१६ बैशाख २०८१, आईतवार

अमेरिकी सेना नेपाल छोड्को नारा राजधानीमा धन्कियो

0

काठमाडौँ । राजधानीको शिवपुरी माध्यमिक विद्यालयमा अमेरिकी सेनाले सांस्कृतिक कार्यक्रमको वाहानामा सैन्य पोशाक सहित सैन्य गतिविधि गरेकोमा घोर आपत्ति जनाउदै नेपाल कम्युनिस्ट पार्टीले विहिवार राजधानीमा विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनमा अमेरिकी सेना नेपाल छोड,अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रघाती एमसीसी खारेज गर, अमेरिकी दलालहरु होसियार,राष्ट्रिय स्वाधीनताको रक्षा गरौं,नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद,युवा विद्यार्थी जिन्दावाद, जस्ता गगनभेदी नाराहरु धन्किएका छन ।
नेकपाले एमसीसी नेपालको राष्ट्रिय स्वाधीनतामाथिको नाङ्गो हस्तक्षेप भएको ठहर गर्दै पार्टी नेता कार्यकर्ता,युवा विद्यार्थीको सहभागितामा विरोध प्रदर्शन गरेको हो । नेकपाले एमसीसीको सैन्य रणनीति अन्तरगत नेपालमा सेना आएको प्रमाणीत भएको पनि बताएको छ ।
विरोध प्रदर्शनले काठमाडौंका दलालहरुको मुख बन्द भएको छ । दलालहरुले अमेरिकी सेना नेपाल आउदैन भनिरहेको बेला एउटा विद्यालयमा नै सैन्य गतिविधि गरेपछि बोल्ने मुखमा भोटे ताला लागेको छ । विरोध प्रदर्शनले देशभक्तहरुमा साम्राज्यवादी हस्तक्षेप विरुद्ध थप एकता र आक्रोस सृजना गरेको छ ।

नेपालका अमेरिकी दलालहरुले एमसीसी सैन्य रणनीति नभएर विकासको योजना भएको भन्दै नेपाली जनतालाई मुर्ख बनाएर संसदबाट एमसीसी पारित गर्दै गर्दा अमेरिकी सेना नआउने बताएका थिए ।
दलालहरुले एमसीसी पारित गरेको केही समय भित्रै अमेरिकी साम्राज्यवादी सेना नेपालमा अघोषित रुपमा भित्रि सकेको अवस्था थियो । यो कुरा नेकपाले बारम्वार उठाउदा नेपालका दलालहरुले नेपाली जनतालाई सेना नआएको भन्दै ढाँटिरहेका थिए ।
तर नेपालमा सेना नआएको कुतर्क गर्दै ढाँटिरहेको कुरा अहिले भने दलालहरुको लागि धोती फुस्किए जस्तै भएको छ । नेपाली जनतालाई दिनको घाम झै प्रष्ट देखिने गरि अमेरिकी साम्राज्यवादी सेना देशको मुटु राजधानीको शिवपुरी माध्यमिक विद्यालयमा सैन्य पोशाक सहित फागुन ३० गते सैन्य गतिविधि गर्न उत्रियो । यो विद्यालय काठमाडौँ महानगरपालिका वडा नं. ३, महाराजगंजमा रहको छ । यो नेपालको लागि सामान्य कुरा र परिघटना होईन ।

विद्यालयमा अमेरिकी सेनाले सांस्कृतिक कार्यक्रम गर्ने वाहनामा सैन्य गतिविधि गरेको छ । यो नेपालको लागि गम्भीर विषय भएको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनतमाथिको नाङ्गो हस्तक्षेप भएको नेकपाले ठहर गरेको छ । नेकपाले यस घटनाको कडा विरोध गर्दै विहिवार राजधानीमा विरोध प्रदर्शन गरेको हो । नेकपाले नेपालमा यस्ताखालका गतिविधि नगर्न अमेरिकालाई कडा चेतावनी पनि दिएको छ ।
नेकपाले अमेरिकी सेनाले राष्ट्रिय स्वाधिनतामाथि ठाडो हस्तक्षेप गर्दापनि राज्य मौन बसेको भदै सरकारको पनि कडा विरोध गरेको छ । सरकार मात्र होईन नेपालका कुनै पनि राजनीतिक पार्टीहरुले अमेरिकी सेनाको यस्तो क्रियाकलापका विरुद्ध चुईक्क बोल्न सकेका छैनन् ।

अमेरिकाको एमसीसी परियोजना मार्फत दाना पानी खाएकाहरुले केही बोल्छन भन्ने नेपाली जनतामा आसा पनि नभएको नेपालका राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन । नेकपाको उपत्यका ब्यूरो इन्चार्ज कृति सीेले एक विज्ञप्ति जारी गरेर राष्ट्रिय स्वाधिनतामाथि आँच आउन नदिन र राष्ट्रिय स्वाधीनतको रक्षा गर्न सम्पूर्ण वामपन्थी, देशभक्त, समाजवादी, लोकतन्त्रवादी एवं बुद्धिजीवी शक्तिरुलाई एक हुन आग्रह गर्दै साम्राज्यवादी हस्तक्षेप विरुद्ध खरो रुपमा उत्रिन अपिल समेत गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।