समिति गठन गरिने र दोषीलाई कारवाही गरिने समेत बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।