१२ श्रावण २०८१, शनिबार

यो मोर्चाले समाजवाद स्थापना गर्ने सपनालाई साकार पार्छ

0

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले समाजवादी मोर्चाले सहीद तथा बेपत्ताहरुको समाजवाद स्थापना गर्ने सपनालाई साकार पार्ने ठोकुवा गरेका छन। सोमबार काठमाडौँमा आयोजित मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन् ।

महासचिव विप्लव सी ले नेपाली जनताको चाहाना समाजवाद भएकाले सोही चाहाना पुरा गर्न चार पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा गरिएको बताउदै भने – ‘ नेपाली जनता समुन्नत, शान्तिपूर्ण र स्वाधीन नेपाल बनाउन चाहन्छन्, सोही उद्देश्य पुरा गर्ने मोर्चाले सपना बोकेको छ। ’


महासचिव विप्लव सी ले अत्यासलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको नेपाल र नेपाली जनताका सामु थुप्रै संकटहरु रहेको उल्लेख गर्दै भने- ‘नागरिकमा छटपटी छ । जनता निराशा र आशाको दोधारमा छन् । यो विशिष्ट परिस्थितिमा लामो छलफल र जनताको चाहानाअनुसार आजको संकटबाट पश्चगामीलाई फाइदा उठाउन दिनुहुँदैन भनेर मोर्चा गठनको निष्कर्षमा पुगेका हौ ,नेपालको स्वाधीनता जोगाउन नयाँ लडाई अघि बढाउनुपर्छ भन्ने उद्देश्यले घोषणा भएको समाजवादी मोर्चा नेपालको राजनीतिमा नयाँ मोड हो ।’

महासचिव विप्लव सी ले नेपाली जनताले मुक्तिको बाटो खोज्ने भन्दै आउने भविष्य कुनैपनि साम्राज्यवादीले नभएर नेपाली जनताले सुनिश्चित गर्ने बताए । उनले देशमा नयाँ पुस्तालाई निराश बनाएर नेपालको अस्मिता लुट्ने कोशिस भएको बताउदै युवा पुस्तालाई बेचैन बनाएर गलत बाटोमा भड्काउने, कुलतमा फसाउने पनि कोशिस भइरहेको भन्दै सचेत गराए । उनले नेपालीहरु स्वाधिन बन्न चाहाने उल्लेख गर्दै कसैको गुलाम स्वीकार्य नहुने समेत प्रष्ट्याए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।