२२ भाद्र २०८१, शनिबार

यात्रुबाहक बस बगाएको घटनाले नेकपा स्तब्ध, उद्धारमा जुट्न विप्लवको निर्देशन

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिराले दुई वटा बस बगाएको घटनाले पार्टीलाई स्तब्ध पारेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै विप्लवले २ वटा यात्रुबाहक यातायातका साधनलाई पहिरोले बगाउँदा ५ दर्जन भन्दा धेरै नागरिक वेपत्ता भएको खबरले पार्टी स्तब्ध भएको बताएका हुन् ।

विप्लवले विज्ञप्तिमार्फत प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । ‘केहि दिनदेखि परेको अविरल वर्षाको कारण बाढी, पहिरो, डुबान र कटानले देशब्यापी ठूलो धनजनको क्षति भएको छ ।’, विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘…प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन तथा जिउधनको क्षति भएकाहरुको उचित क्षतिपूर्ति यथाशिघ्र उपलब्ध गराउन सरकारसँग माग गर्दछ ।’

विप्लवले नेता कार्यकर्तालाई राहत तथा उद्धारमा जुट्न निर्देशनसमेत दिएका छन् । ‘….पार्टीका सबै नेता–कार्यकर्तालाई राहत र उद्धारमा खट्न निर्देशन गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ ।’, विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।