९ पुष २०८१, मंगलवार

वर्तमानमा जनयुद्धको सार्थकता

0

नेपालका छिमेकी देशहरु भारतमा सन् १९२० र चीनमा सन् १९२१ मा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेपालमा भने सन् १४४९ (वि. सं. २००६) मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेकपाको स्थापना भएलगतै समाजका सम्पूर्ण क्षेत्रमा त्यसको प्रभाव प¥यो । जनसङ्घर्ष र वर्ग सङ्घर्षहरु हुन थाले । अर्कोतिर शहरी क्षेत्रका निर्वाचन र राजनीतिक सङ्घर्षहरुमा गुणात्मक विकास भयो । कम्युनिस्ट पार्टी एउटा सशक्त प्रतिपक्षको रुपमा आयो ।

२००८ सालमा पश्चिम नेपालमा भीमदत्त पन्तको नेतृत्वमा किसान विद्रोह भयो । ‘या जोत हलो, या त छोड थलो, यदि होइन भने हुने छैन भलो’ नारा लगाएका थिए । त्यो विद्रोहलाई भारतीय सेना ल्याएर दमन गरियो । २००९ देखि २०११ सम्म बारा, रौतहट र सर्लाही (मध्य तराई) मा किसान विद्रोह भएको थियो । त्यो विद्रोहको शुरुको नारा ‘रे नहीं जी कहो !’ थियो । सामन्तहरुले किसानलाई अपमानजनक सूचक शब्द ‘रे’ नामको पछि जोडेर बोलाउँथे । सम्मानको लडाई कालान्तरमा राजनीतिक–आर्थिक मुद्दामा प्रवेश ग¥यो । ज्याला बृद्धि, जाली तमसुक च्यात्ने भयो । अन्ततः सेना परिचालन गरेर सो विद्रोह दमन गरियो । त्यसबिचमा दाङको थारू किसान बिद्रोह, हर्रेबर्रे विद्रोह, रुकुमको कामी बुढाको नेतृत्वको विद्रोह, धादिङको खनियाँबासमा तामाङ किसानले गरेको विद्रोह, झापामा झोरा विद्रोह, दुर्गा सुवेदी, ऋषि देवकोटा र जय गोविन्द साहको नेतृत्वमा सिन्धुली सहित मध्य–तराईका विद्रोहहरु उल्लेख्य छन् । त्यसैगरी काठमाडौं, भक्तपुर र ललितपुरका किसान आन्दोलन शुरु भएका थिए । ती आन्दोलन र विद्रोहहरु कम्युनिस्ट पार्टीको आलोकमा भएका थिए ।
२०२८ सालमा झापा विद्रोह भयो । त्यसले नेपाली कम्युनिस्ट पार्टीभित्र संशोधनवादको दुर्गन्धमाथि कडा प्रहार ग¥यो । लेलिनले भन्नुभएको निरन्तर क्रान्ति र माओको नेतृत्वमा चलेको सर्वहारा सांस्कृतिक क्रान्तिलाई झापा विद्रोहले स्थापित ग¥यो । खुश्चोभको नेपाली संस्करण मनमोहन, तुलसीलाल मानन्धर प्रवृत्ति र एमवि सिंह नेतृत्वको छदम् अवसरवादको विरुद्ध बम वर्षा ग¥यो । २०३५ साल पुग्दा नपुग्दै सो धारामा विचलन देखा प¥यो ।
२०३४ सालमा रोहित–रूपलाल नेतृत्वमा सर्लाही, बारा, चितवन, तनहुँ, पर्वत, नवलपुर, दैलेख, जुम्ला भक्तपुर लगायतमा किसान किसान सङ्घर्ष उठान गरे । उनीहरूले २०३४ मा ‘चितवनमा जुगेडी विद्रोह र २०३७ मा जुटपानीमा विद्रोह गरे । त्यसक्रममा ३ जनाको घटनास्थलमा र १ जनाको हिरासतमा हत्या भयो । जुगेडी विद्रोहपछि वैचारिक समस्या, सैन्य नीतिको अस्पष्टताको कारण त्यो धारा पनि अगाडि बढ्न सकेन । अब प्रश्न उठ्छ यो सयौं विद्रोह, बलिदान र योद्धाहरूको पसिना खेर गएका हुन् । यस्ता बहस चल्दा माओले चीनमा चालेका विगतका किसान आन्दोलन र विद्रोहले जनताको चेतनास्तर उठाएको र एक कदम समाजमा सुधार आएको बताउँदै किसान विद्रोहले सम्पूर्ण विजय (सत्ता) प्राप्त गर्न नसके पनि निरर्थक नभएको बताउनु भएको थियो । बन्दुक बोक्नु नै गल्ती थिएन बरू दह्रोसँग समातनु पथ्र्यो भनेझै थियो । अध्यक्ष माओले ‘हनान किसान आन्दोलनको प्रतिवेदन’ र ‘अन्तरविरोधबारे’ दुईवटा लेखमा सो सम्बन्धमा विस्तृत उल्लेख गर्नु भएको छ ।
नेपालमा शब्द चयन र ब्याख्या जसरी तथा जुन स्तरमा गरिएको भएपनि किसान विद्रोहहरू क्रान्तिको लागि नै थिए । तत्कालीन नेकपा (मशाल) ले पनि जनयुद्धको प्रयास ग¥यो । सफलता प्राप्त भएन । २०४७ सालमा माओवाद विचार मान्ने पार्टीहरुबिचको एकता, २०४८ चैत्रमा भएको नेपाल बन्द, बलिदान र जनपरिचालन, २०४६ चैत २४ को नेपालबन्दको आह्वानकर्ता (जसले राजाको नेतृत्वको पञ्चायती व्यवस्था ढल्यो) हुनुको नाताले क्रान्तिकारीहरुको मनोबल उच्च थियो । त्यही पृष्ठभूमिम २०४८ सालमा भएको एकता महाधिवेशन (जसलाई कालान्तरमा छैठौं महाधिवेशन मानियो) भयो । त्यसले दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित ग¥यो । एकातिर २०४८ र २०४९ मा चुनावको मोर्चामा भाग लिइयो । अर्कोतिर जनयुद्धको घनिभूत तयारी चल्दै थियो । निर्वाचन, जनसङ्घर्ष, वर्गसङ्घर्ष, नेपाल बन्दजस्ता जनपरिचालन र वैचारिक तयारी (प्रशिक्षण, प्रकाशन, सांस्कृतिक प्रस्तुति, सभा, गोष्ठी आदि) सबै दीर्घकालीन जनयुद्धका दाँती र पेचकिला भएर कार्यदिशाको सेवामा समर्पित भएर आए । त्यसको ५ बर्षपछि जनयुद्ध शुरु भयो ।
२०५२ फागुन १ गते जनयुद्ध शुरु भयो । जनयुद्ध नेपालका विगतका सबै जनविद्रोह, किसान सङ्घर्ष र बलिदानको निन्तरता र उच्चता थियो । त्यो नेपाली जनताको सामन्तवाद–साम्राज्यवाद विरोधी आवश्यकता र चाहनाको पक्षमा थियो । अझ यसो भन्नु उपयुक्त हुन्छ, जनयुद्ध नेपाली समाजको विकासको नियम अनुसार थियो ।
त्यसैले जनयुद्धको विकास अनिवार्य थियो । तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले चैत मसान्तभित्र आत्मसमर्पण नगरेमा समाप्त गर्ने घोषणा गरे । सिंहदरबारले त्यो घोषणा गर्दै गर्दा एमवी सिंहले ‘गुलेली चलाउन नजानेकाले बन्दुकको कुरा गर्छन्’ भन्दै थिए । लमजुङका खगेन्द्रजङ्ग गुरुङले दिएको थोत्रो बारबोर देव गुरुङमार्फत् पार्टीमा आएको थियो । त्यसबाहेक भरुवा र खुकुरीबाहेक थिएन । कः विप्लवले भनेझै दिभागमा बन्दुक भएपछि हातमा आउँदो रहेछ । हो त्यो जनयुद्धले महान इतिहास लेख्यो । गणतन्त्र आयो । सामाजिक चेतना गुणात्मक रुपले उठायो तर केन्द्रीय सत्ता प्राप्त भएन । रणनैतिक प्रत्याक्रमणमा पुगेपछि विचारमा विकास गर्न नसक्दा संयुक्त मोर्चामा नयाँ विकास भएन । तत्कालीन नेतृत्वमा बिसर्जन देखाप¥यो । जसका कारण विगत विद्रोहले झै जनयुद्धले समाजलाई एककदम अगाडि बढाएर पूर्णता प्राप्त नगरी अन्त्य भयो ।
आज जनयुद्ध र जनताले रगतसँग साटेको परिवर्तनको बालीनाली दलालले भोजभतेर खाने भएको छ । तर जनयुद्धको जगमा टेकेर स्वतन्त्रताको लडाईं जारी छ । कमरेड विप्लवको नेतृत्वमा हामीले क्रान्ति जारी राखेका छौं । एकीकृत जनक्रान्ति कार्यदिशाद्वारा वैज्ञानिक समाजवादी क्रान्तिको तयारीमा छौं । एकीकृत जनक्रान्ति तत्कालीन जनयुद्धको निरन्तरता होइन र निषेध पनि होइन । यो जनयुद्धको प्रतिस्थापन हो । जनयुद्ध सामन्तवाद र साम्राज्यवाद विरोधी मोर्चा थियो । एकीकृत जनक्रान्ति दलाल पुँजीवाद र साम्राज्यवादू विरोधी मोर्चा हो । श्रम र पुँजीको बिचमा अन्तरविरोध रहेसम्म प्रतिरोध रहिरहनेछ । मानवजातिको मुक्ति नभएसम्म स्वतन्त्रताको झण्डा झुक्ने छैन ।
२०७९ माघ २९


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।