१२ श्रावण २०८१, शनिबार

नेकपा कालिकोटले गर्याे ५ राेपनीमा धान खेती

0

कालिकोट: नेपाल कम्युनिष्ट पार्टी कालिकोटले ५ राेपनीमा जमिनमा धान खेती गरेको छ ।

पार्टीलाई आत्मनिर्भर बनाउने नीति अनुसार नेकपा कालिकोटले उत्पादनमा जाेड दिदै शनिबार ५ राेपनी जमिनमा पार्टीको आफ्नै लगानी र श्रममा धान खेती गरेको हाे ।

नेकपाका केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सीले पार्टीकाे केन्द्रीय नीति अनुसार आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता-कार्यकर्ताको उद्देश्य अनुरुप उत्पादनमा जुटेको बताए ।

उनका अनुसार पार्टीले थप २ हल जग्गामा दाल उत्पादनका लागि सिमी र मासकाे खेती गर्ने तयारी गरेको बताए ।

नेकपा केन्द्रीय सदस्य तथा कर्णाली मुक्तिमोर्चाका संयोजक विराट सीले भन्ने, ‘हामीले आत्मनिर्भर अर्थतन्त्रको परिकल्पनाका साथ अगाडि बढेका छौँ । पार्टीलाई आत्मनिर्भर बनाउने गरि हामी उत्पादनमा लागेका छाैं । हामी एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादका लागि संघर्ष गरिरहेका छौँ । वैज्ञानिक समाजवाद उत्पादनमा टिक्ने व्यवस्था हो ।’

धान रोपाइँमा जिल्ला इन्चार्ज बलवान् सी, जिल्ला सेक्रेटरी शाहासी सी, जिल्ला कमिटी सदस्यहरू, रास्काेट नगर पार्टी लगायत स्थानीय जनता पनि सहभागी रहेको थियो ।

रास्काेट नगरपालिका २ का कुशुम ऐडीले कर्णाली चाैरकाे ७ राेपनी जग्गा पार्टीलाई उत्पादनका लागि सहयोग गरेपछि ५ राेपनीमा धान खेती र २ राेपनीमा सिमी र मासकाे दालकाे खेती लगाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।