१६ चैत्र २०८०, शुक्रबार

युवा संगठन नेपालद्वार जनयुद्ध दिवसको पुर्वसन्ध्यामा मशाल जुलुस

0

२९ माघ,काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले २८ औं जनयुद्ध दिवसको पुर्व सन्ध्यामा आज मशाल जुलुस गरेको छ।

नेपालमा जनयुद्ध शुरु भएको दिन फाल्गुन १ गतेलाई स्मरण, सम्मान र प्रतिबद्धता स्वरुप संगठनले मशाल जुलुस गरेको हो।

काठमाडौको सोर्ह खुट्टे चोकमा भएको मशाल जुलुसमा एकीकृत जनक्रान्ति जिन्दावाद , वीर शहिद अमर रहुन, दलाल पुजिवाद मुर्दावाद, महङ्गी र भ्रष्टाचारको अन्त्य गरौ, भन्ने नारा लगाइएको थियो भने मशाल जूलूसको नेतृत्व युवा संगठन नेपालका उपाध्यक्ष दिनेश सी र सचीव तिलक सी ले गरेको जानकारी दिइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।