१० श्रावण २०८१, शुक्रबार

‘सी’ जाति निमार्णले मात्र मानव- मानव बिचको विभेद हटाउन सकिन्छ: आधार सी

0

२ असार,बाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य आधार सीले मानब– मानब बीचको विभेद अब सवैले नयाँ कम्युनिष्ट ‘सी’ जाति निमार्ण गरेर मात्र हटाउन सकिने वताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी निकट श्रमिक समूदाय मोर्चा नेपालले शनिवार नेपालगञ्जमा आयोजना गरेको “परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेता आधार सीेले यस्तो कुरा वताएका हुन ।

नेता आधारले नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नवौं महाधिवेशनबाट नै नयाँ जातिको रुपमा ‘सी’ जाति निमार्ण गरेको स्मरण गर्दै ‘सी’ भनेको कम्युनिष्ट अथवा साम्यवादी जाति भएको स्पष्ट पारे ।

विश्वमा मानव जातिको उत्पत्ति विभिन्न चरणको जीवबाट विकास हुदै होमोसेपियन बाँदरबाट विकशित भएर आएको दावी गर्दै नेता आधारले ३५ सय वर्ष अघि विकास भएको हिन्दु वर्णाश्रम धर्म र २१ सय वर्ष अघि विकास भएको इसाई धर्मका कारण मानव –मानव बीचको विभेदको खाडल गहिरो भएको ठोकुवा गरे ।

नेता आधारले भने “ ‘शुद्र र दलित’ भन्ने शव्द गैरदलितको दिमागमा जरा गाडेर वसेको छ । यो शव्द नहटाए सम्म विभेद अन्त्य हुँदैन । धर्मले मुख, पाखुरा,तिघ्रा र पैतलाबाट मान्छेको जन्म भएको भनेर गलत व्याख्या गरेको छ । शुद्रलाई पैतलाबाट जन्मिएको भनियो र चरम विभेद गर्ने गरियो । यो वास्तविकता होइन ।”

उनले दर्शन र धर्मको स्थान अहिले विज्ञानले लिएको खुलासा गर्दै पुराना धार्मिक कुराले समाजलाई अन्धविश्वासमा पारेको र मानब –मानब बिच विभेद गरेको बताउदै भने “अब विज्ञानसंग मनोविज्ञान चाहिन्छ । यो मनोविज्ञान नेपाल कम्युनिष्ट पार्टीले ल्याएको ‘सी’ जाति निमार्णले दिन्छ ।”
नेता आधारले ‘सी’ जाति निमार्ण संगै साम्राज्यवाद र दलाल पुुँजीवादका विरुद्ध कम्युनिष्टहरु एकभएर संयुक्त मोर्चा बनाएर लड्नुपर्ने वेला आएको जिकिर गरे । उनले नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था नल्याएसम्म र सी जाति प्रयोगमा सबै सहभागी नभएसम्म कसैको मुक्ति नहुने ठोकुवा गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।