बिषय प्रबेश:
आम शोषित पीडित श्रमजिबी बर्गको पुर्ण मुक्तिका खातिर तत्कालिन नेकपा ( माओवादी) को नेतृत्वमा संचालित महान जनयुद्ध ले आफ्ना गौरबमय २७ बर्ष पूरा गरि २८ बर्ष प्रबेशका लागि एक दिन मात्रबाकी छ । राजनितिक , आर्थिक , सामाजिक र सास्कृतिक रुपामा जकडियको समाज रुपान्तरणको लक्ष्य बोकेर उदायको जनयुद्धरुपि लालकिरण आज कुन अबस्थाबाट गुज्रिरहेको छ ?
यसले आफ्नो गन्तब्यको यात्रा पूरा गर्यो या गरेन? जनयुद्धकालिन स्थापित एजेण्डा पूरा गर्यो वा छोड्यो ?लक्ष्य प्राप्तिको अभिलासा सहित बलिदान गर्ने महान वीर / वीरंङ्गनाहरुको रातो रगत लाई कुल्च्यो या सिरोधार्य गर्यो ? जनयुद्दका सिपाहीहरु सिपाही को स्तरबाट माथिछन् वा गरायो ।? कम्ब्याडले सज्जियका जनमुक्ति सेना बिर्सजन पछिको अबस्था कस्तो रहेको छ खोजी भयो या भएन ?
जनयुद्ध प्रेमिहरुको दिनचर्या कसरी बितेको छ र जनयुद्ध लडाउने नेताहरुको दिनचर्या कसरी बितेको छ हिसाब छ या छैन ? माओवादीहरु माओवादी भएको मा गर्व गर्छन वा पश्चताप ? यी र यस्ता प्रश्नहरुले समाज र माओवादी मनहरुलाई तिर हानिरहेको छ ।हलो कोदालो र डोको नाम्लोमा रमाईरहेका किसान मजदुरहरु र स्कुले युनिफममा सज्जियका नौजवान युवाहरु झोलामा कापीकलम थन्काएर परिबर्तनको अभिलासा बोकी जनयुद्धमा ज्यान हत्केलामा राखेर माओवादी पार्टीमा सामेल भयो र भन्यो हामी यो देशलाई बर्षौ देखिको अर्ध सामान्ती र अर्ध औपनीवेशिक शोषणबाट मुक्त गर्नेछौ र नयाँ जनवाद , समाजवाद हुँदै साम्यवादमा पुग्नेछौ र आम नेपालीको मुहार फेर्ने छौ , बरु बलिदानको कोटा चुक्ता गर्ने छौ ,हामी झुक्ने छैनौं ।
कायर र काँतरहरुको जीवन ज्युने छैनौ, यो आदर्श बोकेर नथाकि पार्टी निर्देशनको पालना गर्दै अगाडि बढ्यो । दिन प्रतिदिन बिजय , पराजय र फेरि बिजयको चक्कर युक्त बाटो हिड्यो तर साहसका साथ हिड्यो । कहिल्यै बिचलित भएन न त उसले बिजयको तिथिमिती देखेको थियो न त पराजयका खाडलहरु नै देखेको थियो । उ अघि बढ्यो त केवल लिडरसिपको बिश्वास ले मात्र । उसको सहारा मात्र लिडरसिप प्रतिको अघात बिश्वास , बिजयका मोर्चा र जनसमुदाय बाहेक केही पनि थिएन ।
आजसम्म जतिपनि युद्धहरु भएमा छन् तिनिहरुको बाटो सुरुमा सतप्रतिशतत देख्न सम्भव भएको पनि छैन र देखिदैन पनि । जनयुद्धको यात्रा पनि यसको अपबाद हुन सक्दैनथ्यो। यसै बिषयमा क लेनिन भन्नू हुन्छ – युद्धकस्तो हुन्छ भन्ने कुरा तपाईं जान्न चहानुहुन्छ ? भने युद्द गर्नुहोस भने जस्तै समाजमा अन्याय शोषण , दमन ब्याप्त थियो यस्तो समाजलाई विशेष गरि युवाहरुले बदल्न चाहान्थ्यो र सम्पुर्ण खाले शोषण -उत्पीडनबाट मुक्त समाज चाहान्थ्यो।
ठिक यसै समय २०५२ साल फाल्गुण १ गते जनयुद्धको सुरुवात भयो र युद्धमा लेनिन कै भनाई अनुसार बुझ्न र लागू गर्न सम्पुर्ण शक्ति लामबद्द भयो । बुझेर लाग्यो वा लहडमा लाग्यो फरक कुरा हो । यही कुराको सन्दर्भ लिएर लेनिन भन्नू हुन्छ ” कुनै पनि क्रान्तिकाे बाटो सुरुमा पुरापुर देख्न सकिँदैन र अनेक पटक अन्धकारमा पाईला चाल्नु पर्नेछ।अध्यारोमा छामछाम- छुमछुम गर्नु पर्नेछ, तर अघि लम्कने तरिका चाहिँ यही नै हो ।” यही भनाई हामी जनयुद्द प्रेमीको जीवनमा लागू भयो ।
हार्दै ,जित्दै -लड्दै ,पड्दै यात्रा जारी राख्यौ एकअर्का प्रति शङ्का बिश्वास तर बिश्वास गरि रह्यौ । गाउँमा पुरानो प्रतिक्रियावादी सत्ता का स्थानिय निकायहरु रित्तिदै खाली हुने क्रम र त्यसको स्थानमा जनताको जनवादी सत्ता धमाधम घोषणा हुनेक्रम निकै तीब्र रुपले चल्यो आधार ईलाकिय कामकाजमा जनता र पार्टी अभ्यस्त भैसकेको थियो । जनतामा ठूलो आशाको किरण देखिन्थ्यो ।
माओवादी नभएको गाउँ थिएन बलिदान नभएको ठाउँ रहेन । यस्तो अबस्थाबाट अगाडि बढीरहेको माओवादी आन्दोलन राष्टिय रुपमा मात्र हैन अन्तराष्टियरुपमा समेत स्थापित भैसकेको सन्दर्भमा क्रान्तिका नायकको उपमा पाएका प्रचण्ड र बाबुराममा बिचित्रको आत्मसमर्पणको बिज भित्र भित्रै उम्रियको दोस्रो तहका लिडरले बुझेन र कथित कार्यनितीको बहाना बनाएर ठोस बस्तुको ठोस विश्लेषणको गलत व्याख्या गर्दै दरवार हत्याकाण्ड पछिको बिकसित घटनाक्रमलाई आधार बनाउदै १२ बुदे सहमती हुँदै बिस्तृत शान्ति सम्झौता सम्म आउँदा जनयुद्धको बिधिवत अन्त गरियो । र रिटिघुमी रुम्झाटार भनेजस्तैअघोषित रुपमा संसदिय ब्यबस्थाको हिस्सेदार बन्ने माओवादी प्रकृया सुरु भयो ।
माओवादी जनयुद्धको उपलब्धीको रक्षाको बहाना बनाउदै संघियता , धर्मनिरपक्षेता, समावेशिताता जस्ता नाराहरु एनजीओ मार्फत अध्ययन गर्दै /गराउदै माओवादी आन्दोलनलाई संसदवादी आहालमा डुबाउने नयाँ अवतार देखेपछि पार्टीभित्र चर्को दुईलाईन संघर्षले स्थान लियो र माओवादी आन्दोलनको बिघटनको प्रकृया सुरुवात भयो। जनयुद्धको यात्रामा पुर्णबिराम लाग्यो ।
जुन उदेश्यका साथ संसदवादी दलहरुले बार्ताको कार्ड फ्याकेका थिए त्यो उदेश्यमा उनी सफल भए ।तर देशले गरेको अपेक्षा पूरा भएन , हुने कुरा पनि थिएन । युद्ध या क्रान्ति निर्णायक बिजयमा नपुगुन्जेल एक न एक क्रान्तिकारी शक्ति जाग्नु समाज बिकासको अनिबार्य नियम संगत कुरा हो । जनयुद्धबारे जुन भ्रमहरु छन ती किन छन भन्दा जनयुद्धको पुर्ण बिजय बिना यी भ्रमहरुको अन्त नहुनु अनौठो कुरा होईन, किन कि जित्नेगरी उठान गरिएको जनयुद्ध सम्झौतामा बिसर्जन भएपछि यस्तै हुनु थियो र भयो ।
यति मात्र होईन बिस्थापित गर्नु पर्ने शक्ति स्थापित भयो स्थापित हुनु पर्ने शक्ति बिस्थापित भयो। यी सबै कुरा यसैको परिणामहरु हुन भन्दा अतिसयोक्ती नहोला । जनयुद्धको २८औं वार्सिकोत्सवकोअबसरमा यति कुराको स्मरण हुनु अस्वभाबिक र नाजायज नहोला ।
अधुरा सपना
जनयुद्धको सुरुवात देखि बिधिवत अन्तसम्म आउँदा जनतालाई युद्धमा हाम फाल्न तयार गर्ने माओवादी पार्टी संग बलिया एजेण्डाहरु थिए, जो आजसम्म आउँदा त्यो शक्तिले पुराको पुरै छोडेको छ र खोजीकार्य जारीरहेको छ । त्यो मध्यको पहिलो सपना हो ब्यबस्था , संबैधानिक संसदीय राजतन्त्रात्मक बहुदलीय ब्यबस्थाको ठाउँमा नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको सपना र यसप्रति भएको जनस्कुलिङ्ग ,जसले जनतामा ठूलो जागरण ल्याएको थियो । मुठ्ठीभर ब्यक्तिहरुको हातमा रहेको नोकरशाही पूँजी र अधिकांस जनताले भोग्दै आयको गरिबिको चक्रब्यूहबाट अगाडि बढीरहेको समाजलाई यो एजेण्डाले चुम्बक झै तानेको थियो । बाहिर र भित्र निजीकरणको अन्तको नारा निकै स्थापित थियो । सामुहिकता तिर समाज क्रमशः अग्रसर गराउदै थियो ।
तत्कालिन पार्टी नेतृत्वमा आयको बैचारिक बिचलनता र बर्गप्रतिको निष्ठा गुम्दै जानुले सपना -सपना मै सिमित रहे । ब्यबस्था परिबर्तन संगै जनतालाई गाँस , बाँस, कपास, स्वास्थ्य, शिक्षा , रोजगारी र स्वाधीनतासंग सम्बन्धित तत्कालिन नाराले निकै ठूलो स्थान लिएको माओवादी पार्टी जनताको आशा र भरोसाको केन्द्र बनेको थियो नै ।
आज त्यो सबै सपनामा सिमित हुँदा घृणा ,आक्रोस र आबेग मात्र जन्माएको छ । कसैले खाडी मुलुकबाट बिचलित नेतृत्वलाई सत्तोसराप गरिरहेका छन, भने कसैले बिगतका आधार ईलाकाको झुपडिको आगनबाट, कसैले आफू रहेको माटोमुनीबाट त कसैले आशु पसिना चुहाएको भुमिबाट यसबाट तत्कालिन नेतृत्वले कुनै पनि सहज बाटोबाट उन्मुक्ति पक्कै पनि नपाउने कुरा पक्कापक्की देखिन्छ । तथापी यीनै अधुरा सपनाले माओवादी आन्दोलनलाई बिर्सजित हुन दिने थिएन र छैन पनि क्रमशः माओवादी आन्दोलन नयाँ बिचार,नयाँ नेतृत्व र नयाँ कार्यदिशाको संश्लेषण , बिकास र प्रयोग सहित सुसंगठित हुँदै अगाडि बढ्दै आईरहेको छ ।
हाम्रो दायित्व
जनयुद्धको एउटा हिस्सा सकिए पनि बाँकी कार्यभारका लागि अगाडि बढ्ने जमर्को नेपाल कम्युष्निट पार्टीले गरिरहेकै छ । एकीकृत जनक्रान्तिको सुनौलो र बस्तुसंगत बैज्ञानिक कार्यदिशा बोकेर अगाडि बढीरहेको छ । बैज्ञानिक समाजवादको राजनीतिक लक्ष्य सहित क्रान्तिको यात्रालाई जारी राखेको पनि साढे नौ बर्ष भैसकेको छ ।आजको समाजको बस्तुसंगत व्याख्या र बिशेषता सहित अगाडि बढीरहेको एकीकृत जनक्रान्तिलाई बिजयको गन्तव्य सम्म पुर्याउनु र चिहानघाटमा पुगेको संसदीय ब्यबस्था कुरुप अनुहार सहित जसरी पुर्नजीवित भै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक दलाल पूँजीवादी संसदीय ब्यबस्थाको रुपमा आएको छ यसको अन्तका लागि युद्ध होईन एकीकृत जनक्रान्ति मार्फत अगाडि बढ्नु आजको आबश्यता हो । गलत नीति ,नेतृत्व र ब्यवहारको पछि लाग्दा परिणाम सहि र असल आउने पक्कै पनि थिएन र आएन पनि ।
आज नाम मात्रको जीवित माओवादी केन्द्रको हालसम्मको परिणामले यही तथ्यलाई उजागर गरेको छ । तसर्थ नयाँ बिचार नयाँ नेतृत्व, बैज्ञानिक कार्यदिशा आजको आबश्यता हो । यसैको उपज हो एकीकृत जनक्रान्ति ! जनयुद्धका अधुरा सपनाहरु एकीकृत जनक्रान्ति मार्फत अबश्य पूरा भै छाड्ने छन् । वास्तविक सहिद, घाईते ,अपाङ्ग, वेपत्ता र जनयुद्ध प्रेमी जनसमुदायको आशा एकीकृत जनक्रान्ति मार्फत पूरा हुनेछन् । हामी बिश्वस्त मात्र हैन दायित्वबोधका साथ एकताबद्ध हौ । जनयुद्धका अधुरा सपना पूरा भएरै छाड्नेछन् । जनयुद्ध – जिन्दावाद ! एकीकृत जनक्रन्ति – जिन्दावाद !
(लेखक नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बाके जिल्ला इन्चार्ज हुनुहुन्छ ।)