२३ बैशाख २०८१, आईतवार

‘देशले अग्रगामी र परिवर्तनकामी विकल्पको खोजी गरेको छ’

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देशले अग्रगामी र परिवर्तनकामी विकल्पको खोजी गरेको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले शनिबार अपरान्ह एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।
प्रवक्ता प्रकाण्ड सी द्वारा जारी बिज्ञप्तिमा देश अहिले वितृष्णा, आक्रोस र विस्फोटको अवस्थामा भएकोले प्रतिक्रान्तिकारी होईन क्रान्तिकारी, अग्रगामी र परिवर्तनकामी विकल्पको खोजीमा रहेको उल्लेख गर्दै यसको परिपुर्तिको निम्ति कम्युनिष्ट क्रान्तिकारीहरु, वामपंथीहरु, प्रगतिशिल लोकतन्त्रवादीहरु र सच्चा देशभक्तहरुले संयुक्त रुपमा पहल गरि देश र जनताले खोजेको विकल्प प्रस्तुत गर्नु ऐतिहासिक जिम्मेवारी भएको उल्लेख गरिएको छ ।
प्रवक्ता प्रकाण्ड सी द्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘ यो वेला समाजवादी देशभक्त मोर्चाको औचित्यमाथी प्रश्न खडा गर्ने र पछि हट्ने वेला होइन कि यसलाई अझ व्यापक एवं विस्तार गर्ने वेला हो । यसका निम्ति तयार रहन र सहकार्यमा जुट्न हाम्रो पार्टी विशेष अपिल गर्दछ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सी द्वारा जारी बिज्ञप्तिमा देशको राष्ट्रिय संकट नेपाली जनता र देशको संकट नभएर दलाल पूँजीपति वर्ग, त्यसको राज्यसत्ता र दलाल संसदीय व्यवस्थाको संकट भएको उल्लेख गर्दै भनिएको छ – ‘ आफ्नो संकटको मारमा देश र नेपाली जनतालाई पार्ने धृष्टता दलाल पुँजीवादले गरिराखेको छ । यो भुमण्डलीकृत पूँजीवाद र साम्राज्यवादको संकटको नेपाली नाङ्गो रुप पनि हो । यो अवस्थामा नेपाली जनता र राष्ट्रको दुस्मन दलाल पूँजीवाद र साम्राज्यवाद हो । राष्ट्रको स्वाधिनताको मुद्धामा साम्राज्यवाद र जनमुक्तिको मुद्धामा दलाल पूँजीवादका विरुद्ध संयुक्त मोर्चा निमार्ण गरेर संघर्षको वृहत मोर्चा खोल्नु नेपाली जनक्रान्तिको अहिलेको वस्तुगत आवश्यकता र नेपाली श्रमिक जनताको चाहाना हो ।’

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘मिति २०८० जेठ २५ गते विहिवार वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले समाजवादी देशभक्त मोर्चाको विषयलाई लिएर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई लगाएको संगीन आरोप र कथित क्रान्तिकारी आवरणमा फैलाएको भ्रान्तिवारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१) हाम्रो पार्टी विगत साढे आठ वर्ष देखि देशमा विद्यमान दलाल पुँजीपति वर्गको राज्यसत्ता र दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न “एकीकृत जनक्रान्ति” संचालन गरिराखेको पार्टी हो । यो अकाट्य सत्य नेपाली जनतावाट छिपेको छैन । एकीकृत जनक्रान्तिको उदेश्य भुमण्डलीकृत पूँजीवादी एवं साम्राज्यवादी विश्व व्यवस्थाका विरुद्ध आगामी विश्वलाई साम्यवादी विश्व व्यवस्थामा पुर्याउने आधार इलाकाको रुपमा नेपालमा श्रमिक जनताको वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्नु हो । नेपालमा साम्राज्यवादी हस्तक्षेप र दलाल पूँजीवादी जनघातका विरुद्ध राष्ट्रिय मुक्ति र जनमुक्तिका निम्ति प्रतिरोध संघर्ष संचालन गर्नु यसको संघर्षको कार्यनिति हो ।
२) देश र जनताको समग्र वर्तमान अवस्था संकटग्रस्त र विस्फोटक छ । देशको जीवनमा यो अभुतपुर्व र असमान्य अवस्था हो । यो अवस्थामा भारतिय साम्राज्यादलाई उछिनेर अमेरिकी साम्राज्यवादले नेपालो सार्वभौमिकता एवं राष्ट्रिय स्वाधिनता माथि गरेको नाङ्गो हस्तक्षेप दलाल पूँजीवादको आत्मसमर्पणवादी एवं जनघाती चरित्रको उपज हो । यो वेला नेपाली जनक्रान्ति र श्रमीक जनताको निम्ति राष्ट्रिय मुक्तिको मुद्धामा अमेरिकी साम्राज्यवाद र जनमुक्तिको मुद्धामा दलाल पूँजीवाद मुख्य दुस्मन हो । २१ औँ शताव्दीको वहुधुर्विय विश्वको चरित्र, वढ्दै गएको अन्तरविरोधको दुश्मनीपुर्ण स्वरुप र युद्धको रुपमा व्यक्त भैराखेको विश्वको अवस्था र नेपालमा दलाल पूँजीवादको आत्मसमर्पणवादी चरित्रका कारण नेपाली श्रमिक जनताको साम्राज्यवाद र दलाल पूँजीवाद विरुद्धको जनक्रान्तिको मोर्चा अलग थलग होइन कि एकीकृत मोर्चाको रुपमा व्यक्त हुन्छ । IPS, MCC, SPP र त्यसका निम्ति गरिएका चलखेल विरुद्ध नेपाली जनताले खोलेको राष्ट्रिय मुक्तिको मोर्चा र जनघात, राष्ट्रघात, भ्रष्टाचार, कमिशन, सामाजिक असु्रक्षा र कष्टकर जनजिवीकाका विरुद्ध नेपाली जनताले खोलको जनक्रान्तिको मोर्चा उपरोक्त सत्यलाई तथ्यगत रुपमा पुष्टि गर्ने मोर्चा हुन ।
३) देशको राष्ट्रिय संकट नेपाली जनता र देशको संकट नभएर दलाल पूँजीपति वर्ग, त्यसको राज्यसत्ता र दलाल संसदीय व्यवस्थाको संकट हो । आफ्नो संकटको मारमा देश र नेपाली जनतालाई पार्ने धृष्टता दलाल पुँजीवादले गरिराखेको छ । यो भुमण्डलीकृत पूँजीवाद र साम्राज्यवादको संकटको नेपाली नाङ्गो रुप पनि हो । यो अवस्थामा नेपाली जनता र राष्ट्रको दुस्मन दलाल पूँजीवाद र साम्राज्यवाद हो । राष्ट्रको स्वाधिनताको मुद्धामा साम्राज्यवाद र जनमुक्तिको मुद्धामा दलाल पूँजीवादका विरुद्ध संयुक्त मोर्चा निमार्ण गरेर संघर्षको वृहत मोर्चा खोल्नु नेपाली जनक्रान्तिको अहिलेको वस्तुगत आवश्यकता र नेपाली श्रमिक जनताको चाहाना हो । नेपाली श्रमिक जनता र देशको प्रतिनिधि राजनीतिक पार्टी हुनु र एकीकृत जनक्रान्तिको नेतृत्व गरिराखेको पार्टी हुनुले हाम्रो पार्टीले दलाल पुँजीवाद र साम्राज्यवाद विरुद्धको संयुक्त मोर्चा निमार्णको कार्यनिति अगाडी सारेको हो । यो कार्यनितिको प्रस्ताव तिन पार्टी सम्मिलित समाजवादी देशभक्त मोर्चाको जेठ २२ गते विहानको वैठकमा प्रस्तुत गरी वहस भएको थियो । उपरोक्त संयुक्त मोर्चा निमार्णको निम्ति राष्ट्रिय राजनीतिमा पहल र वहस भईराखेको छ । कम्युनिष्ट क्रान्तिकारीहरु, वामपंथीहरु, प्रगतिशिल लोकतन्त्रवादीहरु र सच्चा राष्ट्रवादीहरुसंग थालिएका संवाद, वहस र राजनीतिक पहल यसैका उपज हुन ।
४) मालेमावादद्धारा निर्देशित, दलाल पूँजीवादी राज्य व्यवस्था विरुद्ध नेपाली श्रमिक जनताको वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्नको निम्ति नेपाली विशिष्टता र मौलिकतामा विकसित एकीकृत जनक्रान्ति संचालन गरिराखेको हाम्रो पार्टीले साम्राज्यवाद र दलाल पूँजीवादका विरुद्ध विकास गरेको संयुक्त मोर्चाको निति र राष्ट्रिय पहललाई विचलनता, दलाल संसदीय व्यवस्थाको भरथेक गरेको र पुच्छर भएको देख्नु र चिन्ताग्रस्त हुनु भनेको देशको वर्तमान जर्जर अवस्था, क्रान्तिकारी कम्युनिष्टहरुले निर्वाह गर्नुपर्ने नेतृत्वदायी भुमिका र जनक्रान्तिवारे गम्भिर अन्यौलता र अलगाववाद हुन पुग्दछ । यसवाट कम्युनिष्ट क्रान्तिकारीहरु पुरै सचेत र अलग हुनुपर्दछ ।
५) देश अहिले वितृष्णा, आक्रोस र विस्फोटको अवस्थामा छ । प्रतिक्रान्तिकारी होईन क्रान्तिकारी, अग्रगामी र परिवर्तनकामी विकल्पको खोजीमा छ । यसको परिपुर्तिको निम्ति कम्युनिष्ट क्रान्तिकारीहरु, वामपंथीहरु, प्रगतिशिल लोकतन्त्रवादीहरु र सच्चा देशभक्तहरुले संयुक्त रुपमा पहल गरि देश र जनताले खोजेको विकल्प प्रस्तुत गर्नु ऐतिहासिक जिम्मेवारी हो । यो वेला समाजवादी देशभक्त मोर्चाको औचित्यमाथी प्रश्न खडा गर्ने र पछि हट्ने वेला होइन कि यसलाई अझ व्यापक एवं विस्तार गर्ने वेला हो । यसका निम्ति तयार रहन र सहकार्यमा जुट्न हाम्रो पार्टी विशेष अपिल गर्दछ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।