
यतिबेला जनताहरुको जीवन माथि चौतर्फी संकटहरु मडारिएका छन । बजारमा आर्थिक संकट देखिएको छ । नेपाल राष्ट्र बैंकबाट जारी भएका नोट्हरु एकाएक बजारबाट गायब हुन पुगेका छन । डलर, भारु वा युवान जस्तो जंहा लगेपनी साटिने नोट् नेपालको होइन । तर, एक बर्षको अन्तरालमा ६४ अर्ब भन्दा बढी नोट बजारबाट हरायो । यो पैसा कहाँ , कसले र किन लुकाएको छ ? यसको पछाडि गम्भिर राजनीतिक कारण देखिन्छ । कृतिम संकट–प्रायोजित बिद्रोह–अमेरिकन योजना कार्यान्वयन यिनै खेलहरु शृङ्खलाबद्ध रुपमा नेपालमा खेलिदैछन ।
बैंकहरुको भूमिका उधमीहरुलाई मद्धत गर्दै रास्ट्रिय उत्पादकत्व बृद्धिमा उल्लेख्य सहायता गर्नु हो, तर यंहा यस्तो देखिएन । बरु बैंकहरु लघुबित्तलाई अगाडि सार्ने र साधरण जनता माथि अत्याचार मच्चाउने साधन बन्न पुगे । लघुबित्तहरु पंचायतले खटाएका गुण्डा जस्तै गणतन्त्र नामको पश्चिमा पपेट संचालन गर्ने कारखानाका गुण्डा बनेका छन ।
गरिवी निवारण गर्ने उदेश्यद्वारा अभिप्रेरित भनिएका यस्ता हजारौं लघुबित्तले यतिबेला नेपाली सर्वसाधारण जनताको हुर्मत काडिरहेका छन । सायद यो हुर्मत नभोग्ने आज कुनै घर बांकि नहोला ।
के नेपालका बैंक नेपाली उधमशिलता र नेपाली उत्पादकत्वको पक्षमा छन ? के नेपाल राष्ट्र बैंक भनिएको अरास्ट्रीय प्रतिफल दिने संस्थाले नेपालीउत्पादन , उत्पादकत्व र नेपाली उधमीहरुको हित हुनेगरी सोच्न सक्यो ? यस्ता प्रश्नहरु हम्रा अगाडि छन् । बिचरा ! यिनीहरुले सक्ने कुरापनी भएन । किनकी नेपाली सत्ता नै कमिसनखोर दलाल चरित्रको भएपछी बिचमा बसेर कमिसन खाने ढांचाको मौद्रिक निति तयगर्नु र सोहि अनुसार काम गर्नु राष्ट्र बैंकको धर्म हो ।
यिनी बैंकहरुले नेपाली उधमी र उत्पादकत्वलाई कहिलै पनि प्रश्रय दिने र सहयोग गर्ने काम गर्न सक्दैनन, जतिबेलासम्म यो दलाल पुंजिवादी सत्ता जिवीत नै रहन्छ ।
झापामा एकजना युवा उधमेलाई भारतबाट ल्याउने मेसिन किन्न बैंकले ४ करोड ऋण प्रवाह गर्यो । सुरु अवस्थामा कामको योजनालाई सम्पूर्ण रुपमा लगानी गर्ने सहमति गरेको बैंक जब उत्पादनको निम्ती उधमीलाई पैसा चाहिन्छ तब लगानी गर्न नसक्ने भन्दै पछाडि हट्नपुग्छ । राज्य आंफुले लिनुपर्ने राजश्व सबै लिन्छ, त्यसको गुणस्तर स्विकृती दिन्छ, तर उसलाई जब उत्पादन र बजारमा सहयोग गर्नुपर्ने समय आंउछ तब राज्यले त्यो उधमीलाइ चिन्दैन ।
बिदेशी लगानीका उधोग, मारवाडीहरुका ठुला ठुला लगानिका उधोग र उनिहरुको एकलौटी बजारमा कुनै नेपाली युवा उधमीबाट अलिकती मात्रै प्रभावित गर्ने कोशीस भयो भने ब्यापारको कुरो त परै जाओस, ज्यान बचाउन समेत मुश्किल रहेछ । राज्यको नीतिमा चलिरहेका बैंक सहितको सिण्डीकेटले नेपालली युवा उधमिहहरुको उधोग चौपट पारिदिने, कालो सुचिमा निकाल्ने, आतंकित पार्दै धितो जफत गर्ने काम गरिरहेका छन । अर्थात बैंक गुण्डा बनिरहेको छ ।
मिटरब्याजी टोले गुण्डाहरुको घिनलाग्दो मिटरले धेरैको जिवन उठिबास भएको छ । दर्जनौं परिवारको रुवाबासी र कारुणिक दृश्य सहितको उजुरि नेपाल कम्युनिष्ट पार्टीको कार्यलयमा आएका छन । २ लाख रिण लिएर सुरु भएको कारोबार त्यहि पैसा घुमाउंदै, जवरजस्ति चेक लिंदै, धम्काउंदै , प्रहरिकै आडभरोसामा ५० औं लाख असुलि गरेको दृष्टान्त पनि आंखै अगाडि आइरहेका छन ।
मान्छे माथि मान्छेले यति ठुलो अन्याय सायदै गर्न नसक्ला तर यि मिटरे र यिनिहरुलाई साहयता गर्नेहरु कसरि मान्छे हुन सक्छन र ? यि पशुवत व्यबहार गर्ने र तिनलाइ सहयोग गर्ने हरुलाइ न्याय र सच्चाइको पक्षमा उभिनेहरुले थुक्न सक्नुपर्दछ ।
जबर्जस्ती चेकमा हस्ताक्षर गराएर चेक लिने मिटरे गुण्डाको ठगीबाट पिंडित एउटा युवा प्रहरिको डिएसपीलाई भेट्न जान्छ । डिएसपी भन्छ तिमी नावालक केटाकेटी हौ र ? होइनौ भने किन चेक दियौ ? तिम्रो कमजोरी छ, हामी तिम्रो समस्या हेर्न मिल्दैन भनेर पन्छिन पुग्छ ।
यो कुरा कसरी सहि हुन सक्छ– जस्तासुकै घटना घटाउने अपराधीले के जबरजस्ती चेक लिन सक्दैनन ? यदी त्यसो भएर त्यो कुराले कसैको जीवन, घरपरिवारमा गम्भिर समस्याहरु आएका छन् भने त्यो अपराध हो कि होइन ? यदी अपराध हो भने प्रहरिले उजुरि लिएर अनुसन्धान गर्नुपर्छ कि पर्दैन ? प्रहरी यति सजिलै पन्छिन मिल्छ होला त ? के प्रहरी यिनै केही थान गुण्डाहरुको प्यादा भएको हो ? होइन भने प्रहरीले यस्ता गम्भिर अपराध माथि अनुसन्धान गर्नुपर्छ ।
यतिबेला हरेक जनता समस्याबाट ग्रस्त छ । प्रहरी, पालिका, दल, नेता, सिडिओ, अदालत सबै तिरका ढोका ढक्ढक्याएको जनताले कतैबाट न्याय प्राप्त गर्दैन । सबै तिरबाट निराश भएर जीवनको पारीभाषा खोजिरहेको जनताले आत्महत्या होइन जीवन नै रोज्ने रहेछ । त्यसैले जीवन अर्थात बिद्रोह , संघर्स रोजेर आज हाम्रो पार्टीको नेतृत्वमा संचालित जनसंघर्सहरुमा जनताको सहभागिता बढेको छ ।
जनताले गांउबाट लघुबित्तहरुलाई लखेटेका छन । बैंकहरुको चर्को ब्याजदर बिरुद्ध जनताले आन्दोलन गरिरहेका छन । मिटरब्याजीहरुलाई जनताले कारबाही गर्न थालेका छन । हामी यो राज्यलाई भन्न चाहन्छौं – जनता माथि जताततै भैरहेका यस्ता अत्याचार रोक्न, अपराधीलाई दण्डित गर्न र जनतालाई न्याय दिन सक्छौ कि सक्दैनौ ? यदि जनतालाई न्याय दिऔं भन्ने हो भने सहकार्य गरौं । जनताले आत्महत्या होइन जीवन रोजिसकेका छन – जीवन बिद्रोह हो , बिद्रोह शक्तिशाली हुन्छ । यदि जनतालाई न्याय नदिने हो भने बिद्रोही जनताको तातो आगोमा हरेक आवरणका गुण्डा जलेर खरानी हुनुपर्नेछ ।
यि सबै समस्याको मुख्य कारकतत्व दलाल पुंजिवादी सत्ता हो । यो सत्तामा पैदा भएको गम्भिर संकट पछि जनताले उठाउने वास्तविक मुद्धा र गर्ने बिद्रोहको बलियो संभावाना देखापरेको छ । त्यसैले आफ्नो सत्ता गुम्ने त्रासमा पश्चिमाहरु कांपिरहेका छन् । उनिहरु यो संकटलाईआफ्नो अनुकुलतामा बदलेर सत्ताको चाबि आफ्नै हातमा राख्न चाहान्छन ।
यसको निम्ति जनतालाइ केहि नंया दिए जस्तै गरेर कार्यकारी राष्ट्रपती, राजा वा यस्तै केहि एजेण्डा अगाडि सारेर प्रायोजित बिद्रोह हुंदै जनतालाइ हामिले नंया दियौं भन्दै आफ्ना सैन्य स्वार्थहरु नेपालमा अब लागु गर्न गइंदैछ । यदि हामिले यि षड्यन्त्रसंग जोडिएका सम्पुर्ण गतिबिधीलाई चिनेर यो दलाल पुंजिवादी सत्तालाइ खारेज गर्दै बैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानलाइ अगाडि बढाउन सकेनौं भने हामीले र हाम्रो आगामी भविस्यले भयावह अवस्थाको सामना गर्नु पर्ने छ ।
बित्तिय क्षेत्र समाजलाइ जीवन्त प्रभावित पार्ने श्रोत हो । यो क्षेत्रलाइ बेलगाम छाड्नु, बित्तिय अपराध उच्च हुनु, अरबौं नेपाली नोट बजारबाट एकाएक गायब पारिनु, बित्तिय गुण्डा राजलाइ राज्यले अंकमाल गरिरहनुले यो सत्तालाइ गुण्डा सत्ता पनि भन्न सकिन्छ ।
नेपाली जनताले यो गुण्डाराजलाइ खरानि नपार्ने हो भने न आंफु सुरक्षित हुन सक्छन न त यो देश नै । औलामा गन्न सकिने जनबिरोधी गुण्डा र दलाल सत्तालाइ ध्वस्त गर्ने एकिकृत जनक्रान्ति र यसका कार्यक्रमहरुमा सहभागि हुनु नै यतिबेला जनताको वास्तविक जिम्मेवारी हो । आउनुस यो महान आन्दोलनमा हातेमालो गरौं!