१२ श्रावण २०८१, शनिबार

जुन मान्छे विचारमा अब्बल हुन्छ त्यसले नै देश र जनताको सेवा गर्न सक्छ: प्रज्वल

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य प्रज्वल सी ले जुन मान्छे विचारमा अब्बल हुन्छ त्यसले नै देश र जनताको सेवा गर्न सक्ने भएकोले नेपाल कम्युनिस्ट पार्टीले नेताकार्यकर्ताहरुको बिचारलाई स्पालिलो र अब्बल बनाउने अभियान अन्तर्गत बिचारधारात्मक स्कुल सञ्चालन गरेको बताएका छन।नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले काठमाडौमा आयोजना गरेको स्कुलिङ कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै नेता प्रज्वलले यस्तो धारणा राखेका हुन।

“जुन मान्छे विचारमा अब्बल हुन्छ त्यसले नै देश र जनताको सेवा गर्न सक्छ -नेता प्रज्वलले भने -क्रांतिकारी वन्ने कुरा र देशको सेवा गर्ने कुरा सजिलो विषय होईन ,हामी जाने बाटो क्रांतिकारी पार्टीले मात्रै निर्माण गर्न सक्छ त्यसका लागि
उपत्याका ब्युरोमा काम गर्ने साथीहरुलाई अब्बल बनाउन याे सकुलिङ महत्वपुर्ण हुनेछ।”

स्कुलिङ्मा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद तथा एकीकृत क्रान्तिका सम्बन्धमा कक्षाहरु हुने बताइएको छ भने स्कुलिङ ४ दिनसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।