३ बैशाख २०८१, सोमबार

बृहत समाजवादी मोर्चा र वाम ध्रुवीकरणको प्रश्न

0

 

भुमिका 
यतिबेला सर्बत्र चासोको बिषय बनेक‍ो छ ।  समाजवादी मोर्चा र बाम धुर्वीकरणको  बिषय । जो ऐतिहासिक आवश्यकता पनि बर्तमान बस्तुस्थितिको माग दुबै कोणबाट हेर्दा, नाप्दा र जाँच्दा  आबश्यक छ । विश्व भुमण्डलीकृत पूँजीवादका सम्पूर्ण गतिबिधि र स्टाटेजीलाई अध्ययन गर्ने हो भने सार र रुप दुबै कोणबाट साम्राज्यवाद निकृष्ट ढंगले उत्पीडित र श्रमिक जनताका बिरुद्धमा छ । दक्षिण एशिया आफ्नै रणनीतिबाट अगाडि बढिरहेको छ ।  जहाँ छिमेकीको नाताको त्यान्द्रोमा सिमित छ । गतिबिधि पूर्ण शोषणकारी हस्तक्षेपकारी नै देखिन्छ भने  दलाल पूँजीवादले  आफ्नै खालको जनबिरोधी  चरित्र  प्रदर्शन गरिरहेको छ ।

एकातिर कम्युनिष्ट जनमतलाई कम्युनिष्ट  आस्था र विचारबाट विमूख पार्न न्वारन देखिको बल लगाएको छ भने अर्कोतिर विश्वलाई साम्राज्यवादी पूँजीको नियन्त्रणमा विजय  प्राप्त  गर्ने दाउमा भुमण्डलीकृत पूँजीवाद अगाडि आएको छ ।   जनतालाई भने दैनिकी टार्न निकै ठूलो  सास्ति भैरहेको छ  । दलाल पूँजीवादको लुटको मस्ती जनताको जीवनमा सास्तीको जो अबस्था देखिएको छ ।  यस बिषयमा  ईमान्दार कम्युनिस्ट नै जिम्मेवार बन्ने हो र जिम्मेवार पूर्ण ढंगले सोच्नु पर्छ  । बिगत इतिहास हेरौं भने देश र जनताप्रति बढी जिम्मेवार भएर कम्युनिष्ट पार्टी र नेता बाहेक कसले जनताको  हितमा काम गरेको छ ? सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक  रुपमा परिबर्तन हालको अबस्थामा जे जति भएको छ यसमा कम्युनिस्ट पार्टी र यसको नेतृत्व, कार्यकर्ता र समर्थक जनता  परिबर्तनको आन्दोलनमा  भएको छ  र कम्युनिष्ट पार्टीको अपिलमा बलिदान गर्ने   महान सहिदहरुको रगतको मुल्य बाहेक केही छैन ।  भएपनि नगन्य मात्रामा नै छ ।   यो कुरा बिश्वका भुमण्डलीकृत पूँजीवादीहरुले बुझेका छन र यो इतिहास मेटाउन विभिन्न आक्रमणहरु कम्युनिस्ट आन्दोलन, पार्टी र नेतृत्व माथि गरिरहेका छन ।

 यो कुरा एकीकृत जनक्रान्तिको  नयाँ अन्बेषणले पुष्टि गरेको कुरा हो र त्यसको सिकार कम्युनिस्ट पार्टीहरुको भोगाईको घोतक हो । समाजवादी मोर्चाको  बहस  र  अभ्यासको चर्चा  भनेको विचार र  सिद्धान्त  मिल्नेहरुसंगको पार्टी एकता र ध्रुवीकरणको कुरा पनि नयाँ बहसको बिषय पक्कै पनि भएको छ । जुन अत्यन्तै आबश्यक छ । यो लेखमा यही बिषयमा  उल्लेख गर्ने प्रयास गरिएको छ ।

 बृहत समाजवादी मोर्चाको प्रश्नबारे

 मानव जातिको उत्पत्ति देखि हाल सम्म प्रयोगमा आएका वा ल्याईएका ब्यबस्था मध्य  सबैभन्दा उत्कृष्ट ब्यबस्था भनेको समाजवादी ब्यबस्था नै हो ।  यो निर्बिबाद कुरा हो र सबैले स्पस्ट बुझेको कुरा हो ।  यो भन्दा अगाडि पनि बढ्न सकिन्छ । कुनै बेला समाजवादको पनि बिकल्प खोजिनेछ र  यसपछिको अन्बेषणले खोज्नु नै पर्छ  किन कि मानव जाति एकचोटी साम्यवादमा पुगेरै छोड्छ ।  यति त ठोकुवानै  गर्न सकिन्छ । तर हालको परिबेशमा दलाल पूँजीवादले जसरी जनतालाई मर्नु  न बाँच्नु को दोसादमा ल्याई पु–याएको छ ।

यसको बिकल्प नखोज्ने हो भने नेपाल  एकातिर विश्व भुमण्डलीकृत पूँजीवादको  क्रिडास्थल  र दलाल पूँजीवादको नाङ्गो नाँच नाँच्ने आगनमा परिणत हुने छ र नेपाली जनता यसको दास भएर बस्नु पर्ने छ  ।  विश्व भुमण्डलीकृत पूँजीवाद कम्युनिष्ट सिद्धान्त सिध्याउन एक ढिक्का  भएर मुभ भैरहेको बेला समाजवाद चाहाने शक्तिहरु अलग अलग झुण्डमा बाँधिने हो भने भुमण्डलीकृत पूँजीवाद वा दलाल संसदीय पुँजीवाद स्वत:  जित्ने  कुरा सामान्य नागरिकले सम्म बुझेका छन ।

 आफुलाई समाजवादी भन्न रुचाउनेले  यो कुरा बुझ्ने होईन  र  सिद्धान्तको रटान मात्रै गर्ने वा जनताबाट एक्लिदै  जाने र पूँजीवादले भित्रिमनले चाहेको कुरा सजिलै पूरा गरिदिने माध्याम कम्युनिस्ट नै हुने कुरा पक्का पक्कि देखिन्छ ।  पार्टीको आदर्श, सिद्धान्त  कार्यनीति वा रणनीतिमा मात्र  समाजवाद होईन, पार्टी नाम समेत समाजवाद राखेका त दर्जनौ पार्टीहरु नेपालमा बिद्यमान छन   ।  के पार्टी को नाम र सिद्धान्त बिधानमा दस्तावेजमा उल्लेख मात्र गर्ने बिषय हो ? वा प्रयोगमा ल्याउने बिषय हो ? यो कुरा गहिरो संग किन नबुझ्ने ? बिधानमा दस्तावेजमा  र पार्टीको नाम समाजवाद राख्ने  तर अभ्यास चाहिँ   संसदवादको गर्ने अनि साम्राज्यवादी भुमण्डलीकृत दलाल पूँजीवाद सफल नभएर को हुन्छ ?  जुन ब्यबस्थाको परिकल्पना गरेका छौ ।   बाटो पनि त्यहा पुग्ने पहिल्याउने गरौ । अनिमात्र पो समाजवादी भईन्छ होला वा ल्याईन्छ होला  नि होईन र !

जहाँ सम्म हिजो आज समाजवादी मोर्चा गठन को प्रायास को  बढी चर्चा भैरहेको छ । यसबिषयमा  पनि  विभिन्न टिका टिप्पणीहरु हुने गरेको पाईन्छ । पहिलो कुरा त यो बिषयले दलाल पूँजीवादीहरुमा आतंक छाएको देखिन्छ र यो सफल नहोस भन्ने चाहान्छ । दोस्रो कुरा समाजवादको सुगा रटाई गर्ने बिसर्जनवादी  कम्युनिष्ट  जो सिद्धान्तबाट एक ईन्च दायाँ बायाँ नगर्ने तर लेख लेखेर अर्कालाई सत्तोसराप वा गाली गरेर समाजवादको कल्पना गर्नेहरुमा  निरासाको बादल छाएको छ भने तेस्रो थरी मान्छेहरुमा समाजवादी मोर्चाको कल्पना पहिल्यै गरेका थियौं र  जसको नीति उसैको नेतृत्व हुन पाउनु पर्छ जस्ता मनोगणन्ते बलमिच्याई  पाईन्छ ।

यी सबै गलत कुरा वा धारणा हुन । सत्यकुरा केहो भने संसदवाद पूर्णरुपमा असफल भयो ।  असफल संसदीय ब्यबस्थाले आफ्नो असफलतालाई ढाकछोप गर्न यथास्थितिवादीहरुलाई नयाँ मुकुण्डो भिराएर पुराना दल  भनिएकाहरुलाई च्यालेन्ज  दिनेगरी उदाएको देखाउदै  बहालवाला प्रधानमन्त्री समेत लाई जेलहाल्ने षड्यन्त्र खुल्लमरुपमा देखापरेपछि कोही कसैले एक्लाएक्लै लडेर  एक ढिक्का भएर आएको दलाल पूँजीवादलाई प्रास्त गर्न नसक्ने बरु अबको केही बर्षमै  कम्युनिष्ट भन्ने बित्तिकै जनताले तिरस्कृत गर्ने अबस्था सृजना हुने बस्तुगत र आत्मगत अबस्थाले गर्दा  समाजवादी मोर्चामा गोलबन्ध हुने र संसदबादको बिकल्प खोज्ने सकारात्मक सोच पलाएको कुरा  सत्य हो । नेकपाको स्पस्ट नीति नै नवौ महाधिबेसनले तय गरेको थियो कि दलाल संसदीय ब्यबस्थाको बिकल्प खोज्न तयार शक्तिहरुसंग  मोर्चामा सामेल गराउने कुरा गरेको थियो ।
बाम ध्रुवीकरण वा पार्टी एकताको प्रश्न

कम्युनिष्ट पार्टीको स्थापनाकाल देखि हालसम्मको कम्युनिस्ट पार्टीको इतिहास भनेको टुटफुट र बिभाजनको इतिहास हो । बिगतका कम्युनिस्ट अग्रज लिडरसिपले यसलाई एकतावद्ध गर्नुको साटो  फुटको नै बढी अभ्यास गरेको पाईन्छ ।  यो चिन्तन गत भन्दा पनि सिद्धान्तको अन्धानुकरणकै कारण मुख्य देखिन्छ । कतै नेतृत्व पंङ्तिमा पलाएको कम्युनिस्ट आवरण भित्रको दक्षिणपंथी अवसरवादी बिचलनका कारण पनि एकता भन्दाफुटलाई कम्युनिस्ट आन्दोलनले बढी ब्यवहोर्नु परेको छ । सबै फुटहरु गलत र सबै एकताहरु सही पनि सावित भएका छैनन्  । अहिले कम्युनिस्ट आन्दोलन फुटको  इतिहास मात्र बोकेको छ भन्ने जो देखाउन खोजिदैन यो सबै सत्य पनि होईन । किनकी कोही फुटले कम्युनिस्ट आन्दोलन र विचारको रक्षा गरेको छ भने केही फुटले दक्षिणपन्थी पूँजीवादलाई टेवा पु–याएको छ  ।

तर यो बेलाको कम्युनिस्ट एकताको बहसलाई नेकपाको नवौ महाधिवेशनले अघि सारेको एकता सम्बन्धी नयाँ मान्यताको सारतत्व संग दाज्ने हो भने सही निस्कर्ष निस्किन्छ किन भने  नेकपा को नवौ महाधिबेशनले नयाँ मान्यता अघिसारेको छ । त्यो भनेको  बिचार  सिद्धान्त  र दृष्टिकोण  मिल्ने संग पार्टी   एकताको लागि तयार हुने र  कार्यक्रम  मिल्ने संग कार्यगत एकताको लागि तयार रहने रणनीति मिल्नेसंग सयुक्त मोर्चाको लागि पहल गर्ने नीति नै पास गरेको छ ।

महाधिवेशनले  निष्कर्ष निकालेको छकि तितर बितर रुपमा रहेको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने नयाँ कार्यभार नेकपाको काधँमा आईपुगेको छ  र दलाल पूँजीवादको बिकल्पमा समाजवादी धाराको नेतृत्व गर्दै यो दलाल संसदीय ब्यबस्था र लागू भएको संविधान  र कार्यान्वयन गर्ने सिस्टमको खिलापमा उभिएको एक मात्र पार्टी नेकपा मात्र हो भन्ने कुरा दिनको घामझै छर्लङ्गै छ ।

अब रहयो एकता र ध्रुवीकरणको कुरा। कम्युनिस्ट आन्दोलनलाई सार्थक निश्कर्षमा पु–याउनका लागि कम्युनिस्टहरुमा एकता हुन जरुरी छ । तर एकता संसदीय ब्यबस्था को बिकल्प खोज्ने  र समाजवादी पक्षधर शक्तिहरु संग  वा बिचार र सिद्धान्त  वा दृष्टिकोण मिल्ने संग मात्र एकताको कुरा हुन्छ । नकी एकता गरेर यही ब्यबस्थामा ठूलो पार्टी बन्नका लागि एकता हो । यदि कसैलाई यो परेको छ भने भ्रम बाहेक केही होईन । आजको युगमा १८/१९ र २०औ सताब्दिका कुरा रटेर मात्र पनि पुग्नेवाला छैन । नयाँ नयाँ खोज अध्ययनहरु जरुरी छ । जो नेकपाले नवौ महाधिबेशन मा दर्शनशास्त्र  राजनीतिक अर्थशास्त्र र समाजवादमा केही नयाँ मूल्य एबं मान्यताको विकास गरेको छ र आज त्यो राष्ट्रिय /अन्तर्राष्ट्रिय  रुपमा बहसको बिषय बन्न पुगेको छ ।

 मालेमावादको आधारभूत सिद्धान्त भनेर मात्र आजको दुनियाँलाई कम्युनिष्ट आन्दोलनमा  गर्ने कुराको  महान अभिस्ट  रहेको छ ।  जो ढिला चाँडो सम्पूर्ण  कम्युनिस्टहरुले लागू गर्नु पर्छ । किन कि मालेमावाद कुनै जडबस्तु होईन, यो कला र सृजनाको बिज्ञान हो । सृजना बिना यसको मृत्यु हुन्छ भने सच्चाई लाई लागू गरेको कुरा हो । त्यसैले नेकपा अमुख पार्टीसंग एकता गर्न आतुर  जस्ता जस्ता कुरा झुट्टा भएको तथ्य यिनै कुराले गरेको छ र हो पनि ।  ध्रुवीकरण भने चलिरहने प्रकृया हो ।  अन्य कम्युनिष्ट पार्टीमा रहेका ईमानदार कम्युनिस्ट नेता कार्यकर्ताहरु  जो  असफल संसदीय ब्यबस्थाबाट आजित हुनु भएको छ । उहाँहरु नेकपामा ध्रुवीकरणको प्रकृयामा आईरहनु भएको छ र आउनु पर्दछ ।   यो भनेको  राष्ट्रघाती र राष्ट्रवादी बीचको धुवी्रकरण हो । असल र खराव बीचको ध्रुवीकरण हो । सहि र गलत बीचको ध्रुवीकरण हो । किनकी जतिको समाजवादी मोर्चाको आबश्यक छ, त्यो भन्दा १० गुणा बढी ध्रुवीकरणको महत्व ।

निष्कर्ष

समाजवादी मोर्चा  भनौ वा धुर्बिकरण जे भए पनि यो निकै गम्भीर र महत्वपुर्ण कुरा हो । किन पनि हो भने यो कसैलाई देखाउनका लागि तर्साउनका लागि होईन र हुनुपनि  हुन्न ।  भुमण्डलीकृत पूँजीवादका हरेक प्रयासहरुलाई असफल सिद्ध  गर्ने र नेपाली समाजलाई समाजवादमा पु–याई छाड्ने कुरा हो । को कसमा विलय भयो ?  कसको नीति हो ?  नेतृत्व कसले गर्ने ?  को क्रान्तिकारी भयो ?  को संसदवादी भयो ? भन्ने कुरा मुख्य होईन मुख्य कुरा नेपाली जनता र सार्बभौम भनिएको संसदलाई च्यालेन्ज दिने गरि आएका  साम्राज्यवादी कार्यक्रम  र भारतीय साम्राज्यवाद द्धारा दिन प्रतिदिन नेपाली जनतामा लाद्न खोजेको हस्तक्षेपका बिरुद्ध आम्ने साम्ने जुध्ने र मुलुकलाई समाजवादमा पु–याई छाड्ने मोर्चा हो र एकता र ध्रुवीकरणलाई पनि यही अर्थमा बुझ्नु आजको आबश्यक्ता हो र  हुनुपर्दछ  ।

(लेखक नेकपा केन्द्रीय सदस्य तथा बाके जिल्ला इन्चार्ज हुन ।)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।