७ पुष २०८१, आईतवार

सत्यको बारेमा मार्क्सवादी सिद्धान्त

0

सत्यको वस्तुपरकता

द्वन्द्वात्मक भौतिकवादमा सत्य भन्नाले वस्तुसम्बन्धी त्यो ज्ञान बुझ्नुपर्दछ जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्दछ र जुन त्यसको अनुरूप हुन्छ । उदाहरणार्थ, “पिण्ड अणुहरूबाट बनेको हुन्छ”, “मान्छेभन्दा पहिले नै पृथ्वीको अस्तित्व थियो”, “जनता नै इतिहासको निर्माता हो” इत्यादि विज्ञानले सिद्ध गरेका निष्कर्षहरू सत्य छन् ।

कुन कुरामा सत्य आधारित हुन्छ ? मानव मस्तिष्कको उपज हुनाले सत्य मानिसमा नै आधारित हुन्छ अथवा वस्तुलाई प्रतिबिम्बित गर्ने हुनाले त्यो वस्तुमा आधारित छ ?
सत्य आत्मपरक हुन्छ अर्थात् सत्य मानिसमा आधारित हुन्छ किनभने मानिसले आफ्नो ज्ञानको सत्यता आफैँले निरूपण गर्दछ, यसको निम्ति उसले वास्तविक स्थितिलाई ध्यानमा राख्नुपर्ने आवश्यकता छैन भन्ने अध्यात्मवादीहरूको धारणा छ ।

अध्यात्मवादको विपरीत द्वन्द्वात्मक भौतिकवादले मानवजातिको युगौंको व्यवहार तथा विज्ञानका उपलब्धिहरूको आधारमा सत्य वस्तुपरक हुन्छ भन्ने पुष्टि गरेको छ । सत्यले वस्तुगत रूपमा अस्तित्वमा रहेको जगत्लाई नै प्रतिबिम्बित गर्दछ त्यसै कारणले सत्यको सार पनि मानव-चेतनामा निर्भर रहँदैन । लेनिनको शब्दमा वस्तुपरक सत्य भनेको हाम्रो ज्ञानको यस्तो सार हो जुन मानिसमा भर पर्दैन, मानवजातिमा भर पर्दैन । सत्यको सार तिनै वस्तुगत प्रक्रियाहरूले निरुपित गर्दछन् जसलाई त्यसले प्रतिबिम्बित गरेको हुन्छ ।

उदाहरणको निमित्त “पृथ्वी सुन्तलाजस्तै गोलो छ” भन्ने निष्कर्षलाई नै लिनोस् । यो निष्कर्ष सत्य छ, किनभने त्यो वास्तविकताको अनुरूप छ । तर के पृथ्वीको रूपमा मानिसको चेतनामा भर पर्दछ र ? कदापि होइन । मानिसभन्दा धेरै पहिलदेखि नै पृथ्वीको अस्तित्व थियो । त्यसको सुन्तलाजस्तो गोलाकार रूप प्रकृतिको स्वाभाविक शक्तिहरूको असरले गर्दा निरुपित भएको हो । जुनसुकै सत्यको छानबिनपछि हामी यस्तै किसिमको निष्कर्षमा पुग्दछौं ।

सापेक्षिक सत्यबाट निरपेक्षिक सत्यतिर

सत्यको वस्तुपरकतालाई स्वीकार गरेर द्वन्द्वात्मक भौतिकवादले ज्ञान प्राप्तिको एउटा अर्को महत्त्वपूर्ण प्रश्न पनि हल गरेको छ । कसरी मानिसले वस्तुपरक सत्यलाई बोध गर्दछ ? तुरुन्त, पूर्ण रूपमा, निरपवाद ढङ्गले, निरपेक्ष तवरले अथवा अलिअलि गर्दै, सापेक्षिक रूपमा मात्रै ? यो प्रश्न निरपेक्षिक तथा सापेक्षिक सत्यको सहसम्बन्धको प्रश्न हो ।

वास्तविकताको ज्ञानको अनुरूपताको स्तर त्यसमा मानवविवेकको प्रवेशको गहिराइ समान हुँदैन । निरपेक्षिक तथा सापेक्षिक सत्यको अन्तर यसैसित सम्बन्धित छ । कुनै ज्ञान पूर्णतः र निरपेक्ष रूपमा वास्तविकताको अनुरूप हुन्छ भने कुनै ज्ञान आंशिक रूपमा मात्र मिल्दछ । निरपेक्षिक सत्य नै पूर्ण मात्रामा वस्तुपरक सत्य हो जसले वास्तविकताको पूर्णतः सही प्रतिबिम्ब उतार्दछ ।

के निरपेक्षिक सत्यलाई पूर्ण मात्रमा बोध गर्न सकिन्छ ? सैद्धान्तिक रूपले यो कुरा सम्भव छ किनभने एकातिर, कुनै यस्तो वस्तुको अस्तित्व छैन जुन बोधगम्य नहोस्, अनि
अर्कोतिर, मानवविवेकको ज्ञान क्षमताको सीमा नै छैन ।
परन्तु निश्चित् ऐतिहासिक अवस्थाहरू, उत्पादनको विकास, विज्ञान तथा प्रयोगात्मक प्रविधिको निश्चित् स्तरले गर्दा प्रत्येक मानिस तथा प्रत्येक मानव पुस्ताको ज्ञान प्राप्तिको सम्भावना सीमित हुन जान्छ । यसैउसले ऐतिहासिक दृष्टिले प्रत्येक निश्चित् स्तरमा मानिसको ज्ञान सापेक्षिक हुन्छ ।

यसै कारणले गर्दा त्यसले अनिवार्यतः सापेक्षिक सत्यको चरित्र लिन्छ । वास्तविकताको ज्ञानको अपूर्ण अनुरूपता नै सापेक्षिक सत्य भनिन्छ । लेनिनले यस सत्यलाई मावनजातिबाट स्वतन्त्र रूपमा अस्तित्वमा रहेको वस्तुको सापेक्ष रूपमा सही प्रतिबिम्बको संज्ञा दिनुभएको थियो । आधारभूत र मुख्य कुराहरूमा वास्तविकताको अनुरूप हुने भएकोले भविष्यमा यस ज्ञानलाई व्यवहारमा खादै, सुधार्दै र गहन तुल्याउँदै लानु जरुरी हुन्छ ।

त्यसो भए निरपेक्षिक सत्य बोधगम्य छैन त ? कदापि यसो होइन । निरपेक्षिक सत्यलाई तुरुन्तै, पूर्ण रूपले बोध गर्न सकिन्न । त्यो केवल ज्ञानप्राप्तिको अनन्त प्रक्रियामा मात्र बोधगम्य हुन्छ । परन्तु विज्ञानको प्रत्येक नयाँ उपलब्धिको साथै मानिस निरपेक्षिक सत्यको बोधतर्फ नजिकिदै जान्छ । उसले त्यसका नयाँ-नयाँ तत्वहरू, पक्षहरू र श्रृङ्खलाहरूको बोध गर्दै जान्छ । सापेक्षिक सत्यहरूको बोध गर्दै मानिसले निरपेक्षिक सत्य पनि बुझ्दै जान्छ । यसैमा ज्ञानको प्रगति निहित छ ।

उदाहरणको निम्ति परमाणुको विषयमा आधुनिक सिद्धान्तलाई नै लिन सकिन्छ । आधारभूत रूपमा यो सिद्धान्त वास्तविकताको अनुरूप छ, तर पूर्ण रूपमा भन्ने हो भने त्यसले सापेक्षिक सत्यको मात्रै प्रतिनिधित्व गर्दछ । किनभने अझै पनि हामीले परमाणुबारे अन्त्यसम्म सब कुरा थाहा पाइसकेका छौं भन्न सक्दैनौं । परमाणु कति रहस्यमय छ भने त्यसका सबै रहस्यहरूको उद्घाटन गर्न अझै वैज्ञानिकहरूको कैयौं पुस्ताहरूले काम गर्नुपर्नेछ । विज्ञानले परमाणुको निर्माण गर्ने “प्राथमिक” तत्वहरूको संरचना ( आन्तरिक रचना) तिनको परिवर्तनशीलता र रूपान्तरणका कारणहरूसम्बन्धी जटिलतम प्रश्न र अन्य कतिपय समस्यहरूको निराकरण गर्नु बाँकी नै छ ।

यद्यपि परमाणुसम्बन्धी सिद्धान्तमा निरपेक्षिक सत्य अर्थात् पूर्ण एवम् सही ज्ञानको बीज मौजुद छ । अणुको अस्तित्व, त्यसभित्र आफूमा ऊर्जाशक्तिको ठूलो भण्डार धारण गर्ने परमाणुनाभिको विद्यमानता, अनगिन्ती गतिशील र परिवर्तनशील तत्वहरूको अस्तित्वको तथ्य, अनि अणुको सम्बन्धमा अन्य ज्ञानहरू निरपेक्ष तथा शाश्वत हुन् ।
सापेक्षिक सत्यमा पनि निरपेक्षिक सत्यको बीज अनिवार्य रूपमा हुँदो रहेछ । मानिसको ज्ञान निरपेक्ष पनि हुन्छ र सापेक्ष पनि । मानव ज्ञान सापेक्ष किन हुन्छ भने त्यो नै त्यसले वास्तविकताका नयाँ-नयाँ पक्षहरूको उद्घाटन गर्दै रहन्छ । मानव ज्ञान किन अन्तिम ज्ञान होइन अर्थात् त्यो अनवरत रूपले विकसित हुँदै जान्छ, गहिरिंदै जान्छ र निरपेक्ष हुन्छ भने त्यसमा शाश्वत र निरपेक्षतः अचूक ज्ञानका तत्वहरू समाहित हुन्छन् ।

मानिसले वास्तविकताका विभिन्न पक्षहरूसित सम्बन्धित थुप्रै ज्ञान प्राप्त गरिसकेको छ । यस ज्ञानको चरित्र शाश्वत वा निरपेक्षिक हुन्छ । “पदार्थ प्रथमोत्पन्न हो र चेतना द्वितीयोत्पन्न हो”, “चेतना मस्तिष्कको स्वभाव हो” इत्यादि मार्क्सवादी दर्शनका अवधारणाहरू,ऊर्जाको संरक्षण तथा रूपान्तरणसम्बन्धी नियम तथा प्रकृति र समाजसम्बन्धी अन्य कतिपय नियमहरू तथा विज्ञानका निष्कर्षहरू यस्तै ज्ञानका उदाहरणहरू हुन् । मार्क्सवादी- लेनिनवादी सिद्धान्तका आधारभूत अवर्धराणाहरू पनि निरपेक्षिक सत्य हुन् । व्यहवारद्वारा तिनको सत्यताको पुष्टि भएको छ । यो सिद्धान्त निरन्तर विकसित हुँदै रहन्छ तापनि यसका मूल विचारहरूको खण्डन गर्न स्किंदैन ।

लेनिनले लेख्नुभएको छ- “यसरी मानव चिन्तनले आफ्नो स्वभावअनुसार मै हामीलाई निरपेक्षिक सत्य बताउन सक्दछ र बताइरहेको पनि छ । यो सत्य सापेक्षिक सत्यहरूको समुच्चयको आधारमा प्राप्त गरिन्छ । विज्ञानको विकासको प्रत्येक चरणले निरपेक्षिक सत्यको यस समुच्चयमा नयाँ तथ्य थप्दै जान्छ । परन्तु प्रत्येक वैज्ञानिक अवधारणाको सत्यको सीमा सापेक्षिक हुन्छ अर्थात् त्यो सीमालाई ज्ञानको भावी वृद्धिले कहिले विस्तार पार्दछ भने कहिले सङ्गीर्ण तुल्याउँछ ।”

प्रकृतिमा थुप्रै रहस्यहरूको उद्घाटन गर्ने मानवबुद्धिले अझ धेरै रहस्यहरू पत्ता लगाउनेछ र यसरी उसले प्रकृतिमाथि आफ्नो आधिपत्य बढाउनेछ भन्ने कुरा सत्तरी वर्ष अघि नै महान् लेनिनले भविष्यवाणी गर्नुभएको थियो । सोभियत विज्ञान लगायत आधुनिक विज्ञानका उपलब्धिहरू लेनिनका यी अचूक भविष्यवाणीहरूको कति ज्वलन्त पुष्टि बनेका छन् त !

आज मानिसले अणुका आन्तरिक गहिराइहरूसमेत खोतलिसकेको छ र यसका शक्तिशाली, साँच्चै भन्ने हो भने, असीम शक्तिहरूलाई वशमा पारेको छ र आफ्नो सेवामा लगाएको छ । विजीत अणुको शक्तिले विद्युतकेन्द्रका संयन्त्रणहरूलाई चलाउँछ, आणविक जहाजका पंखहरूलाई घुमाउँदछ, रोगहरूको उपचार गर्न मद्दत पुऱ्याउँछ र अन्य कतिपय उपयोगी कामहरू पूरा गर्दछ ।

मान्छेले विस्तारै-विस्तारै ब्रह्माण्डको असीम क्षेत्रमाथि आफ्नो आधिपत्य प्राप्त गर्दैछ । मानव विवेक पदार्थको गहिराइसम्म मात्र पुगेको होइन यसले पदार्थको व्यापक अनुसंन्धान गरेको छ र अन्तरिक्षमण्डलका नयाँ-नयाँ रहस्यहरू पत्ता लगाउँदैछ । अझ केही सय पहिले मात्रै अन्तरिक्षमण्डल भनेकी भ्याकुम मात्र हो जहाँ सुदूरवर्ती ताराहरूको मधुरो प्रकाश मात्र पुग्दछ र जहाँ विरल उल्काहरूलेमात्र बराबर प्रवेश गर्दछन् भन्ने धारणा कायम थियो ।

तर अहिले आएर मानवजातिले कृत्रिम भू-उपग्रहहहरूको माध्यमबाट थाहा पाएको छ पृथ्वी त विद्युतशक्तियुक्त तत्वहरूका क्षेत्रहरूले यो घेरिएको रहेछ । त्यस्तै गरी वायुमण्डालका माथिल्ला तहहरूबारे, तिनको संरचना र घनत्वबारे, अन्तरिक्ष विकिरण र सूक्षम उल्काहरू अर्थात् ब्रह्माण्ड द्रव्यका सूक्ष्मतम तत्वहरूबारे थुप्रै तथ्यहरू पत्ता लागेका छन् ।

मानवजातिले अन्तरिक्षमाथि विजय प्राप्त गर्ने आफ्नो युगौंदेखिको सपनालाई साकार तुल्याउँदैछ । चन्द्रमा, सौर्यमण्डलका ग्रहहरू (मङ्गल तथा शुक्र) र यी ग्रहहरू वरिपरिको क्षेत्रको अध्ययन हुँदैछ । आन्तरिकको अनुसन्धानले ज्ञानको असीम भण्डारमा असीमित तथ्यहरू थपिरहेको छ र भविष्यमा अझ बढी मत्रामा यो भण्डार भरिंदै जानेछ । यो ज्ञान निरपेक्षिक सत्यको आधार हो ।

सत्यको मूर्तता

ज्ञान प्राप्तिको प्रक्रियामा पत्ता लाग्ने सत्य सदैव नै वास्तविकताका निश्चित् क्षेत्रहरूसित सम्बन्धित हुन्छ जुन वास्तविकता पनि त्यत्तिकै निश्चित् अवस्थाहरूमा विकसित हुँदै रहन्छ भन्ने द्वन्द्वात्मक भौतिकवादको धारणा छ । सत्य भावनात्मक हुँदैन । सत्य जहिले पनि मूर्त नै हुन्छ । उदाहरणार्थ भनौं- के शास्त्रीय यन्त्रविद्या सत्य हो ? वास्तविकताका निश्चित् क्षेत्रहरूमा मात्र त्यो सत्य हो ।

त्यसले स्थूल पिण्डहरूको गतिको सही प्रतिबिम्बित उतार्दछ । परन्तु सूक्ष्म जगत्‌को क्षेत्रमा त्यसको सत्यता रहँदैन । त्यहाँ नयाँ, क्वान्टम यन्त्रविद्या सत्य हो । अर्को जुनसुकै सत्य पनि यस्तै हुन्छ अर्थात् कुनै एक निश्चित् घटनाहरूको सही प्रतिबिम्ब दिंदैमा त्यो सत्यले अरू कुराको पनि सही नै प्रतिबिम्ब दिनुपर्दछ भन्ने केही जरुरी छैन ।

फेरि एउटै प्रक्रियाको निमित्त पनि सत्य सदासर्वदाको लागि शाश्वत तथा नित्य हुन सक्दैन । स्वयम् त्यो प्रक्रिया विकसित हुँदै रहन्छ र जुन अवस्थामा त्यो प्रक्रिया सम्पन्न हुन्छ । त्यो पनि बदलिइरहन्छ । स्वभावतः त्यसको प्रतिबिम्ब उतार्ने सत्य पनि परिवर्तनशील हुन्छ । कुनै अवस्थामा जुन कुरा सत्य थियो त्यो अर्को, परिवर्तित अवस्थामा असत्य हुन सक्दछ ।

वर्तमान स्थितिमा विश्वशान्ति, प्रजातन्त्र, राष्ट्रिय मुक्ति तथा समाजवादको निम्ति जनताहरूको संघर्षको सफलताको लागि सत्यको मूर्ततासम्बन्धी सिद्धान्तको विशेष महत्त्व रहन जान्छ । यस सिद्धान्तले सबभन्दा पहिले त वर्तमान युगको चरित्रको सही समझदारीको माग गर्दछ ।

पूँजीवादबाट समाजवादतिर संक्रमण नै हाम्रो युगको मुख्य सार हो जुन बेला विश्व समाजवादी प्रणाली मानवजातीको विकासको निर्णायक तत्वमा परिणत भइरहेको छ । यस युगमा यिनै आधारभूत विशेषताहरूलाई ध्यानमा राखेर मार्क्सवादी पार्टीहरूले वर्तमान समयका मूल प्रश्नहरूलाई अर्थात् पूँजीवादको विरुद्ध, समाजवादको निमित्त संघर्षका सम्भावनाहरू, बाटोहरू र साधनहरूसम्बन्धी, युद्ध र शान्तिसम्बन्धी आदि प्रश्नहरूलाई हल गर्दछन् ।
युद्ध र शान्तिको प्रश्नजस्तो वर्तमान युगको महत्त्वपूर्ण प्रश्नलाई नै लिनोस् ।

सर्वविदितै छ, लेनिनले साम्राज्यवादको प्रतिक्रियावादी सारत्वको विश्लेषण गर्दै साम्राज्यवादी व्यवस्थामा युद्ध अवश्यम्भावी हुन्छ भन्ने निष्कर्ष निकाल्नु भएको थियो । साम्राज्यवादीहरूले भूमण्डलमा एकाधिपत्य जमाएका छन्, पृथ्वीलाई आपसमा भागबण्डा लगाएका छन् । विश्वको पुनर्विभावजनको लागि भीषण संघर्ष गर्दैछन् भन्ने कुराको आधारमा यस्तो निष्कर्ष निकाल्नु भएको थियो । लेनिनको जीवनकालमा विश्व समाजवादी प्रणालीको निर्माण भइसकेको थिएन ।

तर अझ त्यसबेला नै उहाँले महान् दूरदर्शितापूर्वक भविष्यवाणी गरिसक्नु भएको थियो, मानवजातिको समक्ष अवश्यम्भावी रूपमा यस्तो लक्ष्य खडा हुनेछ जसअन्तर्गत सर्वहारा अधिनायकवादले राष्ट्रिय सीमा नाघेर अन्तर्राष्ट्रिय रूप लिनेछ अर्थात् एउटा मात्र देशमा विद्यमान रहेको सर्वहारा अधिनायकवाद कम्ती पनि केही प्रगतिशील देशहरूमा कायम हुनेछ र यसले सम्पूर्ण विश्व राजनीतिमा नै निर्णायक प्रभाव पार्न सक्नेछ । लेनिनले युद्धको प्रश्नमा द्वन्द्वात्मक धारणा राख्ने अर्थात् निश्चित् ऐतिहासिक वातावरण र अन्तर्राष्ट्रिय स्तरमा शक्तिसन्तुलनमा हुने परिवर्तनको विशेष रूपले ज्याल राख्ने माग गर्नु भएको थियो।

हाल अन्तरास्ट्रिय शक्ति सन्तुलनमा बिश्वशान्ति तथा समाजवादको हितानुकुल आमूल परिवर्तन आएको छ । विश्व समाजवादी प्रणाली कायम हुन गएको छ र त्यसले द्रुत गनुभएको थियो । हाल अन्तर्राष्ट्रिय शक्तिसन्तुलनमा विश्वशान्ति तथा समाजवादको हितानुकूल गतिले विकास पनि गरिरहेको छ । विश्वशान्तिको निमित्त जनसमुदायहरूको आन्दोलन निकै व्यापक भएको छ जसको नेतृत्व आक्रमणकारी युद्धहरूको सबभन्दा कट्टर शत्रुको रूपमा रहेको मजदूरवर्गले गरिरहेको छ । शान्तिकामी गैरसमाजवादी राष्ट्रहरूको संख्या पनि बढिरहेको छ ।

यिनै सब कुराको आधारमा सोभियत कम्युनिष्ट पार्टी तथा अन्य मार्क्सवादी पाटीहरू वर्तमान समयमा विश्वयुद्धको अनिवार्य सम्भाव्यतालाई अस्वीकार गर्दछन् र विश्वयुद्धको सम्भाव्यता रोक्न आवश्यक अवस्थामा मौजुद छ भन्ने निष्कर्षमा पुगेका छन् ।

जडसूत्रवादीहरू र सम्प्रदायवादीहरू युद्ध र शान्तिको प्रश्नमा यस्तो रचनात्मक र वास्तविक मार्क्सवादी समाधानको विरोध गर्न खोज्दछन् । उनीहरू बदलिएको अवस्थालाई वास्ता गर्न चाहँदैनन् र पुराना भइसकेका निष्कर्ष तथा धारणाहरूमा नै टाँसिएर बस्दछन् । प्रत्यक्ष वास्तविकताबाट टाढिदै गएका हुनाले अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ शक्तिसन्तुलनलाई देख्न नचाहेर उनीहरू हाम्रो जमानामा पनि युद्ध अवश्यम्भावी छ भन्ने घोषणा गर्दछन् ।

नयाँ विश्वयुद्धको निराकरणको सम्भावनालाई अस्वीकार गर्दै जडसूत्रवादीहले श्रमिकहरूमाथि निराशाको भावना जगाउँछन् । आणविक युद्धको सर्वसंहारकारी शक्तिले सारा कुरा अवश्यमेव नष्ट नगरी छोड्दैन भने नयाँ जीवको सिर्जना तथा निर्माण गर्ने आवश्यकता नै किन पर्यो र ?

विश्वयुद्धको अनिवार्य अवश्यम्भावित छैन भन्ने कुराको पुष्टि गर्नुको अर्थ अहिले युद्ध छिड्ने हरेक किसिमको सम्भावना नामेट भइसकेको छ भन्ने कदापि होइन । साम्राज्यवाद विश्वशान्ति र सामाजिक प्रगतिको कार्यमा स्थायी खतराको स्रोतको रूपमा कायमै रहेको छ । यसैले गर्दा सामरिक खतराको विरुद्ध जनताहरूको संघर्ष सक्रिय तुल्याउनु र सबै शान्तिकामी शक्तिहरूको एकता दरिलो पार्नु अत्यावश्यक हुन गएको छ ।

जडसूत्रवाद र सम्प्रदायवादको आलोचना गर्दै मार्क्सवादी-लेनिनवादी पार्टीहरूले आफ्नो सम्पूर्ण बहुमुखी क्रियाकलापमा अनवरत रूपले वास्तविकताप्रति निश्चित् ऐतिहासिक दृष्टिकोण राख्ने सिद्धान्त लिंदै आएका छन् ।

आफ्नो परराष्ट्र तथा आन्तरिक नीतिमा सोभियत कम्युनिष्ट पार्टीले निश्चित् ऐतिहासिक अवस्थाहरू, बदलिंदो वस्तुगत सम्भावनाहरू, अर्थतन्त्र तथा सामाजिक जीवनका अन्य क्षेत्रहरूको विकासमा प्राप्त हुन गएको स्तरलाई निरन्तर ध्यानमा राख्ने प्रयास गर्दछ ।

निश्चित् ऐतिहासिक अवस्थाहरूमाथि ध्यान दिँदै नै पार्टील महत्त्वपूर्ण कार्यहरू सुसम्पन्न गर्दै आएको छ । यसको फलस्वरूप सोभियत संघमा समाजवादको विजय भएको छ । (नयाँ आर्थिक नीतिको कार्यान्वयन, औद्योगीकरण इत्यादि) । आन्तरिक अवस्था र अन्तर्राष्ट्रिय स्थितिलाई ध्यानमा राखेर नै साम्यवादी निर्माणका योजनाहरू बनाइन्छन् र तिनको कार्यान्वयन गरिन्छ ।

व्यवहार नै सत्यको कसौटी

सत्यको कसी पत्ता लगाउनु भनेको मानिसबाट स्वतन्त्र रहेको त्यो वस्तुगत आधार लगाउनु हो जसले सत्यको उद्घाटन गर्ने र मिथ्याबाट वास्तविक ज्ञानलाई छुट्याउने
सम्भावना दिन्छ ।

व्यवहार नै सत्यको यस्तो एक मात्र कसौटी हो । कुनै पनि विचार वा वैज्ञानिक सिद्धान्तको सत्यताबारे जति पनि विवाद गर्न सकिन्छ । तर व्यवहारले अर्थात् उत्पादन, राजनीतिक जीवन, वैज्ञानिक प्रयोग मात्र यस विवादको अन्तिम फैसला गर्न सक्दछ । मार्क्सले लेख्नुभएको थियो- “मानवचिन्तनले वस्तुगत सत्यताको अभिव्यक्ति गर्छ कि गर्दैन भन्ने प्रश्न सैद्धान्तिक प्रश्न होइन, यो त व्यवहारिक प्रश्न हो । व्यवहारमा नै मानिसले सत्यता अर्थात् आफ्नो चिन्तनको इहलौकिकता, वास्तविकता र क्षमता प्रमाणित गर्नुपर्दछ ।”.

विभिन्न किसिमका अध्यात्मवादीहरू द्वन्द्वात्मक भौतिकवादको यस महत्त्वपूर्ण निष्कर्षमित सहमत छैनन् । उनीहरू ज्ञान प्राप्तिमा व्यवहारको महत्त्वलाई नकार्दछन् र स्वयम् मनुष्य तथा उसको चिन्तन नै सत्यको कसी हो भन्ने ठान्दछन् । उदाहरणार्थ, उपयोगितावादीहरू अर्थात् संयुक्त राज्य अमेरिकामा ज्यादै नै प्रचलित आधुनीक अध्यात्मवादी दर्शनको एउटा धाराका प्रतिनिधिहरूको भनाइअनुसार सत्य त्यही हो जुन उपयोगी छ जसले हित गर्दछ । सत्यको यस्तो समझदारीले गर्दा उपयोगिावादीहरू आधुनीक पूँजीवादको प्रतिक्रियावादी व्यवहारलाई समेत न्यायसङ्गत भनी पुष्टि गर्न पुग्दछन् ।

मजदूहरूको शोषण, साम्राज्यवादी युद्धहरू, अविकसित मुलकुहरूको लूट इत्यादिले पूँजीजीवीहरूको दृष्टिकोणअनुसार सत्य र स्वाभाविक नै हुन्छन् ।

तर वास्तविक जीवनमा चाहिं उपयोगिताले सत्यको कसीको रूपमा काम गर्न सक्दैन । यसको उल्टो, सही ज्ञानले मात्रै मानवजातिको हित गर्न सक्दछ । आफ्नो व्यवहारिक कार्यमा मानिस केवल सत्य वा सही ज्ञानमा मात्र निर्भर रहन सक्दछ । मात्र सत्यले मानिसलाई उसले खोजेको परिणाम दिन सक्दछ । तसर्थ, मानिसले प्राप्त ज्ञानको आधारमा आफ्नो व्यावहारिक क्रियाकलापको प्रक्रियामा आफूले राखेको लक्ष्य प्राप्त गर्दछ अर्थात् आफूले आशा गरेको परिणाम पाउँछ भने उसको ज्ञान पनि वास्तविकताको अनुरूप हुन्छ अर्थात् उसको ज्ञान सत्य हुन्छ ।

एउटा उदाहरण प्रस्तुत गर्दछौं । ५० वर्षभन्दा अघि प्रतिभावान् रुसी वैज्ञानिक कन्स्तान्तिन चिओल्कोभ्स्कीले संसारमा पहिलो पल्ट रकेटयानको वैज्ञानिक सिद्धान्तको आविष्कार गरेका थिए । उनले अन्य आकाशीय पिण्डहरूमा उडान गर्नको लागि रकेटको प्रयोगको सम्भावनाबारो त्यस बेलाको निम्ति ज्यादै नै साहसपूर्ण र कोरा कल्पनाजस्तो लाग्ने विचार व्यक्त गरेका थिए । आधा शताब्दीभन्दा पहिले नै चिओल्कोभ्स्कीले बडो उत्साहपूर्वक लेखेका थिए, “मान्छेले चन्द्रमांबाट ढुङ्गा ल्याउनेछ” ।

चिओल्कोभ्स्कीको प्रतिभाशाली विचारहरूलाई जीवनेसा साकार तुल्याउन ठूलो शक्ति र श्रम लगाउनुपर्यो । सोभियत कस्मोड्रमबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको पृथ्वीको पहिलो कृत्रिम उपग्रह, यूरी गागारिनको विश्वमा पहिलो अन्तरिक्ष उडान, सोभियत तथा अमेरिकी अन्तरिक्ष स्टेशन र अन्तरिक्षयानहरूका उडानहरूको आधारमा नै सन् १९६९ को जुलाइ २० तारिखका दिन मानवचालित पहिलो अन्तरिक्षयानले चन्द्रमामा अवतरण गरेको थियो ।

चन्द्रचट्टानको पहिलो पल्ट परीक्षण गरे । यसरी कुनै समयमा काल्पनिक प्रतीतको त्यसको केही घन्टापछि आर्मस्ट्रङ्ग तथा ओल्डरिनले चन्द्रमाको धरातलमा पदार्पण गरेर
चिओल्कोभ्स्कीको विचारलाई व्यावहारिक रूपमा पुष्टि गरियो ।सामाजिक सिद्धान्तहरू र विचाहरू पनि व्यवहारमा, वर्गहरूका क्रान्तिकारी संघर्षमा, राज्यहरू तथा विभिन्न पार्टीहरूको राजनीतिक क्रियाकलापमा विश्वशान्ति र प्रगतिको लागि जनताहरूको संघर्षमा जाँचिन्छन् ।

स्वयम् जीवनले, अन्तर्राष्ट्रिय मजदूर तथा साम्यवादी आन्दोलनको व्यवहारले राष्ट्रिय तथा सामाजिक स्वतन्त्रताको लागि उत्पीडित जनताहरूको प्रतिसाम्राज्यवादी संघर्षले मार्क्सवादी-लेनिनवादी सिद्धान्तको सत्यताको जोडदार रूपम्रा पुष्टि गरेको छ । पूँजीवादबाट साम्यवादीतिर मानवजातिको अजेय अभियान नै मार्क्सवाद-लेनिनवादको सर्वविजयी सिद्धान्तको ठूलो जीवनदायी शक्ति तथा महान् सत्यको निर्विवाद प्रमाण हो ।

( भिक्टर आफानास्येभ :दर्शनशास्त्रको प्रारम्भिक ज्ञान )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।