११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालबाट ८४ जना युवा विद्यार्थी नेकपामा समाहित

0

लुम्बिनी । नेपाल कम्युनिस्ट पार्टी बाट फुटेको कञ्चन सुदर्शन समूहका ८४ जना जनवर्गीय संगठनका नेताहरु नेपाल कम्युनिष्ट पार्टीमा फर्किएका छन ।कञ्चन समुहले क्रान्तिको नाममा भ्रान्ति दिएको र पार्टीलाई वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा विलय गरेकाले सो समूह त्यागेर आफुहरु पुरानै पार्टीमा फर्किएको उनिहरुले बताएका हुन ।

अर्घाखाँची,कपिलवस्तु र गुल्मीका ६४ जना विद्यार्थीहरुले शनिवार एक प्रेश वक्तव्य जारी गरी कञ्चन समुहमा नरहेको घोषणा गरेका हुन ।नेकपामा फर्किनेहरुमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज पदम नेपाली, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज लक्ष्मी खनाल, अखिल क्रान्तिकारी लुम्विनी प्रदेश सदस्य राजेश नेपाली,अखिल क्रान्तिकारी लुम्विनी प्रदेश सदस्य कुमार नेपाली,अखिल क्रान्तिकारी अर्घाखाँची जिल्ला इन्चार्ज संकर विश्वकर्मा, अर्घाखाँची जिल्ला सदस्य विकास कार्की लगायतका ६४ जना युवा विद्यार्थीहरु रहेका छन ।

संयुक्त जारी वक्तव्यमा राजनैतिक लक्ष्य वैज्ञानिक समाजवाद राख्दै परिवर्तनको सम्भावना बोकेका हामी युवाहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको युवा विद्यार्थीको मोर्चाको नेतृत्व गर्दै निरन्तर एकीकृत जनक्रान्तिको यात्रामा अगाडि वढ्दै गर्दा स्थानीय तहको निर्वाचनको कारण देखाएर आफ्ना गल्ती कमजोरीहरुलाई ढाकछोप गर्न महासचिव विप्लवलाई संसदवादी भएको आरोप लगाउदै हिडेका कञ्चन सुदर्शनको पछि लाग्नु भुल भएको उल्लेख गरिएको छ ।

यस्तै वक्तव्यमा हिजो कुनै समय वैद्यको जडता,संकिर्ण र अकर्मण्डतावाट क्रान्ति हुँदैन भनेर विद्रोह गरेका नेकपा वहुमतका कमरेडहरु वैद्यको नेतृत्वको पार्टीमा फेरी पुगेपछि एकीकृत जनक्रान्तिका मार्ग निर्देशक,कुशल,निस्वार्थ नेतृत्व आदरणीय कमरेड विप्लव र नेकपालाई साथ दिनुको सट्टा सैद्धान्तिक राजनैतिक रुपमा विचलित कञ्चन सुदर्शनलाई साथ लिनु गलत सावित भएको महसुस गरिएको छ भनिएको छ ।

वक्तव्यमा भनिएको छ “आजैको मिति २०८० साल असार २ गतेवाट हामी सम्पूर्ण जिम्मेवार युवाहरुले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल परित्याग गरी कमरेड विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा समावेश भएको घोषणा गर्दछौ ।”

यस्तै पोखरावाट पनि शनिवार थप २० जना युवा विद्यार्थीहरु नेकपामा फर्किएको घोषणा गरेका छन ।अर्घाखाँची,कपिलवस्तु,गुल्मी र पोखरा गरी जम्मा ८४ जना नेकपा फर्किएको अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सी ले जानकारी दिएका छन ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।