१४ बैशाख २०८१, शुक्रबार

नेकपाले इलाममा ततायाे लघुवित्त विरुद्धको आन्दोलन

0

इलाम: लघुवित्त विरुद्धको आन्दोलन नरोकिने घोषणा गरेकाे नेपाल कम्युनिस्ट पार्टीले लघुवित्त विरुद्धको आन्दोलन जनस्तरमा पुगेको छ ।

पार्टीका इलाम जिल्ला इन्चार्ज मौसमको नेतृत्वमा इलाममा लघुवित्त विरुद्धको आन्दोलन जनस्तरमा पुगेको हो । आज इलाम जिल्लाको माइजोगमाइ १ स्थित नयाँ बजारमा रहेका लघुवित्त र बैंकहरुमा संयौ जनताहरुको भिडले तालाबन्दी गरेको छ । जसमा लक्ष्मी बैंक, साहारा सहकारी, जीवन विकास लघुवित्त, सिम्रीक लगायत ५ वटा भन्दा धेरै लघुवित्त र बैंकहरुलाई जनताहरुको ठूलो पंक्तिले बन्द गराइदिएको छ ।

नेकपा इलामको इन्चार्ज मौसमको नेतृत्वमा बन्द गराउने कार्यको थालनी भएपछि स्थानिय जनताको ठुलो भिड एक्कासी बजारमा उत्रिएर आन्दोलनमा सामेल भएको थियो । लामो समयदेखि निरन्तर लघुवित्त, बैंक र वित्तिय संस्थाहरुको चर्को शोषण र दमन विरुद्ध आन्दोलित नेपाल कम्युनिस्ट पार्टी इलामले हजारौं जनतालाई प्रत्यक्ष न्याय दिलाई सकेको छ

यस्तै आज नै इलामको माङसेबुङमा गाउँपालिकामा पनि यही अभियान सुरु भएको छ । इलामका जनताले पार्टीलाई भरोसा गरेर हारगुहार गर्न थालेपछि नेकपा इलाम चुनौती मोलेरै संघर्षको मैदानमा उत्रिएको छ । मेची ब्युरोमै पांचथर, इलाम र झापामा जनतालाई शोषण गर्ने लघुवित्त, बैंक, वित्तिय संस्था विरुद्ध निरन्तर आन्दोलन जारी छ ।
यही विषयमा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले जनतालाई दु:ख दिने कार्य वित्तिय संस्थाले नरोके पार्टी जस्तो सुकै संघर्षमा उत्रन सक्ने चेतावनी दिए । उनले भने, “हामीले राज्य प्रशासनसँग पनि कुरा गरेका छौं, जनतालाई दु:ख दिने तत्वको पक्ष पोषण राज्यले गर्दैन भन्नेमा आशावादी छौं ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।