१६ चैत्र २०८०, शुक्रबार

जनयुद्ध प्रेरणाको श्रोत बनिरहने छ: आहुति

0

नेपालको इतिहासमा जनयुद्ध सबैभन्दा ठुलो बलिदानको परिघटना थियो।जनयुद्ध जुन रफ्तारमा बिकास भयो;त्यही रफ्तारमा विसर्जन पनि हुन पुग्यो।जनयुद्ध नेपाली श्रमजीवी जनताले लिएको महान पहलकदमी थियो। दुई हजार वर्ष अघि युद्ध त स्पार्टाकसले पनि हारेका थिए।तर उनका कामहरू आज पनि प्रेरणाका श्रोत हुन।

जनयुद्ध विसर्जन हुनुमा सैद्धान्तिक , राजनीतिक र संगठनात्मक कारणहरु के- के थिए ? त्यसको बिश्लेषण र संश्लेषण भइरहेको छ, हुँदै जानेछ।तर जनयुद्धमा गरिएको वलिदान र भोगेका अकल्पनीय कष्ट इतिहासमा सदाकाल प्रेरणाको श्रोत बनिरहने निश्चित छ।

(शोभा दुलालको कृति धुमिल स्मृतिको भुमिकाबाट)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।