५ जेष्ठ २०८१, शनिबार

वीर अस्पतालमा आजबाट एक साताका लागि ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया

0

 

काठमाडौं। वीर अस्पतालमा आज शुक्रबारबाट एक साताका लागि ब्रेन ट्युमरका बिरामीको नि:शुल्क शल्यक्रिया हुने भएको छ। अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापनाका अवसरमा अर्को शुक्रबारसम्मका लागि नि:शुल्क शल्यक्रिया गर्न लागिएको हो।

 

वीर अस्पतालमा हाल दैनिक ५ देखि ८ जनासम्म ट्युमरका बिरामी उपचारका लागि आउने गरेको न्यूरो सर्जरी विभागीय प्रमुख प्राडा राजिव झाले जानकारी दिए। ‘केन्द्र स्थापना भएको अवसरमा वीर अस्पतालमा एक साताभर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया गरिने छ। शुक्रबारदेखि अर्को शुक्रबारसम्म ब्रेन ट्युमर भएका बिरामीले निःशुल्क शल्यक्रियाको सुविधा लिन सक्ने छन्’,डा झाले भने।

 

डा झाका अनुसार अस्पतालमा अधिकांश बिरामी ट्युमर ठूलो भइसकेपछि मात्र उपचारका लागि पुग्ने गरेका छन्। रोग जटिल भएपछि बिरामीलाई बचाउन असम्भव जस्तै हुने डा झाले बताए। 

 

ब्रेन ट्युमर हुँदा देखिने लक्षणहरु 

– टाउको दुख्नु

– बेहोस हुनु 

– बान्ता धेरै हुनु

– छारे रोगको जस्तै लक्षण देखिनु

– आँखा देख्न छाड्नु

– कान सुन्न छाड्ने

– खाना निल्न कठिन हुने आदि।

 

टाउको दुख्न थालेपछि अस्पतालमा स्वास्थ्य परीक्षण गराउन डा झाको सुझाव छ। बेलैमा स्वास्थ्य परीक्षण गर्दा ट्युमर हो होइन भनेर पत्ता लगाउन सकिन्छ। जनचेतनाको कमीका कारण बिरामीहरु ढिला अस्पताल आउने गरेको उनको अनुभव छ। 

 

‘समयमा नै ब्रेन ट्युमर पत्ता लगाएर उपचार गरेको खण्डमा यो रोग पूर्ण रु

पमा ठिक हुन सक्छ’ 

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।