१२ बैशाख २०८१, बुधबार

नेकपा इलामले सामाजिक बेथितिका विरूद्व संघर्ष गर्ने

0

माघ २९, इलाम /नेकपा इलामले लघुवित्त, मिटर ब्याजी, सरकारी कार्यलय देखि विभिन्न क्षेत्रमा हुने समाजिक बेथितिका विरूद्वमा जनपरिचालन गरेर ससक्त संघर्ष गर्ने निर्णय गरेको छ ।

शनिबार सम्पन्न बैठकले लघुवित्तले गाउँमा जनतालाई मर्नु सम्म बनाएको र बैंकहरुले मध्यमबर्गिय उधमिहरुलाई गरिखान नदिएको गरेको भन्दै यसका विरूद्व जनतालाई साथमा लिइ ससक्त संघर्ष गर्ने नेकपा ईलामले निर्णय गरेको हाे । ।

बैठकले इलाका सरकारी कार्यलय र हाईड्रोपावरहरुकाे अनियमितता र प्राकृतिक श्रोतको अनियन्त्रित दोहन गरेको भन्दै यसका बिरुद्ध समेत संघर्ष गर्ने निर्णय गरेको छ ।

मिटर ब्याजीले धेरैको उठिबास गरेको भन्दै यस्ता जनविरोधी हर्कत गर्ने तत्वहरूलाई जनपरिचालन मार्फत कार्वाही गर्ने निर्णय गरेको छ ।

बैठकमा बाेल्दै सुमनसिंह सीले सत्ताको दमन र शोषणकारी रबैयाको कारण जनता आक्रांन्त भएको र यसको प्रभाव ईलामको विभिन्न क्षेत्रमा देखिएको हुनाले जनतालाई उठाएर सशक्त संघर्ष उठान गर्नु पर्ने बताउनु भयो ।

उहाँले पार्टी पंक्ती कस्तो हुनु पर्छ भन्ने विषयमा बाेल्दै, अब यो देशको जिम्मा लिन सक्ने स्तरमा पार्टी पंक्तिको गुणलाई उठाउन जनतामा आधारित, जनताले बिश्वास र भरोसा गर्न सक्ने जनताको साथी जस्तो पार्टी बनाउनु पर्ने बताउनु भयो ।

उहाँले इलामको सन्दकपुरमा भारतिय पक्षको ज्यादती बिरुद्ध ईलामका जनता लडिरहेको छ भन्ने भाव सहित इलामे जनताको वीरताको प्रतिक स्थापना गर्नु पर्ने बताउनु भयो ।

बैठकमा बाेल्दै नेकपा सल्लाहकार सदस्य होम सीले पार्टीलाई धारिलो, आत्मबिश्वासी, र दृढ बनाउन भुमिका खेल्नु पर्ने बताउनु भयो। जिल्ला सेक्रेटरी नवराज सीकाे अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रिय सदस्य तथा इलाम इन्चार्ज मौसम सी लगायतको उपस्थिति रहेको थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।