१२ श्रावण २०८१, शनिबार

अछाममा ‘लम्पी स्किन रोग’ महामारीको रुपमा फैलिदै, नियन्त्रणमा सरोकारवालासँग छैन कुनै योजना

0

काठमाडौं। अछाममा गई भैंसीमा लाग्ने lumpy skin disease व्यापक रूपमा फैलिदै गएको छ।असार जस्तो कृषि कर्मका लागि महत्वपूर्ण समयमा आफूले पालिएका पशु वस्तु धमाधम बिरामी पर्न थालेपछि कृषकहरु चिन्तित हुन थालेका छन्। धान रोपाईको समय चलिरहँदा जोताई गर्न पालिएका गोरु बिरामी पर्न थाले पछि कृषकहरू रोपाइँ कसरी गर्ने भन्ने चिन्तामा रहेकाे बताउँछन्।यता स्थानिय सरकार संग रोग नियन्त्रण गर्न कुनै खास योजना देखिँदैन।

लम्पी स्किन रोग ले महामारीको रुप लिई रहँदा स्थानिय सरकार मौन बनेको भन्दै नेकपा अछामका नेता निरक सीले फेसबुक स्टाटसमा असन्तुष्टि जनाएका छन्। उनले सरकार जनता प्रति किन उत्तरदायी छैन् राज्यको करोडौं रकम खर्च गरेको देखिन्छ तर कृषकका लागि सामान्य मल , बिउ,विषादी छैन् याे सरकार जनाताको हो? भन्दै प्रश्न गरेका छन्।

यस विषयमा जनपत्रिका संग कुरा गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामका प्रमुख तथा पशु चिकित्सक झनकदत्त ढुङ्गानाले दस वटै स्थानिय तहमा फैली सकेको जिल्लाभरी ६ हजार ३३ भन्दा बढी पशु वस्तु संक्रमित र १९५ भन्दा बढी पशुको मृत्यु भएकाे तथ्याङ्क प्राप्त भएकाे जानकारी गराए।

यो भाइरस (पक्स समूहको काप्रीपक्स भाइरस) बाट लाग्ने रोग भयकोले यसको विशेष औषधि नहुँने र यसबाट बच्न रोग लाग्नु भन्दा अगाडिनै सचेत हुनुपर्ने ढुङ्गानाले जनाए। “आहिले स्थानिय पालिकाहरु संग सल्लाह गरेर नियन्त्रणको प्रयास भइरहेको छ अर्को बर्ष समयमानै खोप लगायर नियन्त्रणको योजना बनाएका छौं। ” उनले भने।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।