६ जेष्ठ २०८१, आईतवार

नेकपा पश्चिम दाङले यो वर्ष ५ बिघा जमिनमा खेती गर्ने

0

दाङ: नेपाल कम्युनिष्ट पार्टी पश्चिम दाङ जिल्ला समितिले यो वर्ष करिव ५ बिघा जमिनमा खेती गर्ने निर्णय गरेको छ ।
नेकपा पश्चिम दाङले आज जग्गाको अनुगमन गर्दै ५ बिघा जमिनमा पार्टीको आफ्नै लगानी र श्रममा खेती गर्ने जानकारी दिएको छ ।

नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीको नेतृत्वको टोलिले शनिबार तुलसीपुर -१४ स्थित ड्वाङपुरमा ३ बिघा जमिनमा लगाएको मकै खेती र तुलसीपुर -१५ स्थित कन्ज्वारमा धान खेतिका लागि लिइएको २ बिघा १० कठ्ठा जमिनको अनुगमन गरेको हो ।

पार्टीको केन्द्रीय नीति अनुसार आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता-कार्यकर्ताको नीति अनुरुप प्रत्येक वर्ष उत्पादन कार्यलाइ प्रभावकारी ढंगले सञ्चालन गरिरहेको नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रदिप सीले जानकारी दिएका छन् ।
उनले भने,– ‘हामी एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादका लागि संघर्ष गरिरहेका छौँ । वैज्ञानिक समाजवाद उत्पादनमा टिक्ने व्यवस्था हो । हामी अहिलेदेखि नै आत्मनिर्भर अर्थतन्त्रको परिकल्पनाका साथ अगाडि बढेका छौँ । हामीले कम्युन पनि चलाइरहेका छौँ । हामी छिट्टै पार्टीलाई आत्मनिर्भर बनाउने गरि काम गरिरहेका छौँ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।