१२ श्रावण २०८१, शनिबार

नेकपा नेताहरुद्वारा अखिलको निवासमै पुगेर आमाप्रति श्रद्धाञ्जली व्यक्त

0

चितवन – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्या तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीसहितका नेताहरुले पार्टीका व्युरा सदस्य तथा प्रवासी नेपाली जन समाज भारतका केन्द्रीय महासचिव अखिल सीकी आमाको निधनप्रति निवासमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

मंगलबार दिउसो चितवनको भरतपुर नगरपालिकास्थिति माछापुच्छ्रे चोकमा रहेको निवासमा पुगी पार्टी स्थायी समिति सदस्य अनिल सी, पोलिटव्युरो सदस्य कृति सी, भेषराज सी, प्रवासी नेपाली समाज भारतका अध्यक्ष आजाद सेन सी, अखिल नेपाल जन स्वास्थ्यकर्मी महासंघका महासचिव प्रकाश सी, विशेष कमिटी सदस्य सूर्य सी, जनपत्रकार संगठन नेपालका सचिवालय सदस्यद्वय शोभराज सी र शाहस सी लगायतका नेताहहरुले आमाप्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा संवेदना प्रकट गरेका थिए ।

परिवारका सदस्यहरुबीचमा श्रदाञ्जली सभाको आयोजना गर्दै नेताहरुले जन्मपछि मृत्यु निश्चित भएको भन्दै जिवित हुँदा गरेका राम्रा कामहरुको अनुशरण गर्नुपर्ने बताएका थिए । शोक पुस्तिकामा लेखिएको शोक वक्तव्य वाचन गर्दै पार्टीका पोलिटब्युरो सदस्य भेषराज सीले जिवित हुँदा आमाले गरेका राम्रा कामहरुको अनुसरण गर्दा सच्चा श्रदाञ्जली हुने बताएका थिए ।

पार्टीका स्थायी समिति सदस्य अनिल सीले प्रवासी नेपाली समाज भारतले ल्याएको चिनो परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका थिए । अखिलकी आमाको २०८० साल जेठ २४ गते विहान उच्च रक्तचापका कारण ७६ बर्षको उमेदमा निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।