२९ बैशाख २०८१, शनिबार

देशलाई कंगाल बनाउन नेपाली कांग्रेसको मुख्य भूमिका छ : कृति सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य कृति सीले नेपाली कांग्रेसका कारण देश कंगाल भएको बताएका छन् । शनिबार नेकपाको सहायक संगठन युवा संगठन नेपाल, काठमाडौं जिल्ला नम्बर १ को जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देशमा अहिले दुईवटा समस्याले सताएको भन्दै यसको मुख्य भागिदार नेपाली कांग्रेस भएको बताए । नेपाली कांग्रेसले देशमा उदारिकरणका नाममा सरकारी उद्योगलाई निजिकरण गरेकाले देश दलालीकरणमा गएको र साम्राज्यवादको कब्जामा गएका संकट उत्पन्न भएको उनको भनाई थियो ।

‘नेपाली कांग्रेसका नेता रामशरण महतले २०४८ सालमा नेपालमा उदारिकरणको सुरुवात गरेको थिए । अहिले उदारिकरण गरेर सहि गरेको थिएँ भनेर भन्नसक्ने हिम्मत उनीसँग छ ।’, कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले भने, ‘त्यही उदारिकरणका कारण नेपालका सम्पूर्ण उद्योगहरु बन्द भए, केही निजिकरण भए । देशमा दलालहरुको हालिमुहाली भयो । साम्रज्यवादको हस्तक्षेप बढ्यो ।’

दलाल चरित्र भएको कांग्रेसका नेताहरूले जनयुद्धलाई अपराधिकरण गर्न खोजेकोमा आप्पत्ती जनाए । ‘जनयुद्ध अपराध नभइ राजतन्त्र अन्त्य गर्ने पहिलो आधार हो । कांग्रेसलाई यो थाह छ ।’, उनले भने, ‘तर कांग्रेसका केही नेताहरुले विदेशीको इसारामा नेपालको इतिहासमा जनताको सहभागितामा भएको सबैभन्दा ठूलो आन्दोलनलाई अपराधिकरण गर्न खोजेका छन् । त्यो नेपालका कम्युनिस्ट क्रान्तिकारीहरुलाई सैय हुँदैन ।’

हिजोको दिनमा कचौरा लिएर माग्न बसेकाहरूले देश चलाएका कारण देश बर्वाद र्भएको भन्दै युवाहरुले यो विषयमा बुझ्नुपर्ने बताए । नेपाली कांग्रेसले ३२ बर्षदेखि नेपाली युवालाई विदेश पठाएर आधुनिक दास बनाएको उनको आरोप थियो । ‘नेपाली जनतालाई विदेश पलायन गराउने मुख्य पार्टी कांग्रेस हो । यसले युवालाई मरुभूमिमा पठाएर आधुनिक दास बनाएको छ ।’, उनले भने, ‘कांग्रेसकै कारण देश विदेशीको कब्जामा गएको छ । नेपालको साशन सत्ता नेपालीको हातमा छैन । अमेरिकी र भारतीत साम्राज्यवादले चलाएको छ । त्यो कांग्रेसकै कारण हो ।’

कांग्रेसले ल्याएको उदारिकरणका कारण विदेशीहरु आएर देशलाई टाँट पल्टाएको उनको आरोप थियो । ‘विदेशीहरु नेपाल आएर, देशलाई टांट पल्टाएर विदेशमा बैक खोले । विनो चौधरीको चौधरी ग्रुपले नेपाललाई टाँट पल्टाएर विदेशमा बैक किन्ने पैसा कहाँबाट आयो ।’, उनले भने, ‘दलाल पुँजीवादले नेपालमा हैकम जमाएको छ । देशलाई लुटेको छ । विदेशमा पुँजी पलायन गरेको छ । त्यसैले यो व्यवस्थाको समस्या हो ।’

नेपालबाट भागेर अमेरिका पुगेकाहरु देश बनाउने भन्दै फर्किको बताउँदै त्यस्ताका कुरा पत्याएर उनीहरुको पछि नलाग्न युवालाई आग्रह गरे । ‘कोही नेपालमा केही गर्न सकिदैन भनेर देशलाई लातमार्दै अमेरिका पुगेका थिए । त्यहाँ पनि टिक्न नसकेर नेपाल आएका छन् । उनीहरु देशमा व्यवस्था होइन अवस्था फेर्छौं भन्दैछन् ।’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले भने, ‘यो देशको मुख्य समस्या दलाल पुँजीवादमा छ । यसलाई नढालेसम्म जनताका समस्याहरु समाधान हुँदैनन् । चावि नफेरिकन इट्टाको आकार फेरिदैन । त्यही भएर पहिला दलाल पुँजीवादको अन्त्य गरौं, त्यसपछि जनताको अवस्था पनि फेरिन्छ ।’

नेपाली कांग्रेसका नेता गगन थापाप्रति लक्षित गर्ने कृतिले चारपाटा मोडेर मरुमूमि कटाउनु पर्ने बताएका छन् । ‘एमसीसीका कारण देशमा समस्या आए चारपाटा मोडेर थानकोट कटाउनु भन्ने गगन थापा अहिले कुन दुलोमा लुकेर बसेका छन् ।’, उनले भने, ‘एमसीएले अदालतलाई लेखेको वयान हेरेकी हेरनन् ? एमसीएले एमसीसी सम्झौतालाई सम्झौता नभएर संन्धि हो भनेर खुलेयाम घोषणा गर्दा पनि चारपाटा मोडेर थानकोट काट्ने बेला भएन र ? कि हामीले मरूमूमि कटाउनु पर्ने हो ।’

एमसीसीका कारण नेपाल युक्रेन बन्ने खतरा रहेको भन्दै जनस्तरबाट यसलाई खारेज गर्नुपर्ने बताए । नेपालमा युवाहरुको काँधमा नेपाली विशेषताको समाजवाद ल्याउनका लागि एकतावद्ध हुनुपर्ने बेला आएको भन्दै उनले त्यसका लागि युवा संगठन नेपालमा संगठित हुन सम्पूर्ण युवालाई अपिल गरे । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य जीवन्त सी, सुरेन्द्र सी, भृकुटी सी, युवाका केन्द्रीय अध्यक्ष पाटन सी लगायतको उपस्थिति रहेको थियो । सम्मेलनले रबिन सीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ । सम्मेलनको संचालन कल्पना सीले गरेकी थिइन् । कार्यक्रममा जनसांस्कृतिक महासंघका कलाकारहरुले आफ्नो प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।