३ जेष्ठ २०८१, बिहीबार

मृतक पारु बुढाको स्मृतिमा वृक्षरोपण तथा श्रद्धाञ्जली सभा 

0

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी अछाम र नेकपा (माओवादी) केन्द्र को संयुक्त आयोजनामा मृतक पारु बुढाको स्मृतिमा वृक्षरोपण तथा श्रद्धाञ्जली सभा गरिएको छ। शुक्रबार अछामको रामारोशन गाउँपालिका ५मा, दस वर्षे जनयुद्धको क्रममा अछामको पहिलो माहिला सहिद उर्मिलाकी ममतामयी आमा परु बुढाको स्मृतिमा सो कार्यक्रम गरिएको हो। मृतक पारु बुढाको गत जेठ १८ गते भिर बाट लडेर ज्यान गएको थियो।

पारु बुढाको दु:खद निधन भएको १५ औं दिन स्मृतिमा र नेपालको कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्नु भएका मृतक पार रोकाय,पाटु दास र गणेश बुढाको स्मृतिमा वृक्षरोपण सहित श्रद्धाञ्जली सभा सम्पन्न गरेको नेपाल कम्युनिस्ट पार्टीका पश्चिम अछामका सचिव निरक सी ले जानकारी गराए।

उक्त श्रद्धाञ्जली सभाको अध्यक्षता नेकपा (माओवादी केन्द्र ) का रामारोशन ५ का वडा कमिटी अध्यक्ष क. उदय बहादुर रोकाय ,अतिथिमा नेकपा (माओवादी केन्द्र )का प्रदेश कमिटी सचिवालय सदस्य ,नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामका सचिब निरक सी ,नेकपा ( माओवादी केन्द्र ) प्रदेश कमिटी सचिवालय सदस्य तथा रामारोशन गाउँ कमिटी इन्चार्ज पहल साउद , रामारोशन गाउँपालिका उपाध्यक्ष सिर्जना बुढा , नेपाल कम्युनिस्ट पार्टी रामारोशन गाउँकमिटी सचिव विनोद सी ,मृतक परिवारको तर्फबाट पारु बुढाको श्रीमान अमैसिंह बुढा लगाएतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको संचालन नेपाल कम्युनिस्ट पार्टी रामारोशन गाउकमिटी इन्चार्ज युवराज सीले गर्नु गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।