१५ बैशाख २०८१, शनिबार

राजनीतिक दृष्टिकोणसहित कृषि उत्पादन गर्छौं

0

इटहरी/ नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य एवम् केन्द्रिय उत्पादन विभाग सदस्य सुमन सीले नेकपाले शुरु गरिरहेको सामुहिक उत्पादन सम्बन्धि काममा वैचारिक र राजनीतिक दृष्टिकोणसहित कामहरू गरिरहेको बताएका छन् ।पूर्वको सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ४ मा रहेको केन्द्रिय उत्पादनबारे जानकारी दिने क्रममा नेता सुमनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीले नवौं महाधिवेशनपछि आत्मनिर्भर पार्टी र आत्मनिर्भर कार्यकर्तासहितको उदेश्यसहित देशका विभिन्न ठाँउमा कृषि उत्पादनसम्बन्धि काम भैरहेको र त्यसलाई क्रमश व्यवसायिकरण, आधुनिकीकरण र प्राविधिकरण गर्ने आफुहरुले योजना बनाइरहेको समेत नेता सुमनले जानकारी दिए ।

“हामीले अहिले देशका विभिन्न ठाँउमा उत्पादन सम्बन्धि काम गरिरहेका छौं, यो कुनै आफ्नो व्यक्तिगत उदेश्य पूरा गर्नका लागि होइन, यसको पछाडि एउटा निश्चित विचार र राजनीति पनि छ”- नेता सुमनले थपे- “अब यसलाई व्यवसायिक गर्दै जान्छौं, सिक्दै अगाडि बढ्छौं, यो समाजवादी अर्थतन्त्रको प्रयोग पनि हो ।”

कुराकानीको क्रममा उनले भारतबाट आउने कृषि उत्पादन र नेपाली उत्पादन एउटै बजारमा प्रतिस्पर्धा गर्नुपर्ने,आयातीत वस्तु र सेवाको लागत नेपाली वस्तु भन्दा निकै सस्तो हुने भएकोले यसले नेपाली कृषि उपजलाई निकै चुनौती भएको भन्दै यसको समाधानका लागि राज्य जिम्मेवार भएर लाग्नुपर्ने समेत बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।