३ जेष्ठ २०८१, बिहीबार

युवा संगठन नेपाल द्वारा झापामा सरसफाई 

0

झापा। युवा संगठन नेपालले आज देशव्यापी कार्यक्रम अन्तर्गत झापामा सरसफाई कार्यक्रम गरेको छ।झापाको गौरादह स्थित जनता माध्यमिक विद्यालयमा सरसफाई गरिएको हो।

युवा संगठन नेपालको छैटौं पूर्ण बैठकबाट निर्णय गरि देशका सबै जिल्लाहरुमा सरसफाई गर्ने योजना अन्तर्गत आज झापाको गौरादह स्थित जनता मा.बि मा सरसफाई कार्यक्रम सम्पन्न भएको युवा संगठन नेपाल,झापाका अध्यक्ष सबिन सीले जानकारी दिए ।

देशभरी रहेका सरकारी संस्थानहरु अस्तव्यस्त भएकोले राज्यलाई सरसफाई गरेर ध्यानाकर्षण गर्न र सरकारी संस्थान भित्रको वातावरणलाई सरसफाई युक्त बनाइ व्यवस्थित बनाउनको निम्ति दबाबमुलक कार्यक्रमको आयोजना गरिएको सो संगठनले बताएको छ ।

जनता माबी गौरादहमा आयोजना गरेको सरसफाई कार्यक्रममा पार्टीका जिल्ला सदस्य तथा गौरादह नगरपालिका इन्चार्ज बिज्ञान सी,युवा संगठन नेपालको झापा इन्चार्ज पुकार सी लगायत पार्टी र युवा संगठनका गरि करिब ५० नेता कार्यकर्ताको सहभागिता रहेको युवा संगठन नेपालका जिल्ला अध्यक्ष सबिन सीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।