२९ बैशाख २०८१, शनिबार

नेकपालाई संसदवादी देख्नु भ्रम मात्र हो: कृति सी

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सी ले नेपाल कम्युनिस्ट पार्टीलाई संसदवादमा जान्छ भन्नु केहि मान्छेको भ्रम मात्र भएको टिप्पणी गरेका छन। नेकपा उपत्यका ब्युरोद्वारा आयोजित स्कुलिङ्ग कार्यक्रमको उध्घाटन शत्रमा मन्तव्य राख्दै नेता कृति सी ले यस्तो धारणा व्यक्त गरेका हुन।

नेपाल कम्युनिस्ट पार्टीले देशको गम्भीर आर्थिक- राजनीतिक संकटको निकास र अमेरिकी साम्राज्यवादको देशमाथिको हस्तक्षेप विरुद्ध संयुक्त मोर्चाको कार्यनीति लिएपछि केहि पार्टी र व्यक्तिहरुले नेकपालाई संसदवादमा फस्ने दिशामा जान थालेको भ्रम सिर्जना गर्न खोजेको बेला नेता कृति सी ले यस्तो भ्रम सिर्जना गर्नु खाली मुर्खता मात्रै भएको बताए।

पार्टीको कार्यदिशा, विचार र स्प्रीडलाई जनता समक्ष नपुग्दा एकीकृत क्रान्तिको आवश्यकता अनुसार कामहरु प्रभावकारी बनाउन नसकिएको र त्यसको एउटा कारण पार्टीलाई बिचार र सिद्धान्तद्वारा स्पातिलो बनाउनु अपरिहार्य रहेको र त्यो खाचोलाई पुरा गर्न स्कुलिङ प्रारम्भ गरिएको नेता कृतिले बताए।

मन्तव्यको क्रममा इन्चार्ज कृतिले पार्टी नेता तथा कार्यकर्ताहरु बिचार र राजनितीक रूपमा अब्बल हुनुपर्ने आवश्यकतालाई यो स्कुलले पूरा गर्ने अपेक्षा रहेको समेत उल्लेख गरे।

स्कुलिङ बिभाग इन्चार्ज भरत सी, प्रमुख भेषराज सी, केन्द्रिय सदस्य प्रयास सी लगायतको स्कुलिङ बिभागले दिने प्रशिक्षणमा सैद्धान्तिक र व्यवहारिक कक्षाहरु सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ भने कार्यक्रम ४ दिनसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।