२३ बैशाख २०८१, आईतवार

“जातीय सवाल र समाजवाद” शीर्षकमा इटहरीमा अन्तर्कृया हुँदै

0

इटहरी / प्रदेश न १ को इटहरीमा “जातीय सवाल र समाजवाद” शीर्षकमा अन्तर्कृया हुने भएको छ।नेपालमा रहेका विभिन्न जात/जातिका सवाल र समाजवादी व्यवस्थामा ति समस्याहरू कसरी सम्बोधन गरिन्छ भन्ने बिषयबारे विमर्श गर्ने उदेश्यले नेपाल कम्युनिस्ट पार्टी कोशी ब्युरोद्वारा अन्तर्कृयाको आयोजना गरिने भएको हो।

जेष्ठ ३० गते११:३० बजेबाट दुर्गा पार्टी प्यालेस, इटहरी (आइतवारे)मा गरिने कार्यक्रममा नेकपा महासचिव विप्लव ,१ नं. प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन, जनता समाजवादी पार्टी, १ नं. प्रदेश अध्यक्ष दिपक याख्खा,किरात राई यायोख्खा अध्यक्ष जीवन हाताचो,किरात याक्थुङ चुम्लुङ अध्यक्ष प्रेम यक्तेन र पत्रकार भवानी बराल लगाएतका बक्ताहरुले कार्यक्रमलाई सम्बोधन गर्ने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।