१५ बैशाख २०८१, शनिबार

विद्यालयभित्र सैन्य पोशाकसहित अमेरिकी सेनाले सांस्कृतिक कार्यक्रम गरेकोप्रति नेकपाको आपत्ति

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले शिवपुरी माध्यमिक विद्यालयमा अमेरिकी सेनाले सांस्कृतिक कार्यक्रम गरेकोप्रति आपत्ति जनाएको छ ।
बिहीबार नेकपा उपत्यका ब्युरोले प्रेस वक्तव्य जारी गर्दै मुलुकको संघिय राजधानीमा नै अमेरकी सेनाले सैन्य पोशाकमा यस्ता खालका क्रियाकलाप गर्नु नेपालको राष्ट्रिय स्वाधिनतामाथिको नाङ्गो हस्तक्षेप भएको ठहरसहित आपत्ति जनाएको हो ।

नेकपा उपत्यका ब्युरो इन्चार्ज कृति सीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, २०८० फाल्गुन ३० गते काठमाडौँ महानगरपालिका वडा नं. ३, महाराजगंजस्थित शिवपुरी माध्यमिक विद्यालयमा अमेरिकी सेनाले सांस्कृतिक कार्यक्रम गरेको समाचार सामाजिक संजालमार्फत जानकारी हुन आएको छ । जुन कुराले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मुलुकको संघिय राजधानीमा नै अमेरकी सेनाले सैन्य पोशाकमा यस्ता खालका क्रियाकलाप गर्नु नेपालको राष्ट्रिय स्वाधिनता माथिको नाङ्गो हस्तक्षेप भएको हाम्रो पार्टी ठहर गर्दछ। यस्ता खालका क्रियाकलाप नगर्न अमेरिकी सेनालाई सचेत गर्दछौं र नेपाल सरकारलाई यस्तो प्रकारको घटना नदोहोर्‍याउनका लागि सुचित गर्दछौं।

भू-राजनीतिक अन्तरविरोधको केन्द्र नेपाल बन्नु, नेपालमा टेकेर अमेरिकी साम्रज्यवादले आफ्नो प्रभुत्व कायम गर्न (एमसीसी) परियोजना मार्फत नेपाल प्रवेश गरेको विषय सबैमा सर्वविदितै छ । (एमसीसी) परियोजना आफैमा हिन्द प्रशान्त रणनीति (आइपीएस) अन्तर्गत हो भनेर हाम्रो पार्टी र केहि देशभक्त मित्रहरुले भनिरहेको विषय यस घटनाबाट पनि पुष्टि हुँदै गएको जारी विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी सेनाने राष्ट्रिय स्वाधिनतामाथि ठाडो हस्तक्षेप गर्दापनि राज्य मौन बसेको भदै कृती सीद्वारा हस्ताक्षरित वक्तव्यको अन्त्यमा भनिएको छ, राष्ट्रिय स्वाधिनतामा आँच आउने कुनै पनि गतिविधि गर्न नदिन र यस्ता घटनाका विरुद्ध आवाज बुलन्द गर्नका लागि सम्पूर्ण वामपन्थी, देशभक्त, समाजवादी, लोकतन्त्रवादी एवं बुद्धिजीवी मित्रहरुलाई हार्दिक अनुरोध गर्दछौं ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।