नेपाल राष्ट्र र नेपाली श्रमजीवी तथा उत्पीडित जनतालाई दलाल पूँजीवादी संसदीय व्यवस्थाको अत्याचारपूर्ण उत्पीडनबाट मुक्त गर्न र राजनीति, आर्थिक, समाजिक र सांस्कृतिक रुपमा रुपान्तरण सहित अधिकार सम्पन्न गर्नका लागि नेपाल कम्युनिष्ट पार्टीले बिगत ९ वर्ष देखि संघर्षको यात्रालाई निरन्तर अगाडि बढाईरहेको कुरा सर्वविदितै छ ।
संघर्ष अगाडि बढाउने क्रममा निश्चित रणनीति, कार्यदिशा कार्यक्रम, कार्यक्रम नीति र विचारको अंगिकार गरेको छ । सोही कार्यदिशा कार्यक्रम, नीति र विचारको आधारमा संगठन निमार्ण र परिचालन गर्दै नयाँ गोरेटोलाई फराकिलो राजमार्ग बनाउने लक्ष्य सहित अगाडि बढिरहेको छ । मालेमावादलाई मार्ग दर्शन सिद्धान्त र ऐतिहासिक द्धन्द्धात्मक भौतिकवादलाई विश्व दृष्टिकोण मान्दै एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत बैज्ञानिक समाजवाद प्राप्तिको लागि गाउँ र शहर, पूर्ब र पश्चिम, हिमाल र तराई सबै ठाउँबाट क्रान्तिको ज्वारभाटालाई हरेक सम्भावना र चुनौतीको बीचबाट अगाडि बढाउदै आएको छ ।
नेकपाले आफुलार्ई दर्शन,अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा सृदृढ गरिरहेको छ । नेकपाको नवौ महाधिवेशन पछि केही नयाँ संश्लेषण समेत गरेर क्रान्तिको सम्पन्नता मात्र होईन त्यसको रक्षा र विकासका लागि समेत केही नयाँ मान्यता आगाडि सारेको छ । तथापि यसको कार्यान्वयनमा भने केही चुनौतीहरु छन । कार्यदिशाको कार्यान्वयन गर्नु नयाँ संस्लेषणको आत्मासातिकरण अहिलेको मुख्यकुरा हो ।
यसमा केही सम्भावना र चुनौतीहरु छन । यसबारे गहन छलफल जरुरी छ । मुलभूतरुपमा यो लेखमा एकीकृत जनक्रान्तिको सफलता प्राप्त गर्न संगठन निर्माण कसरी गर्ने ? भन्ने वारे सम्भावना र चुनौतीका बिषयमा केही चर्चा गर्न खोजिएको छ ।
कार्यदिशा कार्यान्वयन र संगठन निर्माण
दलाल पूँजीवादी संसदीय व्यवस्थाको अन्त गरि बैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि तय गरिएको लक्ष्य रणनीति हो । त्यो रणनीतिलाई पुरा गर्न तय गरिने वाटो कार्यदिशा हो । यस्तै कार्यदिशालाई सहयोग पुर्याउन तत्कालका लागि वनाईने योजना कार्यनीति हो । कार्यनीतिले कार्यदिशाको सहयोग गर्छ भने कार्यदिशाले रणनीतिको सहयोग गर्छ । जसलाई हाम्रो पार्टीले एकीकृत जनक्रन्तिको कार्यदिशाले रणनीतिलाई पुरा गर्ने उद्देश्य वोकेको छ ।
पार्टी र आन्दोलनका लागि कार्यदिशा नै मुख्य प्रश्न हुने गर्दछ । सिङ्गो पार्टी र क्रान्तिकारी आन्दोलनको भविश्य नै कार्यदिशामा अडिएको हुन्छ । त्यसैले क. माओले ‘कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ’ भन्नु भयो । विश्वमा र नेपाली कम्युनिष्ट आन्दोलनमा हाल सम्म प्रयोगमा ल्याईएका कार्यदिशाका मोडेलहरु दुई प्रकारका छन । एक, सशस्त्र बिद्रोहको कार्यदिशा जुन रुसमा प्रयोग भयो र अर्को कार्यदिशा दिर्घकालीन जनयुद्ध हो,जुन चीनमा प्रयोग भयो । तर नेपाली सापेक्षतामा यी दुवै कार्यदिशा अहिले प्रयोग गर्न सकिने वस्तुगत अवस्था छैन । मालेमावादको जगमा यी कार्यदिशामा परिमार्जन गर्दै नेकपाले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि ल्याएको छ ।
यो कार्यदिशा नेपाली सापेक्षताको मौलिक कार्यदिशा हो । क्रान्ति सफल पार्न पुरानै कार्यदिशा प्रयोग गर्छौ भन्ने कुरा अहिलेका क्रान्तिकारीहरुका लागि असफलता वाहेक अरु केही हुन सक्दैन । कयौ देशमा असफलता भएको छ । भुमण्डलीकृत पूँजीवाद नयाँ तरिकाले आईरहेको वेला क्रान्तिकारीहरुले आफूलाई नयाँ तरिकाले सुदृढ गर्न नसक्दा क्रान्तिमा धोका हुनु स्वभाविक हो ।
यसअर्थ कार्यदिशा भनेको रणनीतिलाई छिटो प्राप्त गर्ने वाटो हो । वाटो कहिले काँही नयाँ वनाएर जानुपर्ने अवस्था पनि आउछ । आज हामी नयाँ वाटो वनाएर नेपाली क्रान्तिलाई अगाडि वढाईरहेकाछौ । कतिपयले यसलाई वुझन सकेका छैनन् भने कतिपयले यसलाई मालेमावादलाई छोडेको होकी भन्ने आसंका पनि गरेका छन ।
क्रान्तिको वाटो कहिलै पनि सिधा र सपाट हुदैन । यो सयौ घुम्ती मोडहरु पार गरेर अगाडि वढ्नुपर्छ भन्ने कुरा हामी सवैले वुझेकै कुरा हो । अहिलेको साम्राज्यवाद अथवा भुमण्डलीकृत पूँजीवादलाई जित्न अहिलेको वदलियको वस्तुस्थिति अनुसार कार्यदिशामा समेत नयाँपन दिनु क्रान्तिकारीहरुको वैज्ञानिकता हो । त्यसो भएर पनि नेकपाले आफ्नो कार्यदिशामा वैज्ञानिकता दिने कोशिस गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले बिगतका आन्दोलको अनुभव, अख्तियार गरेका कार्यदिशाबाट शिक्षा लिदै एकीकृत जनक्रान्तिको कार्यदिशाको संश्लेषण गरेको छ ।
यो कुनै मनोगत नभएर बृहत खोज अनुसन्धान र बहसबाट संश्लेषण गरिएको कार्यदिशा हो । तथ्य सहित ७ वटा आाधारहरुलाई आधार मान्दै संश्लेषण गरिएको छ । जो बैज्ञानिक र वस्तुवादी छ । यसलाई बुझ्ने र लागू गर्ने सवालमा केही समस्या देखिन्छ । एक थरीले जनयुद्धको कार्यदिशाको रुपमा बुझ्ने र अर्को थरीले सशस्त्र जनबिद्रोहको रुपमा बुझ्ने समस्या बिद्यमान छ ।
शहरका केही समुदायमा निकै ठूलो अस्पस्टता छ भने गाउँमा पनि देखिन्छ । किन की बहस छलफलको क्रममा तपाईको पार्टीले उठाएका कुरा सबै ठिक छ । नेतृत्व पनि सही छ तर सुरु कहिले हुन्छ ? सुरु गर्नुहोस ! हामी साथ दिन्छौ । त्यो बेला साथ दिएनौ भने हाम्रो कमजोरी भन्नू होला । यो कुरालाई हेर्दा र बुझ्दा कार्यदिशालाई बुझ्नेमा नै समस्या हो भन्न सकिन्छ । यसमा पार्टीपंक्तिको क्रियाशिलता र केपी ओली नेतृत्वको सरकारले लगाएको प्रतिबन्ध मुख्य जिम्मेवार छ ।
आन्तरिक पंिक्तमा आउने निरासा कुण्ठा अराजकता सिघ्र बिजयको मनस्थिति लगायतका समस्याहरु पनि कार्यदिशामा बुझाईको समस्या हो । पार्टीपंक्ती नै हिउदको सीजनको सर्प जस्तो भएपछि बुझ्ने बुझाउनेमा समस्या आउछ । जस्तो कि हिउदको सर्पले दुला भित्र बस्ने भोक लागे आहाराको खोजीमा फुत्त निस्कने ट्वाप्प आहारा टिपेर दुला भित्र पस्ने, नपचुन्जे भित्रै बस्ने पचिसके फेरि निस्कने जस्तो पार्टीपंिक्त भएपछि मुल बिषयमा स्पस्टताको अभाव हुनेमा समस्या आई नै हाल्छ ।
जनतामा नजाने बिषयलाई प्रष्ट राख्न हिचकिचाउने बरु उल्टै उनिहरुको कुरामा कन्भिन्स भएर फर्किने जस्ता समस्याहरु छिटफुट देखिन्छ । यस्तो खालको सोचले नत संगठन निर्माण हुन्छ, नत भएकाको रक्षा नै हुन्छ । त्यसैले पहिलो कुरा पार्टीले अख्तियार गरेको कार्यदिशा कार्यक्रम नीति विचारहरु स्पस्ट जनताको बीचमा निर्धक्क राख्न सक्ने क्याडर बन्न सक्नु पर्छ ।
जनताका दुख सुखमा मलम हुने जनतालाई खोज्ने नीति लिने बहस छलफलमा रमाउने साहयक काम भन्दा मुख्यकाम लाई प्राथमिकता दिने कमिटीमा हिचकिचावट आलोचना र आत्मआलोचना गर्न सक्ने पार्टीपंक्तिले मात्र संगठन निर्माण गर्न सक्दछ । यसमा मुख्य गरी जनबर्गिय संगठनको निर्माणमा जोड दिनु पर्दछ । उत्पीडित समुदायका बीचमा जबस पुग्ने विचारहरु राख्ने गलत तत्वसंग सम्झौता हैन भण्डाफोर र संघर्षको नीति लिने लाईनमा जबस र पार्टीपंक्ति जाने हो, भने संगठन विनाको कुनै गाउँ बस्ती हुने छैनन । लागौ जुटौ पार्टी र संगठनको काम लाई प्राथमिकता दिउँ केही समयमा आफू रहेको कार्यक्षेत्रमा संगठनको जालो फिजाउन सकिन्छ ।
सम्भावना र चुनौतीहरु
हरेक तहको नेतृत्वपंक्तिले सिद्धान्त र ब्यवहारको तालमेल मिलाउने हो भने गाउँ वा शहरमा जनकर्षण बढ्ने सम्भावना प्रष्टै छ । साम्राज्यवादी दलाल पूँजीवादीहरुले बाँढेको निरासा लाई चिर्दै सरकारी मान्यता प्राप्त निकायबाट जनता यति धेरै प्रताडित छन,जुनकुरा उल्लेख नै गर्न सकिँदैन । जनता लाई बुझाउने हो भने क्रान्तिको बिषय निकट भबिश्यको बिषय अवश्य छ ।
जनतामा शोषण दमन अन्याय अत्याचार अहिले जति छ त्यसरी नै २०५२ साल भन्दा अघि पनि थियो । जसले जनयुद्ध अपरिहार्य वनायो । आज पनि जनतामा उत्पीडनले सीमा नाघेको छ । जनता उत्पीडनवाट मुक्त हुन चाहान्छ । त्यसको लागि सहित विचार,नेतृत्व र योजना चाहिएको छ । त्यसको आवश्यकता पुरा गर्ने दायित्व नेकपाको काँधमा छ ।
एकीकृत जनक्रान्तिको विजय पनि कुनै टाढाको विषय छैन । आज जनयुद्धले हटाएका उत्पीडन फेरी मौलाएका छन । जनयुद्धको नेतृत्वको गद्दारी र आत्मसमर्पण पछि एक हिस्सा निरास छ । क्रान्ति सकिदैन भन्नेमा छ । तर त्यो सहि होइन क्रान्ति कसैले रोकेर रोकिने विषय होइन । यो समय परिस्थिति र वस्तुअगत आवश्यता हो ।
त्यो परिस्थिति र वस्तुगत वातावरण नेपालमा वन्दै गएको छ । दलाल व्यवस्था संकटमा छ । यो असफलता तिर गएको छ । नेपाली जनताले नयाँ व्यवस्थाको विकल्प चाहीरहेका छन । त्यसैले पनि एकीकृत जनक्रान्तिको माध्यमवाट नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुने वस्तुगत वातावरण वन्दै गएको छ ।
हाम्रो सक्रियताको अभाव र केही कार्यशैलिको रुपान्तरणमा देखिएको अविश्वास अनि जनयुद्धमा खाएको धोकाले जनता एकैपटक विस्वस्त नहुनुले जनआकर्षण नबढेको जस्तो देखिए पनि पछिल्लो समयमा जनताले नयाँ निकास अवश्य खोजेको छ । हाम्रो पार्टी याङ्छे नदी जस्तो भएर निधक्कका साथ फिल्डमा अगाडि बढ्ने बित्तिकै एकीकृत जनक्रान्तिको बिजयलाई दुनियाँको कुनै पनि तागतले रोक्न सक्ने सम्भावना नै देखिदैन र बिजय पनि निकट भबिश्यमै देखिन्छ ।
त्यसैले देखिएका हजारौ सम्भानालाई चुम्न सकौ । कार्यदिशाले अपेक्षा गरेको सबै थोक उपलब्ध हुन्छ । तर चुनौती भने अवश्य आउँछ र छिचल्नु भने पक्कै पर्छ । यसका लागि पहिलो चुनौती भनेकै मालेमावादी सिद्धान्त र ऐतिहासिक द्धन्द्धात्मक भौतिकवादी विश्वदृष्टिकोणले लैस भएको पार्टी बनाउनु रहेको छ भने दोस्रो चुनौती भनेको दलाल पूँजीवादी प्रदुषणमुक्त पार्टी र संगठन निर्माण रहेको छ । तेस्रो चुनौती छलछाम नगरी खुल्ला र स्पस्ट ढंगले पार्टी योजनामा परिचालन हुने सदस्यहरुको दस्ता निर्माण आवश्यक छ । यो कुनै संख्यामा हैन गुणमा हुनुपर्छ । चौथो गाउँ शहर गल्ली –गल्लीमा रहेको साम्राज्यवादी दलाल पूँजीवादी संघ संस्थाहरुको शोषण अन्याय अत्याचार र भ्रमहरुको वास्तविक पहिचान र संघर्षको चुनौती वा अन्तरबिरोधको सही पहिचान र परिचालनको चुनौती छ । पाँचौ मातृभूमी छोडेर खाडी मुलूकहरुमा तप –तप पसिना चुहाउदै ५०÷५५ डिग्रीको तापक्रममा काम गर्न विवश युवाहरुलाई क्रान्तिमा सहभागी गराउने योजना चाहिएको छ । मध्यम बर्गलाई क्रान्तिको सहयोगी शक्तिको रुपमा माथि उठाउने, ब्यापारी ब्याबसायीका समस्या बुझ्ने र संगठित गर्ने मजदुर वा श्रमिक समुदायमा पुग्ने र संगठित गर्न सक्ने नेतृत्व उत्पादन गर्ने संगठन चाहिएको छ ।
यो हाम्रा सामु चुनौतीहरु छन । यी सबै चुनौतीहरु समाधान गर्न नसकिने भने पटक्कै होईन । क्रान्तिकारी आशावादी सहितको क्रियाशिलता जुझारुपना, नीति सिद्धान्त र कार्यक्रम प्रतिको आत्मविश्वास र पार्टीका नयाँ संस्लेषणहरुको अध्ययनले मात्र कार्यदिशालाई बुझ्ने बुझाउने संगठन निर्माणमा गतिशिलता पैदा हुने देखिन्छ ।
हामीले मिहिनेत गरेमा हरेक सम्भावना र चुनौतीहरुलाई चुम्न सक्ने पार्टी र संगठन निर्माणमा सफल हुने कुरा निश्चित निश्चित छ । यसका लागि पार्टीको योजनामा सवै हाम फालौ । दलाल संसदीय व्यवस्थाका विरुद्ध जनता गोलवन्ध पारौं । पार्टीलाई जनआधारित पार्टी वनाऔं । जनताका दैनिक समस्याको समाधानमा पार्टीलाई जोडौं ।
(लेखक नेकपाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज हुनुहुन्छ)