२३ भाद्र २०८१, आईतवार

साम्राज्यवादको हस्तक्षेप रोक्न र स्वाधीनता जोगाउन समाजवादी मोर्चा : विप्लव सी 

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादको हस्तक्षेपलाई रोक्न र स्वाधीनता जोगाउन समाजवादी मोर्चा बनाएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको चाहना समाजवाद भएकाले सोही चाहाना पुरा गर्न, साम्राज्यवादको हस्तक्षेपलाई रोक्न र स्वाधीनता जोगाउन चार पार्टी मिलेर समाजवादी मोर्चा बनेको बताएका हुन् ।

नेकपाले जनता समुन्नत, शान्तिपूर्ण र स्वाधीन नेपाल बनाउन चाहेको भन्दै सोही उद्देश्य पुरा गर्न मोर्चा निर्माण गरेको विप्लवको भनाइ छ । उनले अत्यासलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको नेपाल र नेपाली जनताका सामु थुप्रै संकटहरु रहेको बताए ।

‘नागरिकमा छटपटी छ । जनता निराशा र आशाको दोधारमा छन् । यो विशिष्ट परिस्थितिमा लामो छलफल र जनताको चाहानाअनुसार आजको संकटबाट पश्चगामीलाई फाइदा उठाउन दिनुहुँदैन भनेर मोर्चा गठनको निष्कर्षमा पुगेका हौ’ विप्लवले भने, ‘ साम्राज्यवादको हस्तक्षेपलाई रोक्न नेपालको स्वाधीनता जोगाउन नयाँ लडाई अघि बढाउनुपर्छ भन्ने उद्देश्यले घोषणा भएको समाजवादी मोर्चा नेपालको राजनीतिमा नयाँ मोड हो ।’

उनले देशका युवाहरु निरास हुँदा देशनै नरहने खतरा हुने भन्दै निरास हुन आवश्यक नभएको बताए । ‘हामी कहिल्यै पनि निरास हुनुहुन्छ, निरासाले हामीलाई सफल हुन दिदैन ।’, उनले भने, ‘निरास हुनेले कहिल्यौं सफलता प्राप्त गर्न सक्दैन । निरास युवाले कहिल्यौ जित्न सक्दैन । त्यही भएर हामी निरास हुन हुन्न ।’

उनले नेपाली जनताले मुक्तिको बाटो खोज्ने भन्दै आउने भविष्य कुनैपनि साम्राज्यवादीले नभएर नेपाली जनताले सुनिश्चित गर्ने बताए । उनले अव देशको नेतृत्व देशभक्तहरुले गर्ने भन्दै देशभक्तहरुले नेतृत्व गर्न सक्ने दाबी समेत गरे । युवा पुस्तालाई निराश नहुन आग्रह गर्दै विप्लवले समाजवादी मोर्चाका प्रतिविद्धतामार्फत नेपाललाई उज्यालो भविष्यतर्फ लैजाने दाबी गरे ।

नेपाल कम्युनिस्ट पार्टी,नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), र जनता समाजवादी पार्टी बिच सोमबार समाजवादी मोर्चा घोषणा भएको थियो । मोर्चाको नेतृत्व आलो पालो गर्ने सहमति भएको छ ।

 

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।