५ जेष्ठ २०८१, शनिबार

नेकपा सल्यानको अभियान, जनताको सुख-दुखको साथी , नेपाल कम्युनिस्ट पार्टी!

0

 

दाङ : नेपाल कम्युनिस्ट पार्टी सल्यानले जनएकता अभियान – २०८० सुरु गरेको छ ।

नेकपा सल्यानले जनताको सुख-दुखको साथी नेपाल कम्युनिस्ट पार्टी भन्ने मुल नाराका साथ जिल्लाव्यापी अभियान सुरु गरेको जनाएको हो ।

 

अभियान अन्तर्गत सो पार्टीले कपुरकोट गाउँपालिकाको प्रथम भेला सम्पन्न गरेको छ । हिजो बिहिवार सम्पन्न गाउँपालिकाको प्रथम भेलाले गाउँपालिकाको सेक्रेटरीमा बसन्त सीलाइ निर्वाचित गर्दै ९ सदस्यीय गाउँकमिटी गठन गरेको छ ।

यस्तै जनएकता अभियान -२०८० अन्तर्गत जिल्लाका सबै पालिकाका भेला/सम्मेलनहरु गर्ने , राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम गर्ने , ध्रुवीकरणलाइ व्यापक जोड दिने , राष्ट्रघात , भ्रष्टाचार , महंगी र वैदेशिक हस्तक्षेपका विरुद्ध गाउँगाउँमा भण्डाफोर गर्ने लगाएतका कार्यहरु गर्ने नेकपा सल्यानका सचिव मदन सीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।