१२ बैशाख २०८१, बुधबार

विद्यार्थीलाई निर्घात कुटपिट गर्ने सितापाइला माविका शिक्षकहरूलाई कार्वाही गर्न अखिल (क्रान्तिकारी)को माग

0

 

काठमाडौं: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले दोलखाको सितापाइला माध्यमिक बिद्यालयका शिक्षकहरूले विद्यार्थीहर लाइ सामुहिक रुपले निर्घात कुटपिट गरि गंभिर घाइते बनाएको घटना प्रती घोर निन्दा एवं भत्सना गर्दै कार्वाहीको माग गरेको छ। संगठनका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला संयोजक सुस्मिता सीले विज्ञप्ती जारी गर्दै यसो भनिएको हो।

विज्ञप्तिमा भनिएको छ “मिति २०८० साल जेठ १७ गते दोलखा जिल्ला तामाकोसी गाउँपालिका वडा नं. ३ मा अवस्थित श्री सितापाइला माध्यमिक बिद्यालयका गणितका सुदर्शन पोखरेल , अंग्रेजीका शिक्षक बिरेन्द्र राज पन्त र बिज्ञानका शिक्षक रंजना खड्काको सामुहिक टोलिले आफ्नै बिद्यालय कक्षा ११ शिक्षा संकायमा अध्ययनरत बिद्यार्थी सविन मुगराती , मंदिप मुगराती , अविनास मिजार, सुन्दर चोलांगी र अनुप बस्नेत लगायत पाँच जना विद्यार्थीहरुलाई सामान्य विषयमा बिद्यालय प्रांगणबाट कुट्दै कार्यलय भित्र पुर्यायर कार्यलय भित्र पनि सामुहिक रुपले निर्घात कुटपिट गरि गंभिर घाइते बनाएको घटना प्रती हाम्रो संगठन घोर निन्दा एवं भत्सना गर्दछ । यसरी बिद्यार्थीहरु आफ्नै शिक्षकहरुबाट आफ्नै बिद्यालय भित्र सामुहिक रुपले निर्घात कुटिनु आफैमा मानवता बिरुद्धको गंभीर अपराध हो । यो घटनाले बिद्यालय क्षेत्रमा त्रासको वातावरण सृजना गरेको छ । यस्ता विद्यार्थी कुट्ने गुण्डे शिक्षकहरु माथी हदै सम्मको कार्वाहीका लागी हाम्रो संगठनले सम्बन्धि सबै निकायहरुमा जानकारी गराइसकेको छ । आगामी दिनहरुमा यस्ता गंभिर खालका घटना घटाउने दुस्साहस कसैले पनि गर्न नसक्ने गरि आवस्यक पहलकदमी लिन र सचेत बन्न सम्बन्धी विद्यालय प्रशासन, अन्य सम्पूर्ण निकायहरु र सिंगो समुदायलाई गंभिर बन्न अनुरोध गर्दछौं । अन्यथा दोषीलाई आवस्यक कार्वाही गर्नुको सट्टा अन्य बहानाबाजि गरेर पीडितलाई कमजोर पार्ने र दोषीलाई उन्मुक्ति दिने जस्ता घिणित कार्य गरे हाम्रो संगठनले आन्दोलन र आवस्यक संघर्ष गर्ने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम विद्यालय प्रशासनले लिनुपर्ने समेत यहि विज्ञप्ति मार्फत जानकारी गराउदछौं ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।