१२ श्रावण २०८१, शनिबार

युवा संगठन नेपाल पश्चिम दाङद्वारा राष्ट्रघाती एमसीसी खारेजीका लागि हस्ताक्षर संकलन

0

तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितिको आयोजनामा तुलसीपुरमा एमसीसी सम्झौता खारेजीका लागि हस्ताक्षर संकलन गरिएको छ ।
शनिबार तुलसीपुरको बसपार्कस्थित तिनकुने चोकबाट सुरु गरिएको हस्ताक्षरमा संकलन कार्यक्रममा आम जनताले उत्साहपूर्ण ढंगले एमसीसी विरुद्ध हस्ताक्षर गरेका छन् ।

संगठनले एमसीसी सम्झौता खारेज गर्न र देशलाई मुक्त गर्न, नेपालको लुम्बिनी क्षेत्र समेटी भारतीय साम्राज्यवादले कथित सांस्कृतिक नक्सा प्रकाशन गरेको हुँदा उक्त नक्सा खारेजीका लागि, महंगी, भ्रष्टाचार, कमिसन, लघुवित्त र मिटरव्याजीहरुको ज्यादतीका विरुद्ध हस्ताक्षर संकलन गरिएको जनाइएको छ ।

युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज जिवनी सीको हस्ताक्षरबाट सुरु गरिएको कार्यक्रममा नेकपाका नेता-कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक एवम् आम जनसमुदायको बाक्लो उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।