१६ बैशाख २०८१, आईतवार

दैलेखमा समाजवादी मोर्चा नेपाल गठन

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टी सहित तीन वटा पार्टीको सहभागितामा दैलेखमा समाजवादी मोर्चाको गठन भएको छ ।

तीन पार्टीका नेताहरुको सहभागितामा समाजवादी मोर्चा नेपालको गठन भएको हो । मोर्चामा नेकपा,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सहभागी भएका छन ।

दैलेखमा जनता समाजवादी पार्टीको संगठन नभएकाले तीनवटा पार्टीका नेताहरुको सहभागितामा मोर्चा गठन भएको हो ।

नेकपा माअ‍ोवादी केन्द्रका केन्द्रीय सदस्य टेक बहादुर खाणको अध्यक्षतमा बुधवार दैलेख बजारमा बसेको बैठकले नेकपा एकीकृत समाजवादीका नेता जंग बहादुर शाहीको संयोजकत्वमा ६ सदस्सीय समाजवादी मोर्चा गठन गरिएको बताईएको छ ।

मोर्चामा सदस्यको रुपमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट कलम सी,विश्व सी, नेकपा माओवादी केन्द्रको तर्फबाट गोपाल कृष्ण रिजाल,भेष बहादुर थापा र नेकपा एकीकृत समाजवादीको तर्फबाट संयोजक जंग बहादुर शाही र सदस्य मायाराम अधिकारी रहेका छन ।

बैठकले समाजवादी मोर्चाको सन्देश सभा जिल्लामा छिट्टै गर्ने निर्णय पनि गरेको छ । देशमा वर्तमान संसदीय व्यवस्था असफल हुदै गएको निश्कर्ष निकाल्दै चार दलले नेपालमा नेपाली विशेषताको समाजवादमा जानको लागि केन्द्रीय स्तरबाटै समाजवादी मोर्चाको गठन गरेका छन ।
मोर्चाको जिल्ला स्तरमा संगठन विस्तार गर्ने क्रममा दैलेखमा मोर्चाको संगठन निर्माण भएको नेकपाका नेता कलम सीले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।