११ श्रावण २०८१, शनिबार

राष्ट्रियताको रक्षाका लागि हस्ताक्षर संकलन गर्दै युवा संगठन कञ्चनपुर 

0

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कञ्चनपुर जिल्ला समितिले राष्ट्रिय स्वाधीनता रक्षाको लागि हस्ताक्षर अभियान सुरु गरेको छ । आइतबार जिल्लाको महेन्द्रनगर बजारको मदन चोकमा संगठनले हस्ताक्षर संकलन गरिरहेको छ ।

आजबाट सुरु भएको उक्त हस्ताक्षर संकलन अभियान ८ गतेसम्म चल्ने संगठनका कञ्चनपुर जिल्ला अध्यक्ष भरत सीले बताएका छन् ।

हस्ताक्षर संकलन गर्नुको कारण उल्लेख गर्दै संगठनले भनेको छ, “ एमसीसी खारेज गर्न र देशलाई मुक्त गर्न, भारतले नेपालको लुम्बिनी क्षेत्र समेटी कथित सांस्कृतिक नक्सा प्रकाशित गरेको हुँदा उक्त नक्सा खारेजीको माग गर्दै भ्रष्टाचार, कमिसन, लघुवित्त र मिटरव्याजीको विरुद्ध हस्ताक्षर संकलन अभियान हो ।”

संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।