१२ श्रावण २०८१, शनिबार

आहुति छोडेर नेकपामा समाहित भए रमेश 

0

पांचथर | आहुती नेतृत्वको बैज्ञानिक समाजवादी पार्टीबाट पांचथरका एक युवाले बिद्रोह गरि नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबिकृत भएका छन । आज शुक्रबार आहुतिका पांचथर जिल्ला सदस्य रहेका रमेशले उक्त पार्टीबाट क्रान्तिको कल्पना गर्नु भनेको समयको वर्वादिमात्र हो भन्दै पार्टी परित्याग गरेका हुन । 

एनजिओ/आइएनजिओका कार्यक्रमहरुमा प्रवचन दिएर नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन नसकिने भन्दै उनले बिज्ञप्ति जारी गरेर पार्टी छाडेका छन । आहुतिले नेपाल कम्युनिस्ट पार्टी जस्तो गतिशिल र क्रान्तिकारी पार्टी माथी आरोप लगाउंदै क्रान्तिकारी अभिभाराबाट भागेको रमेशले आरोप लगाएका छन ।

उनले ध्रुवीकरणमा बोल्दै आहुतिको पार्टी सबै बिप्लवकै कार्यकर्ता भेला भएर बनेको बताए । नेपालमा क्रान्ती गर्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र भएको बताए । उनले सबैलाइ भ्रमित नबनी छिटो भन्दा छिटो ध्रुबिकृत हुन अनुरोध गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।