७ बैशाख २०८१, शुक्रबार

बाँकेमा सी जातिबारे अन्तरक्रिया हुने

0

बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले सी जातिका बारे नेपालगञ्जमा  अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । शुक्रवार नेकपाको कोहलपपुर नगरकमिटीको एकताको विशेष वैठकमा यस्तो जानकारी गराईएको हो ।
नेकपा बाँकेले यो निर्णय जिल्ला कमिटीको वैठकबाट पारित गरेको भएपनि थप तयारीका लागि कोहलपुर नगरकमिटीको बैठक मार्फत ठोस योजना तय गरेको छ ।
श्रमिक समुदाय मोर्चा नेपालको केन्द्रीय कार्यक्रम अन्तरगत बाँकेमा आगामी असार २ गते भव्य अन्तरक्रिया गर्ने नेकपाले निर्णय गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी नेकपाका प्रवक्ता प्रकाण्ड सी लगायतका विशेष व्यक्तित्वहरुको सहभागीता रहने नेकपाले जनाएको छ ।
नेकपाको नवौं महाधिवेशनबाट कम्युनिष्ट नयाँ जातिको निमार्ण गर्नुपर्ने भन्दै नामको पछि सी राख्ने प्रचलन ल्याएको छ । नेकपाले मौजुदा जातहरु पनि हिजो पेशाका आधारले बनाएको र एकले अर्को जातिमाथि शोषण गर्ने परिपाटी बनेको भन्दै जातीय विभेद हटाउन सवैले सी जाति लेख्नु पर्ने अभियान थालेको छ ।
यस विषयमा विभिन्न क्षेत्रमा वहस भइरहेको छ । सी जातिका वारे आफ्नो धारणा स्पष्ट राख्न बाँकेका वुद्धिजीवी,शिक्षक,कर्मचारी तथा वौद्धिक व्यक्तित्वहरुलाई बोलाएर अन्तरक्रिया गर्न लागेको नेकपा बाँकेका इन्चार्ज रणदिप सीले जानकारी दिए । नगर कमिटीको वैठकमा संगठन सुदृढ तथा विस्तार गर्ने मिटर व्याजी तथा राष्ट्रघाती माथि कार्वाही गर्ने लगायतका निर्णयहरु समेत गरेको नेकपाले जनाएको छ ।
वैठकमा नेकपा बाँकेका इन्चार्ज रणदिप सी,केन्द्रीय सदस्य शेखर सी,नाराण सी,सेक्रेटरी कल्पना सी लगायतका अतिथिहरुको सहभागीता रहेको थियो । वैठक नगर कमिटीका सेक्रेटरी राजु सीको अध्यक्षतामा वसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।